Monday , 20 August 2018
News update
Home >> Features >> फ्राइडे रिलिज: ‘कहिँ कतै’ प्रदर्शनमा

फ्राइडे रिलिज: ‘कहिँ कतै’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘कहिँ कतै’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘कहिँ कतै’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘कहिँ कतै’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘कहिँ कतै’ प्रदर्शनमा आएको छ।चलचित्र ‘कहिँ कतै’ लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

रोमान्टिक र फेमिली ड्रामामा रहेको ‘कहिँ कतै’मा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायत मुख्य अभिनय रहेको छ । यस फिल्म मार्फत शिवानी र सोनम अभिनयमा डेब्यु भएका छन् । अधिकांश छायांकन सिक्किममा गरिएको फिल्मको केही भाग काठमाडौंमा गरिएको छ ।

बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् । डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले फिल्म निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*