Friday , 15 December 2017
News update
Home >> Friday Release

Friday Release

फ्राइडे रिलिज:बहुप्रतिक्षित चलचित्र ‘फाटेको जुत्ता ‘ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘फाटेको जुत्ता ‘ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘फाटेको जुत्ता ‘को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘फाटेको जुत्ता ‘

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट बहुप्रतिक्षित चलचित्र ‘फाटेको जुत्ता ‘ प्रदर्शनमा आएको छ ।चलचित्रलाई ‘जिन्दगी रक्स’का निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् ।’फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

यस चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की र कामेश्वर चौरासिया,रविन्द्र झा, अनोज पाण्डेको मुख्य भूमिका रहेको छ ।नायिका वर्षा राउत केमियो भूमिकामा देखा पर्दैछिन् ।चलचित्रमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

चलचित्र ’ऐश्वर्य’ आज बाट प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो आज नेपाली कथानक चलचित्र ’ऐश्वर्य’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।आज बाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ’ऐश्वर्य’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

’ऐश्वर्य’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट बहुप्रतिक्षित चलचित्र ’ऐश्वर्य’ प्रदर्शनमा आएको छ ।चलचित्रलाई ‘ऐश्वर्य’लाई दिवाकर भट्टराईको निर्देशन गरेका हुन् ।सांगीतिक प्रेम, द्वन्द र प्राप्तिको बिषयलाई उठान गरिएको यस चलचित्रमा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ ।

रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।चलचित्रका कार्यकारी निर्माता कलाकार निर्मल शर्मा हुन् । अमेरिकाको बसाइपछी नेपाल फर्किएका रमेशले यसै फिल्म मार्फत निर्माताको रुपमा पनि डेब्यु गरेका छन् । सुदीप बरालको छायाँकन रहेको यस चलचित्रमा अर्जुन पोखरेलको संगीत र तेंजु योन्जनको कोरियोग्राफी छ ।

फ्राइडे रिलिज:‘जोनी जेन्टलम्यान’र ‘लिला’

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘जोनी जेन्टलम्यान’र ‘लिला’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘जोनी जेन्टलम्यान’र ‘लिला’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘जोनी जेन्टलम्यान’


फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट बहुप्रतिक्षित चलचित्र ‘जोनी जेन्टलम्यान’प्रदर्शनमा आएको छ ।‘जोनी जेन्टलम्यान’ लाई नितिन चन्दको निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ ।चलचित्रलाई युवा ब्यबसाही एन्ड्रियु पौडेलको निर्माण गरेका हुन् ।

चलचित्रमा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन,अर्जुन पोख्रेल ,हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ भने प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ ।

‘लिला’


त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘लिला’प्रदर्शनमा आएको छ ।लचित्र ‘लिला’लाई रमेश कोइरालाको निर्देशन गरेका हुन्। कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्रमा लक्ष्मण बस्नेत र बिमला घिमिरे(दंगाल)को लगानी रहेको छ। बसन्त सापकोटाले संगीत भरेको चलचित्रमा शिव ढकालको छायांकन रहेको छ। चलचित्रमा कमल राईले नृत्य निर्देशन गरेका छन भने अष्ट महर्जनको द्वन्द्व रहेको छ।

चलचित्रमा मलिना जोशी, राज कटुवाल, सञ्चिता लुइटेल, ध्रव कोइराला, निस्तोज निरौला, देवीराम पराजुली (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।

फ्राइडे रिलिज : बहुप्रतिक्षित ‘ए मेरो हजुर २’

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर २’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘ए मेरो हजुर २’


फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनमा आएको छ ।यस चलचित्रलाई नायिका झरना थापाले पहिलो पटक निर्देशन गर्नु भएको हो ।

चलचित्रमा साम्राज्ञी र सलिन सगै सलोन बस्नेत ,अनुभव रेग्मी, बुद्धि तामाङ र अनुरागमान सिंह कुँवर ,वील्सन विक्रम राईलगायतको अभिनय रहेको छ ।

स्व : शिव रेग्मीले निर्देशन गरेको सुपरहिट चलचित्र ‘ए मेरो हजुर’ मा स्व :श्री कृष्ण श्रेष्ठ को र झरनाको नै मुख्य अभिनय रहेको ‘ए मेरो हजुर’ लाई अर्को भागमा यूवापुस्ताको कथामा निर्माण गरिएको हो ।

