Monday , 20 August 2018
News update
Home >> Features >> प्रदीप खड्काको चलचित्र ‘रोजी’को गीतको म्युजिकल्ली बनाऊ १ लाख जितौ

प्रदीप खड्काको चलचित्र ‘रोजी’को गीतको म्युजिकल्ली बनाऊ १ लाख जितौ

प्रदीप खड्काको अभिनय रहेको चलचित्र ‘रोजी’ले आफ्नो प्रचार प्रसारको नया सैली अपनाउदै म्युजिकल्ली कन्टेस्ट आह्वान गरेको छ ।फिल्म ‘रोजी’ले हिट गीत ‘फूल हैन’माथि म्युजिकल्ली प्रतिस्पर्धा नै आयोजना गरिदियो ।

भिडियो साझेदारी साइट युट्युवमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्नेछन् । रोजी निर्माण कम्पनीद्धय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले लोभलाग्दो पुरस्कार राशीसहितको म्युजिकल्ली कन्टेस्ट शुक्रबार घोषणा गरे ।

संयोजक सन्ध्या थापाका अनुसार प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् वा वालमा सेयर गर्न सक्छन् । थापाले अहिले पनि इन्स्टाग्राम र फेसबुकबाट भिडियो प्राप्त भैरहेको बताइन् ।

विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ । साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ ।

सर्वोत्कृष्टलाई नगद रु. १ लाखले पुरस्कृत गरिने भएको छ । गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने संयोजकले थापाले जानकारी दिइन् ।

एलिस कार्कीद्धारा संगीतबद्ध, प्रविशा अधिकारी र प्रताप दासको स्वर समावेश फूल हैनलाई निकै रुचाइएको छ । नीरक पौडेल निर्देशित क्राइम थ्रीलर फिल्म आगामी २२ भदौमा रिलिज तयारीमा छ । प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*