Thursday , 19 October 2017
News update
Home >> bollywood

bollywood

दीपिका,शाहिद र रणवीरको चलचित्र ‘पद्यमावती’ ट्रेलर सार्वजनिक(भिडियो)

पछिलो समय निकै चर्चामा रहेको हिन्दि चलचित्र ‘पद्यमावती’ ट्रेलर सार्वजनिक गरिएको छ । ऐतिहासिक चलचित्र बनाउना निकै सिपालु संजयलिला भन्सालीको निर्देशक रहेको ‘पद्यमावती’को मेकिङ ट्रेलर हेर्दा नै निकै आकर्षक देखिन्छ ।

बहुप्रतिक्षित चलचित्र ‘पद्यमावती’मा अभिनेत्री दीपिका पादुकोण रानी ‘पद्मावती’ को भूमिकामा देखिदै छिन् ।दीपिका सगै चलचित्रमा रणवीर सिंह र साहिद कपुर मुख्य पनि भूमिकामा रहेका छन् ।

डिसेम्बर १ मा रिलिज यस चलचित्रले बलिउड शानदार कमाई गर्ने अनुमान गर्न थालिएको छ ।चलचित्रमा शाहिद कपूर रानी ‘पद्मावती’ के पति राजा रावल रत्न सिंह भूमिकामा देखा पर्दै छन् भने अभिनेता रणवीर सिंह सुल्तान अलाउद्दीन खिलजीको भूमिका देखा पर्दै छन् ।चलचित्रको ट्रेलरमा संवादलाइ कम स्थान दिइएको छ ।

बलिउड गायक अंकित तिवारी चितवन आउदै

बलिउडका चर्चित पाश्र्व गायक अंकित तिवारी नेपाल आउने भएका छन् । उनी, २१ अक्टोबरमा चितवनमा आयोजना हुन लागेको भव्य कन्सर्टमा सहभागी हुन नेपाल आउन लागेका हुन् । यो कन्सर्ट चितवनको क्याम्पस चौरमा आयोजना हुदैछ । अंकित आफ्नो नया“ म्यूजिक भिडियो प्रमोशनका क्रममा नेपाल आउने भएका छन् ।

अंकितले एक भिडियो सन्देश मार्फत आफू आफ्नो नया“ म्यूजिक भिडियो ‘तुम हर दफा’को प्रमोशनका लागि नेपाल आउन लागेको बताएका छन् । ज्याज इन्टरटेन्टमेन्ट र नविन उपाध्यायको आयोजनामा हुन लागेको यो कन्सर्टमा चर्चित गायक तिवारीले आफ्ना हिट गीतहरु गाउनेछन् । चलचित्र ‘एक भिलेन’को ‘तेरे गलिया’ बोलको गीतले अंकितलाइ निकै चर्चित बनाएको थियो ।

यो कार्यक्रममा नेपाली चलचित्र ‘रोमियो’ले सपोर्ट गरेको छ । अंकितले आफ्नो भिडियो सन्देशमा ‘रोमियो’को नाम लिदै आफ्नो कन्टर्समा सपोर्ट गरेको उल्लेख गरेका छन् । यो कार्यक्रममा चलचित्र ‘रोमियो’का कलाकारले करिब १५ मिनेटको प्रस्तुती दिने निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए । यो चलचित्र कात्तिक २४ गतेबाट देशभरका हलमा रिलिज हुदैछ ।

चलचित्रमा मेलिना मानन्धर, नीशा अधिकारी, हसनराजा खान, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । हसनले भने–‘अंकितको कन्सर्टमा हामी पनि जोडिएका छौ । दर्शकले हाम्रो प्रस्तुतीलाइ पनि मन पराइदिनुहुनेछ भन्नेमा विश्वस्त छौ ।’

‘गोलमाल अगेन’को मसालेदार ट्रेलर रिलिज (भिडियो )

सुपर हिट चलचित्र गोलमालको चौथो सिरिज ‘गोलमाल अगेन’को ट्रेलर रिलिज भएको छ । एक्सन कमेडी चलचित्र
‘गोलमाल अगेन’पनि रोहित सेट्टीले निर्द्रशन गरेका हुन् ।चलचित्रलाई रोहित सेट्टीले नै निर्माण गरेका हुन्।

अजय देवगण, परिनिती चोपडा, अर्षद वार्सी, तूसार कपूर, श्रेयस तल्पड़े, जोनी लिभर, संजय मिश्रा लगायतका कलाकारको मुख्य भूमिका रहेको ‘गोलमाल अगेन’यसअघिका तिन सिरिजले बक्सअफिसमा कमाल नै गरेको थियो । तिहारको अबसर परेर चलचित्र २० अक्टुबरमा रिलिज हुदैंछ ।