सञ्जय लामाको छायाँकन रहेको फिल्ममा कविराज गहतराज र रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको छ ।एस के थापा प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।हिजो गरिएको प्रिमियर बाट सबै तारिफ बटुलेको ‘ए मेरो हजुर’को गीत संगीतले निकै चर्चा कमाएको छ।

फ्राइडे रिलिज:प्रतिक्षित चलचित्र ‘संरक्षण’

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र “संरक्षण” रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र “संरक्षण” को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

“संरक्षण”


फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाटप्रतिक्षित चलचित्र “संरक्षण”प्रदर्शनमा आएको छ ।चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् ।चलचित्र ‘संरक्षण’लाई प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी ,रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, पवन महत्तो, अमितेश शाह, नन्दु श्रीवास्तव र राज कटुवाल लगायतको अभिनय रहेको छ ।

यस चलचित्रमा जय निशान्तको संवाद, रमेश रञ्जन, पुर्णेन्दु कुमार झा र नेश मिश्रको पटकथा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, वसन्त सापकोटा र प्रवेश मल्लिकको संगीत रहेको छ ।बुधबार चितवनमा भएको प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ।

फ्राइडे रिलिज : बहुप्रतिक्षित दुई चलचित्र “प्रेमगीत २”र ‘रुद्र’ को भिडन्त

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र “प्रेमगीत २”र ‘रुद्र’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र “प्रेमगीत २”र ‘रुद्र’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

“प्रेमगीत २”
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट बहुप्रतिक्षित चलचित्र “प्रेमगीत २”प्रदर्शनमा आएको छ ।चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।चलचित्र “प्रेमगीत २”मा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको छ ।
सन् १९४५ मा दोस्रो विश्वयुद्धको परिवेश चित्रण गर्ने सिनेमाभित्र एक्सन, प्रेम, ड्रामा र कमेडी तत्व समावेश गरिएको छ । म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध प्रेमगीत २ को कथावस्तु हो ।चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

‘रुद्र’
त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘रुद्र’ प्रदर्शनमा आएको छ ।रामजी लामिछाने निर्देशन रहेको ‘रुद्र’ त्रिकोणात्मक प्रेमकथा र एक्सन प्रधान चलचित्र हो ।चलचित्रमा निखिल उप्रेती पहिलो पटक खलचरित्रमा देखा परेका छन् ।

यस चलचित्र बाट नब कलाकार विश्व र सारालाई डेब्यू गर्दै छन् ।फिल्ममा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे समेतको अभिनय छ । सौरभ लामाले चलचित्रलाई खिचेका हुन् ।बुधबार सम्पन्न प्रिमियर सो मा चलचित्र हेरेपछि कलाकार र सञ्चारकर्मीहरूले ‘रुद्र’ को निकै तारिफ गरेका थिए ।चलचित्रमा हिमाल केसीको द्वन्द्व रहेको छ ।

फ्राइडे रिलिज : बहुप्रतिक्षित दुई चलचित्र ‘म यस्तो गीत गाउँछु’र “सायद २”को भिडन्त

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु’र “सायद २”रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’र “सायद २”को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

“सायद २”
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र “सायद २”प्रदर्शनमा आएको छ ।दुर्गिश फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।चलचित्र“सायद २” को मुख्य भूमिकामा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ ।चलचित्रमा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माताको रुपमा रहेका छन् ।निर्माता सुनिल रावलले यस अघि ‘सायद’ , ‘होस्टल’ र ‘होस्टल रिर्टन्स’ जस्ता सुपर हिट चलचित्र निर्माण गरि सकेका छन् ।

‘म यस्तो गीत गाउँछु’

त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘म यस्तो गीत गाउँछु’प्रदर्शनमा आएको छ ।चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ । साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, ‘भालु डन’को रुपमा परिचित नविन मानन्धरको मुख्य भूमिका चलचित्रमा छ ।चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायांकन रहेको छ ।सुदर्शन थापाको निर्देशन रहेको यस चलचित्र सुदर्शन थापा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा सुदर्शन थापाको लगानी छ । नायिका पूजा शर्मा यो चलचित्रको सनिर्मात्रीको रुपमा रहेको छ ।

‘बाहुबलीः द कन्क्लुजन’ हेर्न उर्लियो जना महासागर (भिडियो सहित)

‘बाहुबलीः द कन्क्लुजन’ हेर्न उर्लियो जना महासागर -देशभरीको हल हाउसफूल,सोमबार सम्मका लागि सबै मल्टिप्लेक्स हाउसफूल,नेपाली बजारमा पौने दुई करोडको व्यापार गर्ने अनुमान गरिएको छ….

