Saturday , 21 July 2018
News update
Home >> Features >> किन खेले दयाहाङ राईले चलचित्र ‘भैरे’ (भिडियो)

किन खेले दयाहाङ राईले चलचित्र ‘भैरे’ (भिडियो)

अभिनेता दयाहाङ राई जुनसुकै भूमिकामा फिट हुने कलाकार हुन् । ‘लुट’ मा ‘गोफ्ले’ को भूमिका निर्वाह गरेपछि रातारात चम्किएका उनी अहिलेका सबैभन्दा व्यस्त कलाकारको लिस्टमा दरिन्छन् । महंगा अभिनेताको सूचीमा पनि उनी अग्रणी देखिन्छन् ।

गएको वर्ष महिनैपिच्छे नयाँ फिल्म लिएर हल छिरेका उनी यस वर्षका लागि दर्शकलाई फिल्म ‘भैरे’ पहिलो कोशेसी स्वरुप दिँदैछन्, जुन साउन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी लिड रोलमा छन् ।

एभरेष्ट सूर्य बोहरा निर्देशित यस फिल्ममा दयाहाङ टाइटल क्यारेक्टरमा छन् । ‘लुट’ ले ‘गोफ्ले’ नामबाट परिचित गराएझैँ ‘भैरे’ ले पनि आफूलाई नयाँ परिचय दिनेमा उनी विश्वस्त छन् । उनी भन्छन्, ‘भैरे’ को कथा मन पर्‍यो अनि छाड्न सकिन । यो मेरो टाइपको फिल्म बनेको छ ।’

‘भैरे’ सोसल ड्रामा हो । पहिलादेखि जसरी फिल्महरु बनिरहेका थिए त्यसैको एक अवधारण हो । यो कुनै ठाउँ विशेषको कथा हो भन्ने छैन । नेपालभरीको एक प्रतिनिधि गाउँमा सुटिङ गरिएको छ, जुन मुस्ताङ र अपरमुस्ताङमा खिचिएको छ’, उनले भने ।

उनी ‘भैरे’ लाई पूर्ण कमर्शियल फिल्म भन्न चाहन्छन् । दर्शकलाई सोच्न विवश नबनाएपनि यस फिल्मले मनोरञ्जनको खुराक दिन नचुक्ने उनको दाबी छ ।

‘भैरे’ तपाईको करिअरको फरक फिल्म हो ? उनी भन्छन्, ‘त्यो त भन्दिनँ तर मेकिङको हिसाबबाट भने फरक भन्न सक्छु । निर्देशक एभरेष्ट सूर्य बोहरा ‘मेन स्ट्रिम स्कूलिङ’ बाट आउनुभएको हो । उहाँले फिल्ममा त्यही स्कूलिङ फलो गर्नुभएको छ ।’

उनलाई फिल्मले राम्रो नतिजा ल्याउनेमा शंका छैन । यसमा दयाहाङको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । ‘सान्नानीलाई भेट्न आउँदा’ र ‘सनम माया ला’को’ गीतले फिल्मको हाइप मेन्टेन गरिरहँदा ट्रेलरले पनि दर्शकमा फिल्मप्रति चासो जगाइरहेको छ ।

यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*