Saturday , 21 July 2018
News update
Home >> Features >> चलचित्र ‘भैरे’को ट्रेलरमा प्रेम, रोमान्स, कमेडी र एक्सन (भिडियो)

चलचित्र ‘भैरे’को ट्रेलरमा प्रेम, रोमान्स, कमेडी र एक्सन (भिडियो)

सोमबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘भैरे’को ट्रेलर सार्वजनिक गरिएको छ । कार्यक्रमका चलचित्रका कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेत लगायत र निर्माण टिमको उपस्थिति थियो । ट्रेलर प्रेम, रोमान्स, कमेडी र एक्सनले भरिएको छ ।

श्रावण ४ गते रिलीज हुने चलचित्र ‘भैरे’लाई एभरेष्ट सुर्य बोहराले निर्देशन गरेका हुन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित यस चलचित्रमा निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, कुमार बस्नेत र सिन्धु पौडेल सह-निर्मातामा छन् ।

सूर्य थोकरको द्वन्द्व रहेको यस चलचित्रमा दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन,सूर्य थोकरको द्वन्द्व र सम्पादन बनिष शाहले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*