वरूण धवनको चलचित्र ‘जुड़वा २ ‘को ट्रेलर सार्वजनिक(भिडियो)

सलमान खान अभिनित सुपर हिट चलचित्र ‘जुड्वा’को सीक्वल तथा अभिनेता वरूण धवनको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ ।

‘जुड्वा २’मा वरूण धवन सगै अनुपम खेर, जैकलिन फर्नांडीस, तापसी पन्नूको पनि मुख्य भूमिका रहेको छ । कमेडी, एक्सन र रोमान्स रहेको चलचित्र ‘जुड्वा २’सेप्टेम्बर २९ बाट रिलिज हुँदैछ ।

यस चलचित्रलाई पनि डेविड धवनले निर्देशन गरेका हुन् ।१९९७ को साल चलचित्र ‘जुड्वा’लाई पनि डेविड धवनले नै निर्देशन गरेका हुन् ।वरूण धवन निर्देशक डेविड धवनका छोरा हुन् ।

अक्षय कुमारको ट्वाईलेटले कमायो सय करोड

बलीउड स्टार अक्षय कुमारको अभिनय रहेको चलचित्र ‘ट्वाईलेट : एक प्रेम कथा’ले प्रदर्शनमा आएको आठौ दिनमा आएर सय करोडको सम्म विजनेश गरेको छ ।चलचित्रले शुक्रबार सम्म सानदार कमाई गर्दै १००.०५ करोडको ब्यबसाय गरको छ ।

प्रदर्शनको पहिलो दिन १३.१०, दोस्रो दिन १७.१०, तेस्रो दिन २१.२५, चौँथो दिन १२, पाँचौँ दिन २० करोड,छैटौ दिन ६.५० करोड ,सातौ दिन ६.१० करोड र आठौ दिन ४ करोड गरेर १००.०५ कमाई गरेको ट्रेड एनालिस्ट तरण आदर्श जानकारी दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानमा केन्दित रहेर निर्माण गरिएको ट्वाईलेटले राम्रो प्रतिक्रिया बटुलेको छ । चलचित्रमा अक्षय कुमार, भूमि पेडनेकर, अनुपम खेर, सना खान लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।‘ट्वाईलेट : एक प्रेम कथा’लाई नारायण सिंहले निर्देशन गरेका हुन् ।

अक्षय कुमारको ‘टॉयलेट : एक प्रेम कथा’ को ट्रेलर रिलिज (भिडियो)

अक्षय कुमारको अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘टॉयलेट : एक प्रेम कथा’ को ट्रेलर रिलिज गरिएको छ ।सामाजिक बिषय बस्तुमा निर्माण गरिएको यस चलचित्रमा शौचालय घर-घरमा बनाउनु पर्ने संदेश दिएको छ ।चलचित्रमा अक्षय कुमार को बिहे भूमि पेडनेकर सग हुन्छ तर घरमा टॉयलेट नभए पछि श्रीमान श्रीमती सुरु हुने समस्या चलचित्रमा देखाउना खोजिएको छ ।
Trailer-580x341चलचित्रमा अक्षय कुमार सगै दिवेंदु शर्मा, सुधीर पांडे, शोभा खोटे र अनुपम खेर मुख्य भूमिकामा अभिनय गरेका छन् ।
स्वच्छ भारत अभियान मा आधारित चलचित्र ‘टॉयलेट’का नायक अक्षय कुमार पीएम मोदीलाई भेट्रा फिल्मको कुरा समेत गरेका छन् ।चलचित्र 11 अगस्त, 2017 मा रिलिज हुदैछ ।

सलमान खानको बहुप्रतिक्षित’ट्यूबलाइट’ को ट्रेलर सार्वजनिक (भिडियो)

सलमान खानको बहुप्रतिक्षित नयाँ चलचित्र ‘ट्यूबलाइट’ को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रमा सलमान खान लक्ष्मण सिंह बिष्टको भूमिकामा देखिएका छन् भने उनको भाई सोहेल खानको भूमिकामा देखिएका छन् ।युद्धमा आधारित यस चलचित्रमा सलमान खानलाई मानिसहरु ट्यूबलाइट नामले बोलाउँछन् ।
salman khan tublight चलचित्रलाई सलमान खानको ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’जस्ता सफल चलचित्र निर्देशन गरेका कबिर खानले निर्देशन गरेका हुन् ।

चलचित्र ‘ट्यूबलाइट’ ईदमा रिलिज हुँदैछ ।1962 मा भारतर चीन बिच भएको युद्धमा आधारित यस चलचित्रलाई सलमा खान र सलमान खानले निर्माण गरेका हुन् ।

