Friday , 15 December 2017
News update
Home >> hollywood

hollywood

शोभित बस्नेतको निर्देशनमा “बाबू-कान्छा” निर्माण हुने

निर्देशक शोभित बस्नेतले नया चलचित्र निर्माण गर्ने भएका छन् । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुन लागेको नया चलचित्रको नाम भने “बाबू-कान्छा” राखिएको छ ।चलचित्रमा मुख्य कलाकारको रुपमा सलोन बस्नेत रहने छन् भने अन्य कलाकारको फाईनल केहि दिन भित्रै हुने निर्देशक शोभित बस्नेतले जानकारी दिएका छन् ।फिल्ममा अर्का प्रमुख कलाकार भने निर्माता तथा कलकार सुनिल रावल हुनेछन ।

babu kanchaबिहिबार फिल्मको एक गितको रेकर्डिङ गर्दै फिल्म “बाबु- कान्छा” को प्रीपोडक्सनको काम सुरि गरिएको छ ।बिहिबार युवा संगीतकार टंक बुढाथोकीको संगीत र चर्चित र अहिलेका संगीत पारखिका ढुक्ढुकी गायक कमल खत्रीको स्वरमा “छाई सक्योउ आखामा तिमि ” बोलको गित बाट फिल्मको सुरुवात गरिएको छ । चलचित्रको अर्को गीतमा ओम सुनवार संगीत रहने छ ।

लामो समयको ब्रेक पछि सोभितले पुन चलचित्र निर्माण गर्न लागेका हुन आफ्नो पछिल्लो चलचित्र “टिचर” को प्रदर्शनको र शो को कारणले ब्यस्त रहेका शोभितले निकै मेहेनत पछि यो फिल्म बनाउन लागेको उनले बताए ।

kosisi filmफिल्ममा नेपाल र दुवइ फ्रेश लोकेसन हेर्न पाउने छन । आफ्नै ब्यानरमा निर्माण गर्न लागिएको यस फिल्मको बजेटको बारेमा कुरा गर्दा उनले रमाईलो गर्दै भने “अरुले यो प्रोजेक्टको लगानी डेढ करोडमा पनि सक्दैनन तर म यो प्रोजेक्ट ७५ देखि ८० मा तयार पार्छु ” । यस चलचित्रमा कार्याकरी निर्माता भने चलचित्र पत्रकार एबम निर्माता रबि अधिकारी रहेका छन । उनले यस अघि फिल्म पन्चायत निर्माण गरेका छन , जुन चलचित्र प्रदर्शनको क्रममा रहेको छ ।

बब डायलनलाई नोबल पुरस्कार । थाहा पाउनुस उनीबारे रोचक तथ्य

bob-dayalanयस वर्षको साहित्यतर्फको नोबल पुरस्कार अमेरिकी गायक तथा गीत लेखक बब डयलनलाई दिइने भएको छ । बिहिबार पुरस्कार उनलाई प्रदान गरिने निर्णय भएको हो । गीत लेखनबाट अमेरिकी गीतलेखनमा नयाँ काब्यिक भावना अभिव्यक्त गर्ने साहित्यिक व्यक्तित्व भएको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ । यसबाट पुरै हलिउड अहिले निकै हर्षित छ ।

