Tuesday , 23 January 2018
News update
Home >> Features

Features

श्वेता खड्काको बहुप्रतिक्षित चलचित्र ‘कान्छी’को ट्रेलर सार्वजनिक (भिडियो)

अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’को ट्रेलर सार्वजनिक गरिएको छ ।मंगलबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा समाबेश यस अघि सार्वजनिक गीतहरु ‘चरी चट्ट परी भुरुरु’ र ‘यो जीउ दाउमा लाउने मैंले तिमीलाई मात्र हो’बोलको गीतले बजारमा राम्रै चर्चा पाएको अबस्थमा चलचित्रको ट्रेलरले चलचित्रको चर्चा अझै चुलेनी देखिन्छ ।

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछि उनले पहिलो पटक निर्माण गरेको ‘कान्छी’लाई अहिले बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।‘कोहिनूर’ पछि फिल्म निर्माण तथा अभिनयमा फर्किएकी श्वेताको चलचित्र ‘कान्छी’श्वेता सगै दयाहाङ राई ,निर शाह,अनु शाह, कामेश्वर चौरासिया, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ।

मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको चलचित्र ‘कान्छी’आकाश अधिकारीको निर्देशन गरेका हुन् । फागुन ४ गते बाट प्रदर्शनमा रहेको ‘कान्छी’को छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् ।काया फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रमा श्वेता खड्का र शैलेस खड्काको लगानी रहेको छ ।चलचित्रको सह–निर्माता रविन खड्का रहेका छन् ।चलचित्रमा बनिश शाह र भूपेन्द्र अधिकारीले सम्पादन,हिमाल केसीको द्वन्द्व तथा लेखन यम थापाको रहेको छ ।

अर्पण र ऋचा लिएर पुरन थापाले गरे ‘फेरि–फेरि’को शुभ मुहूर्त

कलाकार तथा निर्देशक पुरन थापाको लेखन र निर्देशनमा निर्माण हुने चलचित्र ‘फेरि–फेरि’को मंगलबार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरियो ।

चलचित्र ‘फेरि–फेरि’माअर्पण थापा , ऋचा शर्मा,लय संग्रौला, ओमप्रितिक गुरुङ, पुरन थापा, ध्रव कोइराला, धर्मेन्द्र आचार्य लगायतका कलाकारहरुको अभिनय रहनेछ । कमेडी जनरामा बन्ने यो चलचित्रलाई ता बसुन्धारा मुभिज प्रा.लिको ब्यानरमा निर्माण गर्न लागिएको हो ।
चलचित्रमा सुरेश बज्राचार्यको छायांकन, एनबि महर्जनको द्वन्द्व, रामजी लामिछाने र सुरन बसेलको नृत्य, विकास चौधरी र पुरन थापाको संगीत, विपिन मल्लको सम्पादन रहने फिल्मका गीतमा रामचन्द्र काफ्ले, टीका प्रसाईँ, रनक बस्नेत र एनि श्रेष्ठको स्वर रहनेछ ।निर्देशक पुरनले नेपालमा पहिलो पटक भित्रिएको रेड इपिक डब्लू हेलियम एट के क्यामेराले ‘फेरि–फेरि’ खिचिने जानकारी दिए ।

 

सुदर्शन र पूजाको चलचित्रको नाम ‘रामकहानी’,भदौ २२मा रिलिज हुने

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गर्न लागेको चलचित्र नाम ‘रामकहानी’ राखिएको छ ।यसै बर्ष प्रदर्शनमा हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’निर्माण गरेका यी जोडीले संयूक्त रुपमा ‘रामकहानी’ निर्माण गर्ने भएका छन् ।

फागुन १ गतेबाट छायांकनमा जाने ‘रामकहानी’मा नायिका पूजा शर्मा, हास्यकलाकारहरु केदार घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन विक्रम राई (तक्मे बुढा), रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहनेछ ।यसै चलचित्रमा माग्ने बुढालाई १० लाख र जितु नेपाललाई ७ लाख पारिश्रमिक दिएको छ।

