Friday , 15 December 2017
News update
Home >> Article

Article

‘फिर्के’ रिलिजको मिति घोषणा, यस्तो छ पोष्टर


चलचित्र फिर्केको रिलिज मिति घोषणा गर्दै निर्माण पक्षले पहिलो पोष्टर सार्वजनिक गरेको छ । पुष १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘फिर्के’का दुई पोस्टर सार्वजनिक भएका हुन् ।

‘ईकुु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतिमा फिर्के बनेको हो । फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ‘बेमान’को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । उनले यसअघि ६ वटा नेवारी फिल्म पनि निर्देशन गरिसकेका छन् ।

यसअघि ईकु र ईकु २ फिल्मका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेको बताए । यो फिल्मका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ ।

अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन छ । फिल्मलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस फिल्ममा दुई गीत रहेका छन् ।

पुष २८ मा ‘रज्जा रानी’ आउँदै, यसरी भयो टिजर सार्वजनिक

आगामी पुष २८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘रज्जा रानी’को टीजर सार्वजनिक भएको छ । नायक नाजिर हुसेनलाई प्रस्तुत गर्दै रज्जा रानीको टीजर सार्वजनिक गरिएको हो । नायक आर्यन सिग्देलको होम प्रोडक्शन हाउसबाट निर्मित यो फिल्मलाई याम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथा निर्देशक थापा आफैको हो ।

सानो भेगको जनजाति कथामाथि निर्माण भएको फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

फिल्ममा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय छ ।

डरलाग्दो रुप लिएर आईन ‘सुनकेशरी’


आधा लभुमार्फत फिल्म निर्माणमा पनि हात हालेकी नायिका ऋचा शर्मा निर्मित तथा अभिनित फिल्म ‘सुनकेसरी’को नयाँ पोष्टर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक पोष्टर निकै डरलाग्दो बनाइएको छ । अझ, नायिका ऋचाको रुपले त अझ सबैलाई चकित बनाउँछ । पोष्टरबाटै के प्रष्ट हुन्छ भने ‘सुनकेसरी’ हरर फिल्म हो ।

यसअघि निर्माण पक्षले एक बालिका फिचरिङ फिल्मको फस्ट लुक पोष्टर सार्वजनिक गरेको थियो । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ‘सुनकेसरी’ निर्माण गरेकी हुन् । फिल्मका निर्देशक अर्पण थापा हुन् । ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

यो फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको हो । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड बताइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह(निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी र अर्पण थापा छन् ।

फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यतिबेला ‘सुनकेसरी’ सम्पादन टेवुलमा छ ।

पंचायत बन्यो ‘बेस्ट मुभी इन फरेन ल्याङग्वेज’, अभिनेत्री नितालाई ‘बेस्ट लिडिङ्ग एक्ट्रेस’ अवार्ड

नेपाली फिल्म र अभिनेत्रीले अमेरिकामा भएको फिल्म फेष्टिवलमा उत्कृष्ट अवार्ड पाउन सफल भएको छ । पचास बर्ष अघिको कथालाई पर्दामा उतारेको चलचित्र पंचायत र अभिनेत्री नीता ढुंगानाले अर्वाड पाएका हुन ।

अमेरिकाको क्यालिफोर्निया स्थित सान्फ्रान्सिस्कोमा आयोजित ‘सान फ्रान्सिस्को फिल्म फेस्टिभल’मा नीताद्धारा अभिनित ऐतिहासिक चलचित्र ‘पंचाएत’ ले ‘बेस्ट मुभी इन फरेन ल्याङग्वेज’ विधामा उत्कृष्ट अवार्ड पाएको हो ।

अंग्रेजी फिल्म बाहेक अन्य विदेशी फिल्ममा पंचायतले उत्कृष्ट अवार्ड पाएको हो आफ्नो फिल्मले अवार्ड पाएकोमा निक्कै खुसी भएको कार्यकारी निर्माता तथा सञ्चारकर्मी रवि अधिकारीले बताउनुभयो ।

