Saturday , 21 July 2018
News update
Home >> Author Archives: namastefilmy

Author Archives: namastefilmy

शनिबार देशभरका हलमा चलचित्र ‘भैरे’को आक्रामक व्यापार

शुक्रबार बाट प्रदशनमा आएको चलचित्र ‘भैरे’ ले शनिबार देशभरका हलमा आक्रामक व्यापार गरेको छ । शुक्रवार औषत रहेपनि शनिवार विहानैदेखि राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल भरिभराउ देखिएका छन् ।

मल्टिप्लेक्समा पनि शनिवार फिल्मले पाएको शो हाउसफुल छन् । काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि चलचित्र हेर्ने दर्शकको चाप राम्रो रहेको वितरकको दाबी छ ।

शनिवार दिउँसो २ बजे चलचित्रका कलाकार बुद्धि तामाङ, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, जान्हवी बोहरा, बाल कलाकार अनुभव रेग्मीसँगै निर्देशक एभरेष्ट सूर्य बोहरासहितको टीम राजधानीको गोपीकृष्ण हल पुग्दा कृष्ण र मिरा हलको सबै टिकट विक्रि भइसकेका थिए ।

हल पस्न लागेका र चलचित्र हेरेर बाहिरिँदै गरेका दर्शकले आँखा सामुन्ने पर्दाका कलाकार देख्दा ताली बजाउँदै न्यानो स्वागत गरे । बाल कलाकार अनुभवलाई ‘नाई नभन्नू ल’ को ‘फुच्चे’ भन्दै सेल्फी खिच्न दर्शकको भीड थेगिसक्नु थिएन ।

चलचित्र हेरेर निस्किएका अधिकांशले ‘भैरे’ को बारेमा राम्रो बोलेका छन् । चलचित्रको उठाएको विषयवस्तु मन परेको धेरैको प्रतिक्रिया थियो । अभिनेत्री वर्षाले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाबाट आफू उत्साहित भएको बताइन् ।

कलाकार बुद्धि तामाङले आफ्नो मिहिनेतलाई रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए । अर्का कलाकार विक्रान्त बस्नेत आफ्नो कमब्याक सफल भएकोमा खुसीले दंग देखिन्थे । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियाको खुसी निर्देशक एभरेष्ट सूर्य बोहरको अनुहारमा पनि देखिन्थ्यो ।
उनले भने, ‘हाम्रो मिहिनेतलाई दर्शकले रुचाइदिनु भयो । यो नै हाम्रो सबैभन्दा ठूलो सफलता हो ।’ दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेशमा ठूलो प्रभाव पार्नेमा निर्देशक बोहरा विश्वस्त छन् । यस्तै, निर्माता प्रेम प्रसाद पौडेलले भने दर्शकको यो मायाले आफू झनै उत्साहित भएको बताए ।

प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी निर्माता रहेको चलचित्रमा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सह-निर्मातामा छन् ।पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादन बनिष शाहले गरेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस चलचित्रमा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

प्रदीप उदयको फिल्म ‘शुभ लभ’बाट चर्चित युवा ज्योतिष हरिहर अधिकारीको नायकमा डेब्यु

निर्माता प्रदीप कुमार उदयले निर्माण गर्ने चलचित्र ‘शुभ लभ’ को शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । यसै चलचित्र बाट चर्चित युवा ज्योतिष हरिहर अधिकारीले नायकको रुपमा नेपाली फिल्ममा डेब्यु गरेका छन् ।

फरक प्रेम कथा भनिएको चलचित्र ‘शुभ लभ’ मा हरिहरको सगै मिस टिन २०१७ कृष्टिना पौडेलको मुख्य अभिनय रहने भएको छ । चलचित्रमा यी कलाकार सगै सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदीप बास्तोला लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।चलचित्रमा प्रस्तुतकर्ता प्रदीप उदय अतिथी भूमिकामा देखिने कार्यक्रममा जानकारी गराइयो ।