बबका जीवनका बारेमा थाहा पाउनुपर्ने केहि तथ्यहरू यस्ता छन्
१। बबले आफ्नो करियर एक विद्रोही गायक तथा गीतकारका रूपमा सुरू गरेका थिए। विद्रोहको भावना उनका गीतहरूका विशेषता हुन्। उनको ब्लोन इन द विन्ड गीत यसको प्रतिनिधि उदाहरण हो। उनको पहिलो एल्बम १९६२ रिलिज भएको थियो।
२। बब सन् १९६५ मा न्यूपोर्ट, गोडे आइल्यान्डमा गरिएको सांगीतिक कार्यक्रमका लागि विवादित भएका थिए। उनले त्यहाँ परम्परागत गिटारलाई छोड्दै इलेक्ट्रिक गिटारमा गीत गाएपछि विवादित भएका थिए। उनले प्रस्तुति दिईरहँदा केही समूहले त्यतिबेला राम्रै होहल्ला गरेका थिए। होहल्ला भएपछि उनले त्यतिबेला ३ गीतमात्र गाए। धेरै फ्यानले त्यतिबेला आफूहरूमाथि धोका भएको महशुस गरेका थिए। त्यो बेला उनले प्रयोग गरेको इलेक्ट्रिक गिटार वा आवाजको गुणस्तरका कारण होहल्ला भएको हो भन्नेमा अझै दुविधा रहेको छ। त्यसपछि उनलाई परम्परावादीहरूले ुजुडाजुको उपमा भिराइदिए।
३। सन् १९६६मा भएको एक मोटरसाइकल दुर्घटनाका कारण बब सार्वजनिकरूपमा आलोचित भए। उनको सार्वजनि छवि नराम्ररी धमिलियो। सोसँग सम्बन्धित केहीमात्र तथ्य बाहिरिएको भएपनि बबले सो घटनापछि ८ वर्षसम्म कुने सागीतिक यात्रा गरेनन्।
४। बब सदैव समालोचक तथा प्रशंसकहरूले भिराएको कलाकार, कवि तथा पुस्ताको आवाज भन्ने तथ्यबाट आफूलाई सधै परै राखे, त्यसलाई अस्विकार गरिरहे। उनी आफूलाई चटकेका रूपमा व्याख्या गर्थे।
५। उनले एकपटक रोलिङ् स्टोन पत्रिकालाई दिएको अन्तरवार्तामा आफू वास्तविक संसारमा नभइ स्वपनिल संसारमा बाँच्ने व्यक्ति भएको बताएका थिए।
६। बब यहुदी समुदायका हुन्। उनको वास्तविक नाम रोबर्ट जिम्मरम्यान हो तर सन् १९७९ मा डिभोर्स भएपछि इसाई बने। उनले ३ वटा धर्ममा आधारित सांगीतिक एल्बम निकालेका थिए। त्यसपछि उनले त्यस्तो गर्न छाडे तर सन् २००९ मा क्रिसमस एल्बम सार्वजनिक गर्दै सबैलाई फेरि आश्चर्यमा पारे।
७। सबटेरेनियन होमसिक ब्लुज, मिस्टर ट्यामबुरिन म्यान, जस्ट लिइक अ उमन, लेडी ले, ट्याम्गल्ड अप इन ब्लु तथा म्यागीज फार्म बबका सर्वाधिक चर्चित गीतहरू हुन्।
८। यू डन्ट निड वेदरम्यान टु नो ह्विच वे विन्ड बोल्ज, कम इन सि सेड, आइ विल गिभ यू सेल्टर फ्रम स्ट्रोम, द्ल्याडर अप द ल ह्याज नो टप एन्ड बटम तथा आइ सअ टेनताउजेन्स टकर्स हुज टङ्स वोयर अल ब्रोकन आदि बबले लेखेका चर्चित गीतहरू हुन्।

दशै बिदामा हेर्नुपर्ने १५ फिल्म

यज्ञश

revenant-1000x0

स्कुल छँदै लागेको फिल्म हेर्ने बानीले छोडेको छैन । त्यति बेला भागेर फिल्म हेर्नुपथ्र्यो, लुकेर हेर्नुपथ्र्यो । स्कुलबाट भागेर दमौली पुगेको कसैले थाहा पाए स्कुलमा हेडसरको लौरीको मर्मत अलग, घरमा गाली अलग पाइन्थ्यो ।

स्कुलबाट क्याम्पस आइपुगेपछि फिल्म हलले दिल खोलेर स्वागत गर्न थाल्यो । काठमाडौं आएपछि आफ्नै डेराका टेलिभिजन, कम्प्युटर र ल्यापटपले त्यो सेवा दिए । अहिलेको इन्टरनेटको जमानामा युट्युब र विभिन्न एपहरूले फिल्म हेर्ने क्रियालाई झन् सरल बनाइदिएका छन् ।