लभस्टोरी चलचित्र बनौन निकै सिपालु निर्देशक सुदर्शन थापाले यस पाली भने ‘कमेडी लभस्टोरी जनरामा फिल्म निर्माण गर्न लागेका छन् । दिनेश न्यौपाने र महेश दवाडीको स्क्रिप्ट रहेको ‘रामकहानी’मा अर्जुन पोखरेलको संगीत र सौरभ लामाको छायांकन रहनेछ ।चलचित्रको छायांकन अघि नै रिलिज मिति समेत तय गरिएको छ ।अर्को बर्षको महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा भदौ २२ चलचित्र रिलिज गरिने छ ।

केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को गीत सार्वजनिक(भिडियो)

नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेकी चलचित्र ‘कोहलपुर एक्सप्रेस’को गीत सार्वजनिक गरिएको छ ।
राजनराज सिवाकोटीको शब्द ,संगीत र स्वर रहेको ‘सि-ओे-डब्लु काउ…’ बोलको गीतलाई सरस्वती पुजाको अवसर पारेर सार्वजनिक गरिएको हो ।गीतमा गायिका मेलिना राईको स्वर पनि रहेको छ।

केकी अधिकारी रीमा विश्वकर्मा, विनोद न्यौपाने, गम्भीर विष्ट फिचरिङ गरिएको सार्वजनिक गीतमा कोरियोग्राफी गम्भिर बिष्टले गरेका छन् ।

चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।
‘कोहलपुर एक्सप्रेस’लाई बिशाल भण्डारीले निर्देशन गरेका हुन् ।

चलचित्रमा अर्जुन तिवारीको छायांकराजनराज सिवाकोटी,अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाको संगीत रहेको छ । केकीका सगै भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’को निर्माताका रुपमा रहेका छन् ।

‘पद्मावत’ रिलिज गरेमा सुप्रीम कोर्टमा आगो लगाउने चेतावनी

सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ को विषयमा सुरु भएको विरोध उग्र हुँदै गएको छ । फिल्म प्रदर्शन मिति नजिकिँदै जाँदा विरोध पनि बढ्दै गएको छ ।

फिल्म ‘पद्मावत’ रिलीज हुनुभन्दा अघि क्षत्रीय समाजमा आक्रोश थपिएको छ । अखिल भारतीय क्षत्रीय महासभा युवाका प्रदेश अध्यक्ष भुवनेश्वर सिँहले फिल्म रिलीज भए सुप्रीम कोर्टमा आगो लगाउने र संसददेखि सडकसम्म उत्पात मचाउने चेतावनी दिएका छन् ।

अखिल भारतीय क्षेत्रीय महासभाले बरेलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष सिँहले कुनै पनि अवस्थामा फिल्म प्रदर्शन हुन नदिने अडान दोहो¥याए । उनले फिल्मको रिलीज रोक्न अखिल भारतीय क्षत्रीय महासभाले दिल्लीमा गृहमन्त्री राजनाथ सिँहको घर घेराउ गर्नेसमेत घोषणा गरे ।

अध्यक्ष सिँहले सवै क्षत्रीय सांसद र विधायकहरुसँग फिल्मको विरोधमा राजीनामा दिन र केन्द्र सरकारमाथि फिल्मको प्रसारणका विषयमा अध्यादेश ल्याउनका लागि दवाव सिर्जना गर्न माग गरिने पनि स्पष्ट पारे । अन्यथा आगामी चुनावमा क्षत्रीय महासभाले यस्ता नेताहरुको विरोध गर्ने र उनको विपक्षमा अर्को उमेदवारलाई खडा गर्ने उनको भनाई छ ।

यसअघि पनि प्रदर्शन गर्दै आएको अखिल भारतीय क्षत्रीय महासभाले फिल्मकी अभिनेत्री दीपिका पादुकोणलाई अग्निकुण्डमा फ्याक्ने व्यक्तिलाई एक करोड रुपैयाँ पुरष्कार दिने घोषणा गरेको थियो ।

शेरबहादुरको नया पोष्टर सार्वजनिक

अवकाश प्राप्त एक आर्मी को कथामा निर्माण भएको फिल्म शेर बहादुरको पोष्टर सार्वजनिक गरिएको छ । निडर, शन्की र बलियो पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो । शेर बहादुरको चरित्र सहित अन्य कलाकार समावेश पोष्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मको पोष्टरले चित्रण गरेको छ ।