‘बाहुबली २’ले भारतमा पहिलो दिनमा कमायो १२१ करोड

बहुप्रतिक्षित चलचित्र ‘बाहुबलीः द कन्क्लुजन’ले बक्स अफिसमा कमाई मामिलामा सबै रेकर्ड तोडेको छ । ‘बाहुबली २’ले पहिलो दिन भारतमा मात्रै १२१ करोड कमाएर तहल्का मचाएको छ ।
bahubali 2भारतमा पहिलो दिन सानदार व्यापार गरेको ‘बाहुबली २’लाई एस एस राजामौलीले निर्देशन गरेका हुन् । चलचित्रले पहिलो दिन हिन्दि भर्सनमा ४१ करोड़ र तमिल, तेलगू तथा मलयालम भाषामा ८० करोड़को व्यापार गर्दै भारत भरि एक दिनमा १२१ करोडको कलेक्सन गरेको हो । चलचित्रले अमेरिकामा ३३ करोड ,गल्फमा ११ करोड र अन्य ठाउमा १२ करोड भन्दा बढीको कलेक्सन गरेको छ ।
बाहुबली २’हेर्नको लागि दर्शकले हरेक एक सेकेन्डमा १२ टिकट बुक गरेका छन् भने ३.३ मिलियन टिकट बुक भएर सबै रेकर्ड तोडेको छ । ’बाहुबली : द कन्क्लूजन’ मा प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना, राम्या कृष्णन र सत्यराज महत्वपूर्ण भूमिकामा छन् ।चलचित्रले नेपालमा पनि दुई दिनमा ३.५ करोडको व्यापार गरेको छ ।

‘बाहुबलीः द कन्क्लुजन’ हेर्न उर्लियो जना महासागर (भिडियो सहित)

‘बाहुबलीः द कन्क्लुजन’ हेर्न उर्लियो जना महासागर -देशभरीको हल हाउसफूल,सोमबार सम्मका लागि सबै मल्टिप्लेक्स हाउसफूल,नेपाली बजारमा पौने दुई करोडको व्यापार गर्ने अनुमान गरिएको छ….

हेर्नुहोश दर्शकको भिड

नेपाल भरि ‘बाहुबली २’हाउसफूल,शुक्रबार पौने दुई करोड व्यापारको अनुमान

बहुप्रतिक्षित चलचित्र ‘बाहुबलीः द कन्क्लुजन’आज बाट विश्व भरि नौ हजार सिनेमा घर बाट प्रदर्शनमा आएको छ ।चलचित्रले आज पहिलो दिन मात्रै भारतमा सबै भाषा सय करोड कमाउने अनुमान गरिएको छ ।चलचित्रमा मुख्य कटप्पले बहुबलीलाई किन मार्‍यो भन्ने कुरा निकै चर्चामा छ।बहुबली द बिगिनिङले छाडेर गएको यो प्रश्नको उत्तर एक लाइनमा दिनुपर्दा ‘कटप्पाले राजमाता शिवगामीको आदेश बमोजिम बाहुबलीको हत्या गरेका हुन् ।’ चलचित्रको बाकी कथाको लागि हाल सम्म चलचित्र हेर्न जानु पर्छ ।
bahubali2२ सय ७० करोड भारुको लगानीमा निर्माण भएको यस चलचित्रले आज पहिलो दिन नेपाली बजारमा पौने दुई करोडको व्यापार गर्ने अनुमान गरिएको छ।चलचित्र प्रदर्शन भएको सबै हल हाउसफूल भएका छन् ।चलचित्र हेरेर निस्केका दर्शकले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिए सगै चलचित्रको भोलिको दिनमा व्यापार अझै राम्रो हुने देखिएको छ ।
bahubali 2 indradevभारतको अहिलेसम्मकै महंगो चलचित्र ‘बाहुबलीः द कन्क्लुजन’लाई भारतीय मिडियाले चलचित्र निकै राम्रो बन्नुको साथै हेर्नु पर्ने भन्दै खुलेर तारिफ गरेका छन् ।’बाहुबली : द कन्क्लूजन’ मा प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना, राम्या कृष्णन र सत्यराज महत्वपूर्ण भूमिकामा छन् । ‘बाहुबली २’ नेपालमा १३० सिनेमा घरमा रिलिज भएको छ ।चलचित्र आगामी सोमबार सम्मका लागि सबै मल्टिप्लेक्स हाउसफूल भैसकेका छन् ।
bahubali darshak‘बाहुबली २’ आज चितवनको इन्द्रदेव सिनेमा र जलमा सिनेमामा हाउसफूलको व्यापार गरेको छ ।यहि हलमा सोमबार सम्मको टिकट बिक्रि भै सकेको छ ।यस्तै गणेश चलचित्र मन्दिर ,टाँडी र पर्सा सिनेमा घरमा पनि चलचित्रको ब्यबसाय निकै राम्रो रहेको छ ।चलचित्रमा मात्रै चलचित्रले आज १२ लाख माथिको कलेक्सन गरेको छ ।