सीडीको जमानामा मैले काठमाडौंका ठमेल र महाबौद्धमा छापामार शैलीमा उठाएका क्लासिक फिल्महरू अहिले मोबाइलमा नै हेर्न सकिन्छ । इन्टरनेटले संसारलाई मात्र जोडेको छैन, मानिसहरूको दैनन्दिन जीवनका अनुभूतिहरूलाई पनि फरक ढंगले प्रभावित पारिरहेको छ । १० वर्षअघिसम्म मैले डीभीडी पसलमा नभेटेका फिल्म अहिले युट्युब र फिल्मका एपहरूमा सजिलै भेट्छु । न त यी फिल्म हेर्दा पैसा तिर्नुपर्छ न त खोज्ने दु:ख गर्नुपर्छ ।

विभिन्न माध्यमहरूका मद्दतले संसारसँगको सम्पर्क बढ्दै जाँदा मेरा फिल्म हेर्ने तरिका, अनुभव र स्वाद पनि परिवर्तन हुँदै गए । हिन्दी फिल्मबाट सुरु भएको फिल्मको स्वादलाई हलिउड, युरोप, ल्याटिन अमेरिका हुँदै एसियाकै इरान, कोरिया, जापान र चीनका फिल्मले परिस्कृत गर्दै लगे । विदेशका फिल्म हेर्नेभन्दा पहिले तिनका बारे पढ्ने गरिएकाले बीचका केही वर्ष आफूले पढेका फिल्म खोज्दैमा बिते । जापानका अकिरो कुरासावादेखि भारतका सत्यजित रे हुँदै स्विडेनका वर्गम्यान, इटलीका डेसिका र फेलिनी, स्पेनका पेड्रो अल्माडेभोर तथा इरानका अब्बास किरुस्तामीको खोज मेरो एक समयको ठूलो रुचि बन्यो ।

यो पुस्ताका फिल्ममेकरका फिल्म हेर्दै अहिले म आफ्नै समयका फिल्ममेकरका फिल्मतिर फर्किएको छु । अलेजान्द्रो गोन्जालेज इनारितु हुन् वा अल्फान्सो क्रुसो वा असगर फरहादी म अहिले ती निर्देशकका फिल्मतिर बढी आकर्षित छु, जो आजको समयमा फिल्म बनाइरहेका छन् । अनुराग कश्यपदेखि निश्चल बस्नेतसम्म, मीन भामदेखि समिरा मखमलवाफसम्म आजको पुस्ताका निर्देशकले नै फिल्ममा नयाँ प्रयोग गरिरहेका छन् । सानो स्क्रिनमा ध्वनि र चित्र बिग्रिएका पुराना फिल्महरूभन्दा अलग ठूलो पर्दामा नयाँ प्रविधिका फिल्महरू हेर्नुको मजा बेग्लै छ । किताब पढेजस्तो फिल्म हेर्नुको अनुभूति र तरिका जुन फिल्ममा पनि उस्तै हुँदैन । फिल्मको विषय वा प्रस्तुतिको शैलीको स्वाद बेग्लै हुन्छ । तर, यो प्राविधिक कला भएकाले हेर्ने माध्यमले पार्ने फरक टड्कारो हुन्छ । पर्दामा पानी परेजस्तो लामो धर्सा देखिने पर्दामा हेर्ने पुरानो फिल्म र आइम्याक्समा रियल थ्रीडीमा फिल्म हेर्नुको मजा एउटै हुँदैन ।
नयाँ फिल्महरूतिर आकर्षित भए पनि मलाई मन परेका फिल्ममा केही पुराना र धेरै बीचको समयका फिल्म नै छन् । दुई वर्षअगाडि मैले बनाएको १ सय २५ मन परेका फिल्मको सूचीमा यिनै फिल्मको वर्चस्व थियो । मलाई लाग्छ, आउने वर्षहरूमा धेरै नयाँ फिल्महरूले प्रवेश गर्नेछन् । अहिलेका लागि मेरा सिफारिसका २० फिल्म यस्ता छन् :

टेस्ट अफ चेरी
अब्बास किरुस्तामीको यसै वर्ष निधन भए पनि उनको फिल्म ‘टेस्ट अफ चेरी’को मौलिकता कहिल्यै मर्ने छैन । आत्महत्याका लागि आफूलाई मद्दत गर्ने मानिसको खोजीमा बाहिरी तेहरानका पर्वतहरूमा गाडी चलाई हिँड्ने मुख्य पात्रको मनोदसाको कथा यो फिल्ममा छ । पहाडको वृत्तमा उसले भेट्ने तीनजना मानिसहरूसँग उसको संवादले मानवीय भावना, संवेदना र अवसादको कथा भन्छ । कुनै मसलाविहीन मौलिक शैलीको यो फिल्म एसियाली सिनेमा शैलीको नमुना हो । अब्बासकै ‘क्लोज अप’, ‘टेन’, ‘द विन्ड विल क्यारी अस’, ‘सर्टिफाइड कपी’ र ‘लाइक समवान इन लभ’ लगायतका फिल्म पनि उत्कृष्ट छन् ।