फिलमको मूख्य पात्र बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान पोष्टरमा अटिएका छन् । ३ साईजको पोष्टरमा फरक फरक सस्पेनमा प्रस्तुत भएका छन् ।

एक्शन, रोमान्स, ड्रामा समाबेश फिल्म प्रति निर्माण पक्ष अपेक्षित छन् । फिल्म आउँदो माघ १९ बाट देशैभर प्रदर्शन हुदैछ । फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् ।

गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् । फिल्ममा कोशिश क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ र नारायण जिसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई प्रमोढ क्षेत्रीले लेखेका हुन् ।

‘बाँचेनी पशुपति मरेनी पशुपतिमा’ गीतमा नायिका नीता ढुंगानाको हट आइटम डान्स

चलचित्र ‘हुर्रे’ को नया गीत रिलिज भएको छ । यसअघि सार्वजनिक भएको ‘ठेकीमा दही’ बोलको गीतलाई सबैले मन पराए पछि निर्माण युनिटले आईतबार राजधानीमा पत्रकार भेटघाट गरेर ‘बाँचे नी पशुपति मरे नी पशुपति…’ बोलको दोस्रो गीत सार्वजनिक गरेको छ ।

काली प्रसाद बाँस्कोटा र एकतारेको शब्द रहेको सार्वजनिक गीतमा काली प्रसाद बाँस्कोटाको नै संगीत रहेको छ ।जुमा लिम्बु र कालीकै श्वर रहेको यस गीतमा नायिका नीता ढुंगानाले हट आइटम डान्स गरेकी छिन् ।गीतको छायांकन धार्मिक स्थल पुशपति क्षेत्रमा गरिएको हो भने गीतमा नीता सगै अंकित खड्का, विजय बराल ,राजाराम पौडेल लगायतका कलाकारहरुले पनि नाचेका छन् । भिडियोका कारियोग्राफर विक्रम स्वाँर हुन् ।

चलचित्रमा अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, प्रकाश घिमिरे, विजय बराल, अंकित खड्का, संगीता नापित, उपदेश तिमिल्सिना लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’ मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको फिल्ममा सह निर्माताको रुपमा अरुण सेदाई रहेका छन् ।चलचित्र फागुन २५ गते बाट प्रदर्शनमा आउने भएको छ ।

कमेडी जनरको यस चलचित्रमा लेखन तथा निर्देशन यम थापाको रहेको छ ।चलचित्रमा मा शिव ढकालको छायांकन, कालीप्रसाद बास्कोटा र राजनराज सिवाकोटीको संगीत, चन्दन दत्तको सम्पादन रहेको छ ।

भ्यालेन्टाईन डे लाई लक्षित गर्दै गायक सशान कंडेलको ‘मेरो आशा’को भिडियो सार्वजनिक

गायक सशान कंडेल को नया गीतको भिडियो सार्वजनिक भएको छ ।’मेरो आशा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिकास भुजेलको रहेको छ । बिनय के 2एरेन्ज रहेको गीतको भिडियोलाई गायक आफैले निर्देशन गरेका हुन् ।

यस गीतको भिडियोमा गायक सशान कंडेल मोडल सर्वानी पाण्डे सगै खुलेरै रोमान्स गरेका छन् ।गायन सगै म्युजिक भिडियो निर्देशनमा समेत व्यस्त रहेका कंडेललाई यस गीतले अझै बढी चर्चा दिलाउने उहाको विश्वास रहेको छ ।

बिशेष गरेर छिट्टै आउदै गरेको भ्यालेन्टाईन डे लाई लक्षित गरेर सार्वजनिक गरिएको ‘मेरो आशा’गीतको भिडियोलाई अर्जुन तिवारि ले छायांकन गरेका हुन् भने निशान घिमिरेको सम्पादन गरेको छ ।

पुष्प खड्काले काली भन्या छैन भन्दै भावनाको पछि लागेपछि (भिडियो)

मोडल पुष्प खड्का र भावना राईलाई फिचरिङ् गरिएको काली भन्या छैन मैले गीतको भिडियो सार्वजनिक भएको छ ।हिमाल सागरले गाएको गीतको भिडियोमा मानिसले कतिपय अवस्थामा जानेर या नजानेर पनि गल्ती गर्ने गरेका हुन्छन् । यस्ता गल्तीहरु मान्छेले मान्छेलाई गर्ने सम्बोधनमा पनि हुने गरेका हुन्छन् । त्यस्तो सम्बोधनमा अर्को व्यक्तिले चासो लिएन भने त ठिकै हो तर अर्को व्यक्ति रिसाई दियो भने चाहीँ खुलेर स्पष्टीकरण नदिई सुखै पाईंदैन । यस्तै एउटा बाध्यताको सामना गरेको देखाउँन खोजिएको छ ।