नेपालमा नेसनल अवार्ड समेत प्राप्त गर्न सफल अभिनेत्री नीता ढुंगाना सानै उमेर देखि अभिनयमा लागेकी नायिका हुन् । हालसम्म झण्डै २ दर्जन चलचित्रमा अभिनय गरिसकेकी उनको चर्चित चलचित्रहरु दबाब, ६ एकान ६, नोटबुक, मसान , हाम्रो माया जुनी जुनीलाई, निर्भय लगाएत छन् ।

उनले पछिल्लो पटक चलचित्र पंचायत खेलेकी थिईन् । यो फिल्ममा नीताले पश्चिम क्षेत्रकी किशोरीले भोग्ने समस्यालाई जिवन्त उतारेकी छिन् ।

उनको ससक्त अभिनय कै कारणा अन्तर्रास्ट्रिय फिल्म अवार्डमा उनलाई सम्मान गरिएको हो । सर्वोत्कृष्ट अभिनेत्री निता ढुंगाना फ्रम नेपाल, भन्ने आवाजÞ र ताली संगै त्यों विशाल हल गुन्जायमान भएको थियो । उनको प्रतिभाले अन्तर्राष्ट्रिय उचाई पाउँदा त्यहाँ रहेका नेपालीहरुले गर्वको महसुस गरेका थिए । यहि अक्टोबर २५ देखी २९ सम्म फेष्टिभल भएको थियो ।

१५ बर्ष अघिबाट सुरु भएको यस फेस्टिबलमा गत वर्षदेखि नेपाली चलचित्रले पनि सहभागी हुन् थालेको साउथ एसियन संयोजक तथा नेपाल पर्यटनबोर्ड सन सनफ्रान्सिस्को लागि पर्यटनदूत प्रकाश थापाले जानकारी दिएका छन् गत वर्ष नेपाली चलचित्र तीन घुम्तीले उत्कृष्ट बिदेशी भाषाको चलचित्र पुरस्कार जित्न सफल भएको थियो ।

यता चलचित्र पंचायतकी नायिका नीता ढुंगानाले फिल्मसँगै आफुले अवार्ड पाएकोमा नेपाली भएर गर्व लागेको बताईन् । अमेकिारमा एक शो भएको चलचित्र अन्य शो समेत गर्ने तयारी छ । फेसबुकमा स्टाटस राख्दै उनले शव्दमा आफुले बयान गर्न नसक्ने समेत बताएकी छिन् ।

फिल्म फेष्टिवलमा हालीवुड र एसियन चलचित्रहरु गरि २ सय चलचित्रले प्रतिस्पर्धा गरेका थिए । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने फिल्म पंचायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । अभिकारीले आफ्नो योगदानको कदर भएको भन्दै अन्य अर्वाडमा पनि फिल्म पठाउने बताउनुभयो ।

गणेश गिरीको प्रस्तुति रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्ममा सरोज खनाल र निता ढुंगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । अवार्ड प्राप्त चलचित्र चलचित्र पंचायत आगामी फागुन १७ गतेदेखि देशभर प्रदर्शन हुँदै छ ।

नीताको प्रतिक्रिया जस्ताको तस्तै
नाट्यश्वरीदेवीको आशिर्वादले , मेरो वाल्यकालदेखी शुरूवाद भएकोअभिनय यात्रा, आज अमेरीकाको सानफ्रान्सीस्को(क्यालीफोर्निया) मा सम्पन्न “सानफ्रान्सीस्को ईन्टरनेशनल फÞिल्म फÞेस्टीवल” सम्म आईपुगेको छ।मन्चमा उभिएर ,उत्कृष्ट नेपाली चलचित्र अभिनेत्रीको अवार्ड( चलचित्र “ पन्चायत” ) प्राप्त गर्दै गरेको एउटा स्वणीम यो समयलाई म शव्दमा मात्रै वयान गर्न सक्दिन ।
यो समयमा मैले ,यो स्थान सम्म पुग्न मलाई प्रत्यक्षर अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने मेरा समस्त शुभचिन्तकर सहकर्मीर सन्चारकर्मी का साथै विशेषत मेरा सम्पुर्ण महान दर्शकवृन्द हरूलाई अन्तरमनवाट सम्झेकी छु र फेरीपनी म हार्दीक आभार व्यक्त गर्दछु ।