भदौ १५ गतेदेखि छायाँकन सुरु हुने ‘शुभ लभ’ सन्तोष बाबु लोहरीले निर्देशन गर्ने भएका छन् । लभस्टोरी कमेडी जनरामा निर्माण हुने यस चलचित्र चैत १५ प्रदर्शनमा आउने छ ।

अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको फिल्मको कथा हरिहरकै हो । फिल्ममा रामेश्वर कार्कीको छायाँकन, रोशन भट्टराईको द्वन्द्व ,अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

‘शुभ लभ’ बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहनेछ । फिल्मको छायाँकन काठमाण्डौं, पोखरा, अन्नपूर्ण वेस क्याम्प, ईलाम लगायत क्षेत्रमा हुनेछ ।

‘ब्ल्याक’को ‘तिम्रो लागि’ बोलको रोमान्टिक गीतमा आकाश श्रेष्ठ र आँचल शर्मा (भिडियो)

भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याक’ को नयाँ गीत रिलिज भएको छ। फिल्ममा समावेस ‘तिम्रो लागि’ बोलको रोमान्टिक गीत रिलिज गरिएको हो।

सार्वजनिक उक्त गीतमा महेश खड्काको संगीत रहेको छ। डा. कृष्णहरी बरालको शब्द समावेश गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ। रामजी लामिछानेको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार आकाश श्रेष्ठ र आँचल शर्मा फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिँचिएको भिडियोमा आकाश र आँचललाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

फिल्म ‘ब्ल्याक’ लाई प्रदीप श्रेष्ठले निर्देशन गरेका छन्। फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशील क्षेत्री,धीरेन शाक्य र प्रिया रिजालको मुख्य भूमिका छ। आश्मा फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा आश्मा पाण्डेको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन्।

फिल्ममा मौनता श्रेष्ठको लेखन, महेश खड्का र प्रतीक पौडेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ। रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जीसीले सम्पादन गरेका छन्।

स्टारडमको निर्धारण डलरमा खरिदेको भ्युजले गर्दैन

पोखरा,सुशन घिमिरे – नेपाली चलचित्रमा नारीलाई शक्तिशाली भुमिकामा देखाउने श्रेय रेखा थापालाई जान्छ । उनका पछिल्ला फिल्महरु नारी प्रधान छन् । चाहे काली, हिम्मतवाली वा रुद्रप्रिया । नेपाली फिल्म नायकहरुको स्टारडमलाई चिर्दै रेखा थापाले नारी पात्रलाई स्थापित गराएकी हुन् भन्नेमा दुुइ मत छैन् ।

रेखाले निर्देशन गरेको पछिल्लो फिल्म मालिका लक्ष्मी पुजामा रिलिज हुँदैछ । सोही फिल्म एउटा गित केही दिन अघिमात्रै युट्युव रिलिज भयो ।
‘हल्का माया के माया गाढा लगाउने नजिक माया छदैं छ टाढा लगाउने ‘उक्त गीतमा सुरेश अधिकारीको संगीतमा नर कार्कीको शब्दलाई अन्जु पन्तले सुमधुर स्वरमा गाएकी छन् ।

करिब १२ दिन लगाएर जाजरकोटमा छायाँकन गरिएको गीतको शब्दका भावहरु मन छुने छन् । उक्त गीतमा पश्चिमको कला संस्कृतिलाई देखाइएको छ । अझ रोचक के छ भने रेखा बाहेक अन्य सबै स्थानिय बासी हुन् जो व्यावसायिक नृत्य गर्दैनन् ।

हामीले फिल्म व्यापारका लागि बनाएका हैनौं, कार्यकारी निर्माता नर कार्की भन्छन््् ः सुदुरपश्चिमका ५ लाख भन्दा बढि चेलीको यथार्थलाई फिल्म मार्फत देखाउन खोजेका मात्रै हौं । उनले युट्युवमा गीत चल्दैमा फिल्म र कलाकार हिट हुने नचल्दैंमा फल्प भन्नु गलत रहेको तर्क गरे ।उक्त गितले चार दिन सम्म २ लाख समेत भ्युज कटाएको छैन ।

