Monday , 20 August 2018
News update
Home >> Features >> प्रिती आलेको ‘तीजको बेलामा र्याप भरेर’ गीतमा नायक राहुल केसी (भिडियो)

प्रिती आलेको ‘तीजको बेलामा र्याप भरेर’ गीतमा नायक राहुल केसी (भिडियो)

नेपाली महिलाहरुको महान पर्व तीज नजिकै गर्दा बजारमा तीज सम्बन्धि गीतहरु धमाधम आएका छन् । यस्तै गायिका प्रिती आलेको स्वरमा सन्देश मुलक कथा वस्तु भएको तीजगीतमा नेपाली संस्कृति उठान गरिएको छ ।

नेपाली सङ्गीत बजारमा नया स्वादको तीज गीत रहेको कोरस लोकदोहरी रिमेक गर्दै आएका संगीतकर्मी लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको चलन चल्तीको गीत भन्दा अलि फरक रहेको छ ।गीतमा प्रिती सगै लक्ष्मण नेपालीको स्वर रहेको छ भने अमृत ल्वागुनले र्याप हानेका छन् ।

‘तीजको बेलामा र्याप भरेर’बोलको सार्वजनिक गीतमा गायिका प्रिती आले सगै नायक राहुल केसीलाई पनि देख्न सकिन्छ । किसान, नागरिक लगायत फिल्ममा अभिनय गरेका नायक केसी अहिले स-परिवार अमेरिका बस्दै आएका छन् ।बिगतमा काली गण्डकी सिने म्याक्स कम्पनि संचालन गरेर बसेका केसी सगै गीतमा लक्ष्मण नेपाली र अमृत ल्वागुन अभिनय रहेको छ ।

सिमरन म्युजिक एण्ड  मुभिको बजार व्यवस्थापन गीतलाई सिमरन म्युजिक मुभिको युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो । यस भिडियोलाई लक्ष्मण नेपालीले निर्देशन गरेका हुन् । भिडियोमा दीप सागरको सम्पादन र कोरियोग्राफी रहेको छ भने अशोक कार्कीको छायांकन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*