‘ऐश्वर्य’को कमाई तीन दिनमा झण्डै २ करोड


हालै प्रदर्शनमा रहेको चलचित्र ‘ऐश्वर्य’ले दर्शकको साम्रै साथ पाइरहेको छ । बिहीबार छठको अवसरमा प्रदर्शनमा आएको उत्तः चलचित्रको व्यापार शुरुका दिनमा सुखद छ । ओपनिङ गरेको तीन दिनमा चलचित्रले झण्डै २ करोडको व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

१०० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रले निर्माण पक्षले दिएको जानकारी अनुसार पहिलो दिन ४८ लाख दोस्रो दिन ५६ लाख र तेस्रो दिन ८० लाखको ग्रस कलेक्सन गरेको छ । शनिवार चलचित्र युनिट दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा गएको थियो ।

दर्शकको उत्साहजनक उपस्थिति र पाएको प्रतिक्रियाले चलचित्र युनिट दङ्ग देखिन्थे । रमेश उप्रेतीको निर्माणमा तयार भएको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

दिन अर्जुन श्रेष्ठ, निर्मल शर्मा र किरण राणा उप्रेतीको संयुक्त लगानी रहेको ‘ऐश्वर्य’ मा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी दीपिका प्रसाइँ, केशव भट्टराई, सुनिता ठाकुर, विकास खतिवडा, अमित पोखरेल र कोरियोग्राफर योञ्जनको अभिनय रहेको छ ।

आन्नपुर्ण बेसक्याम्पमा गरियो ‘तिमी सँग’को इन्डक्ल्याप, तेस्रोमा  साम्राज्ञीको परीक्षा


ड्रिम्स र ए मेरो हजुर २, सफल भएपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको लोकप्रियता बजारमा झनै बढेको छ । थुप्रै चलचित्रहरुको अफर उनलाई आई रहेका छन । साम्राज्ञी थोरै तर राम्रा चलचित्र खेल्ने योजनामा छिन । त्यही भएर नै अफर आएका मध्ये केही चलचित्र खेल्ने मौखिक सहमती मात्रै साम्राज्ञीले गरेकी छिन ।

दुई चलचित्र सफल भएपछि उनी तेस्रो चलचित्र तिमी सँगको काममा व्यस्त छिन । चलचित्रको पर्दामा पहिलो पटक अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गर्दै यो चलचित्रको छायाँकन सकिएको छ । साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको प्रेमकथात्मक चलचित्रको टाइटल संगको छायाँकन बेस क्याम्पमा गरिएको हो ।

टुरिष्ट गाइडको प्रेम कथा बोल्ने चलचित्र प्रति साम्राज्ञी निक्कै आशाबादी छिन । चचित्रको क्यानभास मनमोहक छ, संगीत पक्षले पनि दर्शक स्रोताको मन जित्ने उनले आश राखेकी छिन ।
निर्देशक शिशिर राणा नेपाली चलचित्रमा अन्नपुर्ण बेस क्याम्पको सुन्दर दृश्य कैद गर्न पाउँदा भाग्याशाली महशुष गरी रहेका छन । पुनहिल, घोरोपनी, देउराली, घान्दु्रक लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने निर्माता तथा लेखक समेत रहेका राणाले विश्वास लिएका छन ।

 

‘झोला’ टिम दोश्रो प्रोजेक्टमा व्यस्त , दाईजो विरुद्ध बन्यो ‘भोर’

