Monday , 20 August 2018
News update
Home >> Features >> पहिलो गीत विवाद पछि ‘कथा काठमाण्डू’को दोस्रो गीत सार्वजनिक(भिडियो)

पहिलो गीत विवाद पछि ‘कथा काठमाण्डू’को दोस्रो गीत सार्वजनिक(भिडियो)

केहि समय अघि सार्वजनिक गरिएको ‘कथा काठमाण्डू’को पहिलो गीत निकै विवादमा रहे पछि चलचित्रको दोस्रो गीत सार्वजनिक गरिएको छ । प्रियंका कार्की र प्रमोद अग्रहरीको इन्टिमेट सिन पश्चात् विवादमा तानिएको चलचित्र ‘कथा काठमाण्डू’ ‘जुन अनि तारा…’ बोलको सार्वजनिक गीतमा फेरी पनि केहि भल्गर सिन भने देख्न सकिन्छ ।

गीतमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज, प्रेक्षा अधिकारी,संजोक कोइराला र सन्ध्या केसीलाई फिचरिङ गरिएको छ । गीतमा सुगम पोखरेलको स्वर, दिपेश सुब्बाको संगीत र ईशान सुब्बाको शब्द रहेको छ ।

असोज १२ गतेलाई प्रदर्शन आउने ‘कथा काठमाण्डू’ लाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन रहेको छ ।

चलचित्रमा अष्ट महर्जनको द्वन्द्व , मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत तथा मित्र गुरुङले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*