Saturday , 21 July 2018
News update
Home >> Features >> चलचित्र ‘मेरी मामु’को शुभमुहर्त,भाद्र १५ मा प्रदर्शन हुने

चलचित्र ‘मेरी मामु’को शुभमुहर्त,भाद्र १५ मा प्रदर्शन हुने

निर्माता सन्तोष सेनको नया चलचित्र ‘मेरी मामु’को शुभमुहर्त गरेको छ ।आईतबार राजधानीमा चलचित्रको शुभमुहर्त सगै छायांकन सुरु गरिएको छ । काठमाण्डुको जोरपाटी स्थित एक घरमा अग्रज अभिनेत्री भुवन चन्दको क्ल्याप र प्रेम गीत २ निर्देशक रामशरण पाठकको एक्सनबाट चलचित्रको शुभमुहर्त गरिएको छ ।

प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसलको चौथो प्रस्तुती ‘मेरी मामु’मा कथा तथा निर्देशन यम थापाको रहेको छ । चलचित्र आगामी भाद्र १५ मै प्रदर्शन गरिने निर्माता सन्तोष सेनले बताएका छन ।

चलचित्रमा निर्माता सेनका छ वर्षिय छोरा आयुव सेनको मुख्य भुमिका रहने छ । बाल मनोबिज्ञानमा पारिवारिक कथा बोकेको चलचित्रमा प्रेम गीत २ नायिका अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भुमिका रहने छ । नेपालकी पहिली नायिका भुवन चन्द विशेष भुमिकामा रहने छिन ।

चलचित्रमा कल्याण सिंहको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहने छ । बनिश शह र भुपेन्द्र अधिकारीको सम्पादन रहने यस चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहने छ ।जुन प्रतिस्ठित माउन्ट एभरेट केनल क्लब मार्फत थाइल्याण्ड बाट नेपाल आइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*