दुई बर्ष पहिले दर्शकमाझ आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘झोला’ निर्माण टिम यतिबेला दोश्रो प्रोजेक्टको काममा व्यस्त छ । बिना कुनै प्रचार प्रसार गुपचुप रुपमा यादवकुमार भट्टराईको निर्देशकमा नयाँ फिल्म ‘भोर’ (फर्स्ट लाईट) छायांकन सकिएको छ । मध्य पुर्वी नेपालको जनकपुरमा छठ पर्वको अबसरमा पत्रकार सम्मेलन गरि निर्माण टिमले फिल्मको सम्पुर्ण छायांकन सकिएको जानकारी गरायो ।
सम्पुर्ण दृश्य जनकपुरमा छायांकन गरिएको फिल्मको पहिलो पत्रकार सम्मेलन पनि जनकपुरमा गरिएको हो । निर्देशक भट्टराईले मैथिली भाषीहरुको वाहुल्यता भएको ठाउँमा उनिहरुकै समाजको समस्यालाई चित्रित गर्दै ‘भोर’ निर्माण गरेको बताए । मधेशमा जरो गाडेर बसेको दाईजो प्रथाको विषयलाई फिल्ममा समेटिएको छ । यो फिल्ममा अधिकांश मैथिली भाषी कलाकारहरुको अभिनय छ ।
कृष्ण धारावासीको कथामा निर्माणाधीन सो फिल्मको निर्देशन यादव कुमार भट्टराईले गर्नु भएको छ भने कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी, निर्माता राज तिमिल्सिना र रामगोपाल थापा हुनु हुन्छ ।
‘झोला’ फिल्मको सफलतापछि आफूमाथि एउटा सफल फिल्म बनाउनु पर्ने दबाब परेको बताउँदै निर्देशक भट्टराईले मधेशको सबभन्दा ठूलो समस्या दाइजोको विकृत रुपलाई फिल्मको माध्यमले सम्पूर्ण नेपालीलाई देखाउन अघि सरेको बताए । ‘फिल्मको छायांकन सुरु गरेको समयमा ‘झोला’ सफलताको ह्यांङ्गओभरले आफू माथि दबाब बढेको भएपनि ‘भोर’मा डुब्दै जाँदा यहाँ जोडिएका कलाकारहरुको उर्जा र समाईएको विषयवस्तुले सबै भुलाएको भन्दै मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व फिल्मले बोक्ने भट्टराईले बताए । मैथिली भाषी समुदायमा खिचिएको भए पनि फिल्मलाई नेपाली भन्दै भाषागत तथआ क्षेत्रिय फिल्मको भ्रममा नपर्न उनले सबैमा आग्रह समेत गरे ।
वरिष्ट साहित्यकार कृष्ण धारावासीको लेखनमा तयार भएको फिल्मको पटकथा निर्देशक भट्टराईले नै लेखेका छन् । फिल्ममा मूख्य पात्रको रुपमा मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुर रहँदा उनिसँगै मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारहरुले अभिनय गरेका छन ।
यतिबेला पोष्ट प्रोडक्शनको क्रममा रहेको फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन् । राज तिमल्सिना र रामगोपाल थापा निर्मातामा छन् । देवेन्द्र प्रसाद सुवेदी कार्यकारी निर्मातामा छन् । उज्जल ढकालले फिल्मको सम्पादन गरिरकेका छन् । लेखक धारावासी, निर्माता, निर्देशन तथा सिनेमाटोग्राफर सबै झोला टिमका सदस्य हुन् ।
नेपाली मौलिक कथा बोकेको झोला धाराबासीकै उपन्यासमा आधारित फिल्म थियो । उक्त फिल्मले सय बर्ष पुरानो नेपाली समाजको सतिप्रथाको कथा बोल्दै गर्दा सोहि प्रकारले मधेशमा २१ औं सताब्दीमा समेत विद्धमान दाईजो प्रथाको कथा’ भोर’मा उठाईएको छ । मैथिली शब्द मानिने ‘भोर’को अर्थ ‘बिहानी को किरण’ हो ।

यूरोपमा यसरी खिचियो ‘होलिडे’