हेर्नुहोश दर्शकको भिड

नेपाल भरि ‘बाहुबली २’हाउसफूल,शुक्रबार पौने दुई करोड व्यापारको अनुमान

बहुप्रतिक्षित चलचित्र ‘बाहुबलीः द कन्क्लुजन’आज बाट विश्व भरि नौ हजार सिनेमा घर बाट प्रदर्शनमा आएको छ ।चलचित्रले आज पहिलो दिन मात्रै भारतमा सबै भाषा सय करोड कमाउने अनुमान गरिएको छ ।चलचित्रमा मुख्य कटप्पले बहुबलीलाई किन मार्‍यो भन्ने कुरा निकै चर्चामा छ।बहुबली द बिगिनिङले छाडेर गएको यो प्रश्नको उत्तर एक लाइनमा दिनुपर्दा ‘कटप्पाले राजमाता शिवगामीको आदेश बमोजिम बाहुबलीको हत्या गरेका हुन् ।’ चलचित्रको बाकी कथाको लागि हाल सम्म चलचित्र हेर्न जानु पर्छ ।
bahubali2२ सय ७० करोड भारुको लगानीमा निर्माण भएको यस चलचित्रले आज पहिलो दिन नेपाली बजारमा पौने दुई करोडको व्यापार गर्ने अनुमान गरिएको छ।चलचित्र प्रदर्शन भएको सबै हल हाउसफूल भएका छन् ।चलचित्र हेरेर निस्केका दर्शकले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिए सगै चलचित्रको भोलिको दिनमा व्यापार अझै राम्रो हुने देखिएको छ ।
bahubali 2 indradevभारतको अहिलेसम्मकै महंगो चलचित्र ‘बाहुबलीः द कन्क्लुजन’लाई भारतीय मिडियाले चलचित्र निकै राम्रो बन्नुको साथै हेर्नु पर्ने भन्दै खुलेर तारिफ गरेका छन् ।’बाहुबली : द कन्क्लूजन’ मा प्रभास, राणा दग्गुबाती, अनुष्का शेट्टी, तमन्ना, राम्या कृष्णन र सत्यराज महत्वपूर्ण भूमिकामा छन् । ‘बाहुबली २’ नेपालमा १३० सिनेमा घरमा रिलिज भएको छ ।चलचित्र आगामी सोमबार सम्मका लागि सबै मल्टिप्लेक्स हाउसफूल भैसकेका छन् ।
bahubali darshak‘बाहुबली २’ आज चितवनको इन्द्रदेव सिनेमा र जलमा सिनेमामा हाउसफूलको व्यापार गरेको छ ।यहि हलमा सोमबार सम्मको टिकट बिक्रि भै सकेको छ ।यस्तै गणेश चलचित्र मन्दिर ,टाँडी र पर्सा सिनेमा घरमा पनि चलचित्रको ब्यबसाय निकै राम्रो रहेको छ ।चलचित्रमा मात्रै चलचित्रले आज १२ लाख माथिको कलेक्सन गरेको छ ।

‘हिरो रिटन्र्स’को टीज़र सार्वजनिक,सविन एक्शन अबतारमा (भिडियो)

नायक सविन श्रेष्ठको निर्माण रहेको चलचित्र ‘हिरो रिटन्र्स’को टीज़र सार्वजनिक गरिएको छ।चलचित्रको सार्वजनिक टीज़रमा खतरनाक एक्शनको दृश्यहरु समाबेश गरिएको छ।चलचित्रको टीज़रमा नायक सविन श्रेष्ठ र दिल श्रेष्ठलाई एक्शन अबतारमा प्रस्तुत गरिएको छ ।चलचित्रमा नायिका रेखा बोल्ड अबतारमा देखिदै छिन् ।
hero-herturnsचलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन ।चलचित्रमा सविनसगै चन्द्र गौतम,सहदेव गौतम र भिम न्यौपानेको पनि लगानी रहनेछ ।अमित श्रेष्ठ चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन ।

‘हिरो रिटन्र्स’मा रेखा थापा, सविन श्रेष्ठ,सरोज खनाल, दिल श्रेष्ठ,इकू सूर्यमान ,सुसान्त श्रेष्ठ, किरण थापा लगायतको मुख्य अभिनय रहेको छ ।कमेडी एक्सन जनरामा निर्माण भएको यस चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, चन्द्र पन्तको एक्सन, मित्र गुरुङको सम्पादन रहेको छ ।नवराज शर्मा चलचित्रका सह–निर्देशक हुन् ।चलचित्रको रिलीज मिति तय गरिएको छैन।