गितले युट्युवमा भ्युज नपाएकै कारण रेखाको स्टारडमलाई जोडिनु भने स्वभाविक हुँदैन । भ्युजले कलाकारको हैसियतको मापन पक्कै गर्दैन । भिडियोमा दर्शकहरुले दिएको प्रतिक्रयाले पनि गितको मर्मलाई प्रष्टाउँछ ।युट्युवमा ट्रेलर, गीतको भ्युज बढाउनलाई कुनै कठिन छैन् । तर कलाकारले आफ्नो स्टारडम बनाउन र यथावत राख्न गरेको मिहेनतलाई नजरअन्दाज गर्नु हुदैन ।

आजभोली भ्युज किन्ने र बेच्ने प्रतिस्पर्धा छ । भ्युज किनेर पाइन्छ तर स्टारडम किनेर पाइदैन । युट्युवमा ट्रेन्डिङका लागी मरिमेट्नेहरुले बुझ्न जरुरी छ कि स्टाटरडमको निर्धारण डलरमा खरिदेको भ्युजले गर्दैन । युटुयुवमा केही डलर खर्चेर भ्युज कमाएकै आधारमा फिल्मले चर्चा कमाउने भए , कलाकार स्टार हुने भए आज धेरै अनुहार स्टार अनि सुपरस्टार बन्ने थिए ।फिल्ममा रेखा संगै कमला ओली मुख्य भुमिकामा छिन् ।

सुमन दाहालको निर्देशनमा नायिका निता ढुंगानाको ‘नाकैमा फूली'(भिडियो)

निर्देशक सुमन दाहालको निर्देशन रहेको ‘नाकैमा फूली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।गीतलाई सम्राट क्रियशनको युटुब च्यानल बाट सार्वजनिक गरिएको ।

नाकैमा फूली सबै हिसाबमा नवीनतम शैलीको छ । सहिमा श्रेष्ठले पहिलेका गीत भन्दा फरक शैलीमा गाएकी छिन् । सहिमाले आफूले यस्तो खाले गीत पहिले कहिल्यै नगाएको पनि बताइन् ।गीतलाई शान्तिप्रियले लेखेका हुन् भने चर्चित संगीतकार दिपक शर्माले संगीत दिएका हुन् ।दिपकले गीतलाई नयाँ बनाउन प्रयास गरिएको बताए ।नेपाली मन नेपाली पन भएको लोक पप शैलीमा आफूले गीत लेखेको प्रियले बताएका छन् ।

गीतमा निता ढुंगानालाई फिचरिङ गरिएको छ भने उनलाई संजय खतिवडाले साथ दिएका छन् । गीतको भिडियो हेर्न लायकको बनेको प्रतिक्रिया निर्देशक दाहालले दिएका छन् । गीतलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् भने सम्पादक सुरेश राउत हुन् । गीतको छायांकन इश्वर सिंकेमनले गरेका हुन् भने शुशील जोशीको श्रृंगार रहेको छ ।

नायिका छुल्ठिम गुरुङलाई ‘पैसा फेक तमाशा देख’ (भिडियो)

भाद्र १ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर भर्जिन’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘पैसा फेक तमाशा देख’ बोलको आइटम गीत सार्वजनिक गरिएको हो ।

नायिका छुल्ठिम गुरुङलाई फिचर गरिएको उक्त आइटम गीतमा छुल्ठिमका साथै नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बरालले पनि कम्मर भाँचेका छन् ।उक्त गीतमा शशि रावल र राजेन्द्र भट्ट (मिस्टर आर. जे.)को आवाज रहेको छ भने संगीत पनि गायक आफैले भरेका छन् । गीतका शब्द टुरिस्ट जङ बि.केले लेखेका हुन् । गीतमा दिपक याम सिंहको नृत्य निर्देशन  गरेका हुन् ।

केहि दिन अघि सार्वजनिक टिजरबाट निकै राम्रो प्रतिकृया बटुलेको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा\पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर.जेको सङ्गीत रहेको छ ।

वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

फ्राइडे रिलिजमा ‘भैरे’,‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ भिड्दै

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘भैरे’,‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र‘भैरे’,‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘भैरे’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘भैरे’ प्रदर्शनमा आएको छ।चलचित्र ‘भैरे’लाई एभरेष्ट सुर्य बोहराले निर्देशन गरेका हुन् ।

चलचित्रमा दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, सुरक्षा पन्त, वर्षा सिवाकोटी, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको र सन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहेको छ । उपल्लो मुस्ताङ, पोखरा र काठमाण्डौमा छायांकन गरिएको ‘भैरे’मा पुरुषोत्तम प्रधानको छायांकन , कविराज गहतराजको नृत्य निर्देशन तथा सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित यस चलचित्रमा निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’मा करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, कुमार बस्नेत र सिन्धु पौडेल सह-निर्मातामा छन् ।

‘पण्डित बाजेको लौरी’
त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘पण्डित बाजेको लौरी’’प्रदर्शनमा आएको छ ।‘पण्डित बाजेको लौरी’लाई दीपक ओलीले निर्देशन गरेको हुन् ।


चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।यसमा कलाकार बिजय बराल ‘बादी’ र अभिनेत्री सन्ध्या केसी ‘बदिनी’ को भूमिकामा देखिएका छन् ।

एउटा सानो गाउँमा पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको फिल्मले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ । ‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।

‘चक्कर’
यस्तै फ्राइडे रिलिज अन्तर्गत चलचित्र ‘चक्कर’पनि रिलिज भएको छ ।चलचित्र अनुष्क रौनियारको निर्देशनमा तयार भएको हो । चलचित्रमा ऋचा शर्मा ,अर्पण थापा,एभोन राज उप्रेती, सृजना सुब्बा, भोलाराज सापकोटा र स्मृति पोखरेले लगायतको अभिनय रहेको छ । क्राइम जनराको उक्त फिल्म नेशनल मिडिया हाउस प्रोडक्सन र केटिएम आर्ट हाउसको ब्यानर निर्माण भएको हो ।

नेशनल मिडिया प्रोडक्सनको प्रस्तुती केटिएम आर्ट हाउसको प्रोडक्सन रहेको उक्त चलचित्र चक्करको नेर्देशन,लेखन तथा सम्पादन अनुष्का रौनियरले गरेकी छन्। भने रबिन आचार्यको लगानी छ,साथै चलचित्रको सम्पादन समेत आँफैले गरेका छन्।

अनुप र वर्षा अभिनित चलचित्र ‘जय शम्भू’को रोमान्टिक गीत सार्वजनिक (भिडियो )

बिहिबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘जय शम्भू’मा समावेश रोमान्टिक गीत रिलिज गरिएको छ । ‘म त परेँ तिम्रै भर…’ बोलको गीतमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री वर्षा सिवाकोटी निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ ।

अमृता नेपालको शब्द रहेको सार्वजनिक गीतमा अञ्जु पन्त र टंक बुढाथोकीको स्वर रहेको छ भने संगीत पनि बुढाथोकीको नै रहेको छ । भब्य सेट र विभिन्न सुन्दर दृश्यमा छायाँकन गरिएको गीतमा कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।

चलचित्रमा अनुप र बर्षासँगै प्रशान्त ताम्रकारको पनि मुख्य भूमिका रहेको छ ।चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्म काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको हो ।

रुपेश तामांग निर्देशित फिल्म जय शम्भू लाई चक्र तामांगले निर्माण गरेका हुन् भने शिक्षा काफ्ले र कुशल शर्मा सह निर्माताको रुपमा प्रस्तुत भएका छन्। हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

कान्तिपुर फिल्म एकेडेमीले मोफसलको ६ शहरहरुमा फिल्म मेकिङ वर्कशप गर्ने

काठमाडौँ भन्दा बाहिरका ठूला शहरहरुलाई सिनेमाको राम्रो बजारको रुपमा लिइन्छ । प्रदेश सरकार बनेसँगै मोफसलका विभिन्न शहरमा ठूलाठूला मल्टिप्लेक्स हल र थिएटर बन्ने क्रम पनि जारी छ ।