निर्देशक बसन्त निरौलाले आफ्नो नयाँ चलचित्र ‘होलिडे’ यूरोपका बिभिन्न मुलुकमा छायांकन गरेका छन् ।  कमेडी ड्रामा जनरामा बनेको ‘होलिडे’मा गौरव पहारी, पबित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेस्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रमा पहिलो पटक नायिका आचार्यले सोलो अभिनय गरेकी छन् ।
फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायतका मुलुकमा छायांकन गरी कलाकारहरुको टीम नेपाल फर्किसकेको छ भने निर्माण टीम भने केहि दिनमा फर्किने निर्देशक निरौलाले बताए । निर्देशक सहित नौ जनाको टीम चलचित्र छायांकनको लागी चालिस दिन अगाडी यूरोप पुगेको थियो । यूरोपमा छायांकनको व्यबस्थापन श्याम श्रेष्ठले गरेका थिए ।
बि.एन. फिल्मसको ब्यानरमा बनेको यो चलचित्रका निर्माताहरु मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, र हरि कार्की हुन् भने दिनेश कालिराज कार्यकारी निर्माता हुन् । चलचित्रलाई अभिमन्यू निरबीले लेखेका छन् भने युवराज चौलागाईं र अमीत श्रेष्ठको संगीत रहेको छ ।
बसन्त निरौला निर्देशित अर्को चलचित्र ‘मेला’ यहि कार्तिक २४ गते रिलीज हुँदैछ ।

’लम्फू’ चलचित्रमा तरकारीवाली, पारिश्रमिक लगाईन् सामाजिक काममा


काठमाण्डौ। ठिक एक बर्ष अगाडी एकाएक भाईरल बनेर विश्वभर चर्चामा आएकी कुशुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली चलचित्र ’लम्फू’मा अभिनय गरेको बताएकी छिन् ।
गोपालचन्द्र लामिछाने निर्देशित यो चलचित्रमा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुशुमले अनाथ बालबालिकाको लागि खर्च गरेकी छिन् ।
यसै बर्ष रिलीज हुने ’लम्फू’मा उनले कस्तो भूमिकामा अभिनय गरेकी हुन् त्यो भने अहिले खुलाएकी छैनन् । ’तपाईँहरु र दर्शकले हलमा गएपछि नै मेरो भूमिकाबारे प्रष्ट हुनुहुनेछ, म अहिले नै सबैकुरा खुलाउन चाहन्न’ कुशुमले भनिन् ।

यो चलचित्रको छायांकन अघिल्लो बर्ष नै भएको थियो तर पनि तरकारीवालीको अभिनयको बारेमा भने गोप्य राखिएको थियो । अब चलचित्र रिलीज हुने समय आएकोले आफुले आफ्नो अभिनय रहेको खुलाएको कुशुमले बताईन् ।
कुशुमले चलचित्रमा अभिनय गरेबापत आफुले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएको बताईन् ।’म जुन समाजमा हुर्के, बढेँ यहि समाजले आज मलाई तरकारीवालीको रुपमा विश्वभर चिनाएको हो । मलाई समाजले अनपेक्षित रुपमा यति धेरै कुरा दियो ।

