Monday , 20 August 2018
News update
Home >> Features >> चलचित्र ‘मेरी मामु’ युनिट प्रचार प्रसारको लागि देशका प्रमुख सहरमा (भिडियो)

चलचित्र ‘मेरी मामु’ युनिट प्रचार प्रसारको लागि देशका प्रमुख सहरमा (भिडियो)

प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसलको चौथो प्रस्तुती ‘मेरी मामु’मा चलचित्र यहि भदौ १५ गते बाट प्रदर्शनमा आउदैछ ।चलचित्रको प्रदर्शन मिति नजिकै गर्दा चलचित्र युनिटले यति बेला देशका प्रमुख सहरहरुमा चलचित्रको प्रचार प्रसारलाई तिब्र रुपमा अघि बढाईरहेको छ ।

केहि समय अघि चलचित्रको निकै मार्मिक गीत सार्वजनिक गरिएको र चलचित्रको गीतको सकारात्मक प्रतिक्रिया सगै चलचित्र युनिट हिले स्कुल क्याम्पेनिङमा दौडिरहेको छ ।

‘मेरी मामु’कि नायिका अश्लेसा ठकुरी,नायक शारुक ताम्राकार,गायक बादल थापा सँगै बिन्दास टिभिका चिरन्जिवि सापकोटा र दिप खबरका सुदिप पौडेल लगायतको टिम पब्लिसिटि गर्दै यतिबेला दाङ पुगेको छ भने मेरी मामुको अर्काे टिम पुर्बमा पब्लिसिटी गर्दैछ ।

बालमनोविज्ञानमा आधारीत रहेर आमा र छोरा विचको दुरी र सामिप्यताको गहिराई केलाएर तयार पारिएको चलचित्र प्रचार प्रसारको लागि मात्र नभएर आमा र छोराको राम्रो संवन्धको सन्देश दिन बिधालयहरुमा पुगेको यो टोलीले स्कुलमा फिल्मको गीत देखाउदै आएको छ उपस्थित सबैले गीत र आयुबको अभिनयको तारिफ गर्दै आएका छन् । पब्लिसिटिमा रहेको मेरी मामु टिमले चौतर्फी सकारत्मक र राम्रो प्रतिकृया पाईरहेको छ।

एउटा बालक र उसको आमाको आत्मियताको कथालाई चलचित्रले उठान गरेको छ ।‘मेरी मामु’मा कथा तथा निर्देशन यम थापाको रहेको छ ।चलचित्रमा कल्याण सिंहको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहने छ । बनिश शह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्र ‘मेरी मामु’ लाई सन्तोष सेनको निर्माण गरेका हुन् ।

चलचित्रमा आयुव सेन सगै प्रेम गीत २ नायिका अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भुमिका रहने छ । नेपालकी पहिली नायिका भुवन चन्द विशेष भुमिकामा रहने छिन ।यस चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*