Monday , 20 August 2018
News update
Home >> Features >> फिल्म प्रचार प्रसारमा चितवन आएको ‘चिँ मुसी चिँ’ युनिटले नारायणी नदि किनारमा गर्यो भव्य कन्सर्ट(भिडियो )

फिल्म प्रचार प्रसारमा चितवन आएको ‘चिँ मुसी चिँ’ युनिटले नारायणी नदि किनारमा गर्यो भव्य कन्सर्ट(भिडियो )

यही साउन ११ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चि मुसी चि’ को टोली चितवन आईपुगेको छ । शनिबार फिल्म युनिटले पत्रकार सम्मेलन गरी चलचित्र बारेमा जानकारी गराएको हो । ‘डान्स इन्डिया डान्स सिजन ४’बाट वाहवाहि बटुलेका सुनिल क्षेत्री यसै चलचित्र मार्फत डेब्यु गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नायक क्षेत्रीले आफूलाई सुहाउँदो कथा वस्तु भएकाले चलचित्रमा अभिनय गरेको बताउनुभयो । उहाँले आफू डान्सर भएर पहिलो चलचित्र नै म्युजिकल खेल्ने तयारी गरेपनि ‘चि मुसी चि’ को कथा मन परेकोले अभिनय गरेको बताउनुभयो।

यस चलचित्र पश्चात आफू म्युजिकल फिल्म लिएर आउने बताउनुभयो । कार्यक्रममा बोल्दै नवनायिका अलिसा शर्माले सस्सपेन्स र रोमान्टिक चलचित्र बनेकोले दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो । आफ्नो पहिलो चलचित्र भएकोले आफूले सकेको राम्रो काम गरेको बताउनुभयो।

यस्तै नेपाल आईडलको टप ५ मा पुगेर चर्चामा आएकी गायिका सुजता पाण्डेले आफ्नो प्लेव्याक सिङगिङको चाहनालाई यस चलचित्रले पुरा गरेको बताउनुभयो । आफ्नो स्वरमा रहेको चलचित्रको शीर्ष गीत नै दर्शकहरुले मन पराएको खुशी व्यक्त गर्नुभयो।

चलचित्रका अर्का नायक शुसान्त कार्की पछिल्लो समय आफुले चलचित्रको कथा बस्तु हेरेर काम गरेको भन्दै यस चलचित्रको कथा मन परेर काम गरेको बताए ।यस चलचित्रमा सुनिल र अलिसासंगै नायक शुसान्त कार्की, कमाली वाईवा, शसांक बस्याल र शेखर सुवेदीलगायत कलाकारको अभिनय रहेको छ ।

यस्तै शनिबार साझा नारायणी नदि किनारमा चलचित्र युनिटले प्रमोशनल कन्सर्ट आयोजना गरेको थियो। कन्सर्टमा हजारौ संख्यामा दर्शकको उपस्थिति थियो ।

कन्सर्टमा नव-अभिनेता सुनिल क्षेत्री र नव-अभिनेत्री अलिशा शर्माको दमदार नृत्यबाट क्रेजी दर्शकहरुलाई ‘नेपाल आइडल’ की टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् । नायक सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो । ‘चिँ मुसी चिँ’ का चारवटा डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्तले दमदार नृत्य प्रस्तुत गरेका थिए । गायिका पाण्डेले फिल्मको शिर्ष गीत गाएकी थिइन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको ‘चिँ मुसी चिँ’ को कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*