मैले पनि समाजको लागि केहि गर्नुपर्छ भन्ने लागेर अनाथ९असहाय बालबालिकामा खर्च गरेकी हुँ’, कुशुमले भनिन्, ’यो मेरो पहिलो कमाई थियो र आगामी दिनमा पनि म सामाजिक कार्यमा अग्रसर रहिरहनेछु’ ।
चितवनको रत्ननगरमा शिक्षण पेशामा रहेका कुशुमका काका गोपीलाल श्रेष्ठले छोरीको सामाजिक कार्यको सोचले आफु निकै हर्षित भएको बताए । ’कुशुमले गरेको काम ’पावर’ र ’प्रोपर्टी’को लागि नभएर ’प्रेस्टिज’को लागि हो ।
समाजमा बसेपछि सामाजिक न्यायको क्षेत्रमा पनि हामीले हेर्नुपर्छ भन्ने ध्येयले यो गरिएको हो । जो मान्छे नांगा छन्, जो मान्छे भोका छन्, जो मान्छे किताबबाट टाढा छन्, जो मान्छेहरु दुईछाक खानबाट टाढा छन् उनिहरुलाई चलचित्रमा हभिनय गरेबापत प्राप्त रकमबाट थोरै न्यानोपना दिने जमर्को गरिएको हो’, गोपीलालले बताए ।
गोपीलालका अनुसार भाईरल भएको एक बर्षभित्र कुशुमलाई धेरै प्रकारका अफरहरु आएका थिए । एक दर्जन जति चलचित्र, उत्तिकै संख्यामा म्यूजिक भिडियो, विज्ञापन, मोडलिंग तथा सरकारी तवरबाट पनि धेरै अफरहरु आएको श्रेष्ठले बताए ।

शुरुमा चलचित्रमा अभिनय गर्ने सोच नबनाएको बताएपनि ’लम्फू’ टीमको सामाजिक उत्तरदायित्वको सोच र कुशुमलाई मास्टर डिग्री सम्म निशुस्ल्क शिक्षाको लागी छात्रावृत्ती प्रदान गरेको कारण कुशुमले अभिनय गरेको उनले बताए ।

यो बर्ष ’लम्फू’ चलचित्र बाहेक अन्य कुनै पनि प्रकारको सम्झौता नगरेको र यो चलचित्र रिलीज पछि सामाजिक उत्तरदायित्व बहन गर्न सकिने कुराहरुमा मात्र सोचिने उनले बताए ।
पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ’लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।
गत बर्ष तरकारी बोकेर बजारतर्फ झर्दै गरेकी कुशुमका दुई फोटो रुपचन्द्र महर्जनले खिचेका थिए । गोरखाबाट चितवनको फिस्लिङ्तर्फ आउँदै गर्दा त्रिशुली नदिको झोलुंगे पुलमा तस्वीर कैद भएका थिए ।

उक्त फोटोहरु पहिले भारतमा भाईरल बनेका थिए । भारतियहरुले नेपालकी तरकारीवाली भन्दै भाईरल गरेका थिए । त्यसपछि नेपाल र भारतका सञ्चारमाध्यमहरुमा कुशुम केहि समय चर्चाको बिषय बनेकी थिइन् ।

 

शिल्पा पोख्रेलको ‘हामी शरणार्थी’भदौ ८मा आउने

यहि भदौ ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हामी शरणार्थी’को सोमबार राजधानीमा एक भेटघाट कार्यक्रम गरिएको छ ।सत्य घटनामा आधारित चलचित्र ‘हामी शरणार्थी’लाई विजय केरुङले निर्देशन गरेका हुन् ।

कार्यक्रम नायिका शिल्पा पोख्रेलको अनुपस्थिती रहिन ।भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा यो चलचित्र बनेको उनको भनाई थियो । उनले पूर्वका विभिन्न शिविरमा रहेका शरणार्थीको दुःख र कष्टलाई पर्दामा उतारेको बताए ।

नायिका शिल्पा पोखरेल अर्को एक चलचित्रको छायांकनमा व्यस्त रहेकाले पत्रकार सम्मेलनमा उपस्थित हुन सकिनन् । उनले, आफू यो चलचित्रमा दुई भतिज बोकेर भुटानबाट नेपाल आएकी यूवतीको भूमिकामा देखिएको टेलिफोन कुराकानीमा बताएकी छिन् ।

चलचित्रमा शिल्पा पोखरेलको साथमा जीवन भट्टराइको मुख्य भूमिका छ । चलचित्रमा अर्जुनकुमार पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीको संयुक्त लगानी रहेको छ ।

चलचित्रमा हिमाल केसीको एक्सन, उत्तमजंग लिम्बुको संगीत, कमल राइको नृत्य, बैजु सिंहको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन छ ।