व्यस्त गायक तथा सङगीतकार ताराबीर पाण्डेको सङ्गीत तथा सर्जक दिलीप घिमिरेको शब्दमा तयार गरिएको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युवबाट सार्वजनिक भएको छ । गीतको एरेञ्ज बिनोद रसाईंलीले गरेका हुन् ।

जनकराज अधिकारीको छायाँकनमा राघव आचार्यले निर्देशन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका हुन् । अडियोको रेकर्डिङ सहित भिडियोको बजार व्यवस्थापन स्डुडियो यमनले गरेको छ ।

ज्याद्रो गायक शिव परियार,गम्भीर दुर्घटनामा परे पनि गीत गाउन स्टेज चढे

पाँचौ खिचरा महोत्सवका लागि काठमाडौंबाट आउँदै गर्दा चर्चित गायक शिव परियारले हाँकेको गाडी सेती दोभानमा गम्भीर दुर्घटना पर्‍यो । दुर्घटना शिव परियार सगै सामान्य घाइते भएका अर्का गायक कर्ण राज गिरी उपचार पछि सकुसल छन् भने गायक परियारलाई उनका प्रशंसकहरुले खिचरा महोत्सव बेलुका सम्म पर्खेर बसेको कारण शिवले आफु मानसिक र शारीरिक रुपमा स्टेज पर्फमेन्सको लागि आफु फिट नभएको महसुस गरे पनि आफुलाई पर्खेर बसेका हजारौ दर्शकहरुको मन खिन्न बनाउन चाहेनन ।

उनी घाइते अवस्थामै बेलुकीपख साँढे पाँच बजेतिर खिचरा महोत्सव स्थलमा आइपुगे । उनका प्रशंसकहरु साँझ परेपनि खिचरा महोत्सवको स्टेज अगाडिबाट घर जान नमानेपछि महोत्सव आयोजकहरुले शिव परियारलाई दुर्घटना स्थानमा नै पुगेर सोहि अवस्थामै ल्याउनु परेको थियो । गायक शिव परियारले डेढ घण्टा सम्म स्टेजमा गीत गाउँदा उनका प्रशंसकहरु निकै मनोरञ्जन लिँदै नाचेका थिए ।

शिवले गम्भीर दुर्घटना पश्चात को अबस्थामा पनि दर्शकहरुलाई आफ्नो हिट गीतहरु आलारे , ‘क्या दामी भो , ‘तिमि साचै राम्री हौकि ,मेरो मायाले,माया देउ मायालु, गालाईको कोठी,रोशीखोला तिरैमा,पिलोयो साथी ले ,आसुको अर्थ ,नभेटि नभेटि जस्ता आफ्ना हिट गीत पर्फमेन्स गरेका थिए ।रातिको समयमा पनि शिवलाई साथ दिदै हजारौ दर्शक निकै मनोरञ्जन लिँदै नाचेका थिए । शिव परियार आज आईतबार गैडाकोट महोत्सवमा आफ्नो  पर्फमेन्स दिदैछन् ।

शनिबारको हजारौं दर्शकहरुलाई दोहोरी गायक बालचन्द्र बरालले पनि मस्त नचाए । विशेष गरेर झोर्ले गीतका गायक बालचन्द्र बरालले करीब एक दर्जन गीत गाएर दर्शकहरुलाई पूर्ण रुपमा मनोरञ्जन दिए ।

यस्तै मिस्टर एण्ड मिस थारुका बिजेताहरुबाट पूर्व मेचीदेखि महाकालीसम्मका भेषभुषामा सजिएर र्‍याम्प शो गरेका थिए । दिनभरिको स्टेज कार्यक्रममा थारु साँस्कृतिक नृत्य र जिके डान्स ग्रुपले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । नायिका अन्जु चौधरीले पनि थारु गीतमा नृत्य प्रस्तुत गरेका थिए ।