चलचित्रसम्बन्धी अवार्ड र फिल्म फेस्टिबलले पनि काठमाडौँभन्दा बाहिरका शहरहरु रोज्न थालेका छन् र अधिकांश सिनेमाहरुले छायाङ्कनको लागि पनि काठमाडौँभन्दा बाहिरका शहर नै जाने गरेका छन् । तर, आजसम्म चलचित्रसम्बन्धी शैक्षिक कार्यक्रम, वर्कशप तथा कक्षा उपत्यकाभन्दा बाहिर जान सकेका थिएनन् तर अब भने चलचित्र निर्माणसम्बन्धी शिक्षा दिने, सिनेमा साक्षरता बढाउने र नयाँ जागरुक फिल्ममेकर तथा स्टोरी राइटरहरुलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले इटहरी, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल र नेपालगञ्जमा एक–एक हप्ते फिल्म मेकिङ वर्कशप सञ्चालन हुँदै छ ।

काठमाण्डौको मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीको आयोजनामा हुन लागेको उक्त चलचित्र निर्माणसम्बन्धी वर्कशप इटहरीमा भदौ ३ देखि ८ गतेसम्म, हेटौँडामा भदौ १० गतेदेखि १५ गतेसम्म, नारायणघाटमा भदौ १७ गते देखि २२ गतेसम्म, पोखरामा भदौ २४ गतेदेखि २९ गतेसम्म, बुटवलमा भदौ ३१ गतेदेखि असोज ५ गतेसम्म र नेपालगञ्जमा असोज ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुँदै छ ।

सबै शहरमा बिहानको १० बजेदेखि बेलुकी ५ बजेसम्म सैद्धान्तिक र व्यावहारिक तरिकाबाट वर्कशप सञ्चालन हुनेछ र चलचित्र निर्माणसम्बन्धी चासो भएको जो कोही पनि सहभागी हुन पाउनेछन् । काठमाण्डौ बाटै दक्ष प्रशिक्षक र अत्याधुनिक क्यामेरा एवम् सामग्रीहरु ल्याई सञ्चालन गरिने वर्कशपबाट मौफसलमा लुकेर रहेका प्रतिभा तथा कथाहरुलाई बाहिर ल्याउनमा प्रत्यक्ष सहयोग पुर्याउनेछ ।

पहिलो चरणको वर्कसपपछि बाँकी रहेका अन्य शहरहरुमा पनि यस्तै कक्षा सञ्चालन गरिने कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी गराउनुभयो ।

विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ रोमान्टिक रुपमा, ‘रोमियो एण्ड मुना’को गीत सार्वजनिक(भिडियो)

रिलिजको अन्तिम तयारीमा रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । साउन ११बाट रिलिज हुने ‘रोमियो एण्ड मुना’ सार्वजनिक गीत केहि समय अघि चितवनको बिस हजारी ताल र सौराहा आसपासमा छायांकन गरिएको हो।

सार्वजनिक ‘तिम्रै लागि हो’ बोलको गीतको भिडियो निकै सुन्दर छ । भिडियोमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको यस गीतमा गौरव डगोकरको स्वर छ । कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् ।

नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् ।‘गाजलु’ चलचित्र खेलेर चर्चा आएकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ को अभिनय रहेको द्रोस्रो चलचित्र हो। चलचित्रमा विनय र सृष्टिका अलावा सुष्मा कार्की, प्रज्वलसुजल गीरी र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ ।

भि मोसन पिक्चर्स, पिएमजी र केएस प्रोडक्सनको प्रस्तुती रहेको फिल्मलाई प्रशन्न गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् । ‘रोमियो एण्ड मुना’ म्युजिकल लभ स्टोरी फिल्म हो । ‘रोमियो एण्ड मुना’लाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन्