Monday , 20 August 2018
News update
Home >> Features >> ‘कायरा’को रोमान्टिक गीतमा आर्यन र साम्राज्ञी फिलिपिन्सको समुन्द्री किनारमा रोमान्स गर्दै (भिडियो)

‘कायरा’को रोमान्टिक गीतमा आर्यन र साम्राज्ञी फिलिपिन्सको समुन्द्री किनारमा रोमान्स गर्दै (भिडियो)

आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य अभिनय रहेको प्रतिक्षीत चलचित्र ‘कायरा’को गीत रिलिज गरिएको छ । ‘सुखमा…’ बोलको रोमान्टिक सार्वजनिक गीतमा फिलिपिन्सको समुन्द्री किनारको सुन्दर लोकेशनमा आर्यन र साम्राज्ञीलाई आकर्षक तवरले खिचिएको छ ।

सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर तथा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका छन् । युटुबमा दुई हप्ता अगाडी आएको ट्रेलर हेर्न अधिकांश दर्शकले आर्यन र साम्राज्ञीलाई उत्कृष्ट जोडी भन्दै यि दुईको केमेस्ट्रीको खुलेर चर्चा गरेका छन् ।

चलचित्रमा आर्यन र साम्राज्ञी सगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लोलगायतका कलाकारहरु पनि अभिनय छ । श्रावण १८ गते रिलिज हुने चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

‘कायरा’मा कोशिष क्षेत्री ,अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ (आशिकी)को छायाँकन छ । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*