एमेरोस पेरोस
अब्बास हिजोका फिल्ममेकर हुन् भने अलेजान्द्रो गोन्जालेज इनारितु आजको समयका । पछिल्लो दुई वर्ष लगातार उनले उत्कृष्ट निर्देशकको ओस्कर पाएबाटै उनी यो समयका सबभन्दा चर्चित निर्देशक हुन् भन्ने थाहा पाइन्छ । ‘एमेरोस पेरोस’ चाहिँ उनलाई स्थापित गर्ने पहिलो फिल्म हो । मेक्सिकन निर्देशक अलेजान्द्रोको यो फिल्म स्पेनी भाषामा छ । एउटा सानो कुकर ‘फाइट’ले एक सहरका विभिन्न मानिसहरूको जीवनमा पार्ने प्रभावको कथा यो फिल्ममा छ । अलेजान्द्रोले यसपछिका अरू दुई फिल्म ‘बाबेल’ र ‘२१ ग्राम’ पनि एउटा घटनाले धेरैलाई पार्ने प्रभावबारे बनाएका थिए ।

दि रेभेनान्ट
‘दि रेभेनान्ट’ गत वर्षको सबभन्दा चर्चित फिल्म हो । यसले ओस्करमा उत्कृष्ट निर्देशक, फिल्म र अभिनेताको अवार्ड पायो । यसका निर्देशक अलेजान्द्रो गोन्जालेज इनारितुले ‘बर्डम्यान’ पछि दोस्रो ओस्कर यसका लागि पाए भने लियोनार्डो डिक्याप्रियोको लामो ओस्कर प्रतीक्षालाई यसले अन्त्य गरेको थियो । प्राकृतिक स्रोतको उपभोगमा आदिवासी र आप्रवासीको लामो द्वन्द्वलाई यो फिल्मले आफ्नो विषय बनाएको छ । हिउँ नै हिउँको जंगलमा एक्लै छोडिएको घाइते मानिसको संघर्षको यो कथामा निर्देशकले चलाखीपूर्वक मानिस जातिले गरेको संघर्षका झलकहरू घुसाएका छन् ।

द ग्रेट ब्युटी
भोलिपल्ट सहरमा ठूलो जादूको ‘सो’को तयारीमा रहेको जादूगर आफ्नो जिराफलाई घाँस हाल्दै छ । एउटा विरक्त लेखकसँग कुरा गर्दै जादुगरले जिराफलाई गायब बनाउँछ । आफ्ना दु:खले विक्षिप्त हुँदै गएको वृद्ध लेखक भन्छ— मलाई पनि यसरी नै गायब गरिदेऊ न । जादूगर भन्छ— मैले साँच्चिकै गायब गर्न सक्ने भए आफ्ना दु:खहरू गायब गर्ने थिइनँ होला ? यसरी सहर–सहर जिराफ बोकेर हिँड्थे ? ४० वर्षअघि लेखेको उपन्यासको ब्याज खाएर बसिरहेको लेखकको दोस्रो पुस्तकको सकसको बारे भए पनि ‘द ग्रेट ब्युटी’ विचार, भावना र दर्शनको सम्मिश्रण हो । युरोपेली सिनेमाको एउटा केन्द्र इटली हो । र, ग्रेट ब्युटी त्यसको प्रमाण ।

फ्लावर्स अफ वार
चिनियाँ सहरमा जापानीको आक्रमण जारी छ । युद्धले सहर तहसनहस भइसकेको छ । एउटा चिनियाँ सिपाही अनेक जुक्ति लगाएर जापानीलाई तर्साइरहेको छ । एक जना अमेरिकी स्वयंसेवक सिपाहीको फन्दामा परेको छ । र, क्रिस्चियन नन बन्नका लागि पढिरहेका केटीहरूको बीचमा अचानक सहरमा वेश्यावृत्ति गर्ने युवतीहरू आश्रयका लागि आइपुग्छन् । युद्धका बीचमा यी पात्रहरूको आपसी खिचातानी, इष्र्या र प्रेमको कथा हो, ‘फ्लावर्स अफ वार’ । चिनियाँ निर्देशक च्याङ यिमुको यो फिल्ममा हलिउड स्टार क्रिस्चियन बेलले मुख्य भूमिकामा अभिनय गरेका छन् । चिनियाँ संस्थापनका आलोचकका रूपमा स्थापित भएका यिमुले पछिल्लो कालमा चीन निर्माण र यसको इतिहासमाथि रुचि लिएर बनाएका फिल्ममा यो पनि पर्छ । इतिहासलाई कलात्मक ढंगले देखाउने कलाका लागि यो फिल्म प्रशंसनीय छ ।

इन द मुड फर लभ
हङकङका फिल्म निर्देशक वङ कार वाई आफ्ना प्रयोत्मक फिल्मका लागि प्रसिद्ध छन् । एकातिर उनले ‘इन द मुड फर लभ’ र ‘२०४६’ जस्ता फिल्म बनाएका छन् भने उनैले नोरा जोन्सलाई लिएर ‘माई ब्लुबेरी नाइट्स’ पनि बनाएका छन् । ‘इन द मुड फर लभ’ आकर्षण र अविश्वासको कथा हो । १९६० को हङकङमा एउटै अर्पाटमेन्टमा बस्न आएका दुई विवाहित युवा–युवतीको कथा यसमा छ, जो आफ्नो दम्पतीबाहेक अर्कातिर आकर्षित हुन्छन् ।

स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ
पछिल्लो समयमा कोरियन निर्देशक किम की दुकको नाम संसारभर फैलिएको छ । यसमा योगदान गर्ने फिल्म हो, ‘स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ’ । पृथ्वीका चार यामलाई मानव जीवनका चार क्षणसँग दाँज्ने यो फिल्म एउटा पात्रको बाल्यकाल, किशोरवय, जवानी र प्रौढ अवस्थाका भिन्न सोच र भोगाइ दर्साउँछ ।

द टर्मिनल
हलिउडका दुई श्रेष्ठ प्रतीभा निर्देशक स्टिवन स्पिलवर्ग र अभिनेता टम ह्याङ्क्सले सहकार्य गरेका केही फिल्ममा यो पनि पर्छ । कार्केजिया नाम एउटा काल्पनिक देशबाट अमेरिका आएर विमानस्थलको टर्मिनलमै अड्किएको एक युवाको कथा यो फिल्ममा छ । अंग्रेजीको ज्ञान नभएको युवाले अमेरिका छिर्न गर्ने संघर्षका साथै, विमानस्थलमै यसले खडा गर्ने अस्थायी आश्रयको यसमा छ । केही समीक्षकहरूले यो मन छुने फिल्मलाई ‘आफ्नो देश नहुँदा के हुन्छ ?’ भन्ने देखाउने राजनीतिक फिल्मको रूपमा पनि व्याख्या गरेका छन् ।

द किंग्स स्पिच
दोस्रो विश्वयुद्ध घोषणाको संघारमा छ । बेलायतका राजाले जर्मनीमाथि युद्धको घोषणा गर्नु छ । यस्तो घोषणा जसले आधा संसारमा राज गरेको बेलायती साम्राज्यका सैनिकलाई विश्वयुद्ध जित्न प्रेरित गर्न सकोस् । घोषणा तयार छ, घोषणा सुनाउने रेडियो तयार छ, राजाको घोषणा सुन्न हज्जारौं सैनिक पनि तयार छन् । तर, त्यस्तोमा राजा घोषणा गर्न तयार भएन भने ?
‘द किंग्स स्पिच’ बेलायतका राजा जर्ज छैटौंको त्यही सकसको कथा हो, जो आफ्नो भकभकाउने समस्यासँग जुधिरहेको छ । आफ्नो यो समस्यालाई एक जना अस्ट्रेलियाली ‘भ्वाइस थेरापिस्ट’को मद्दतले राजाले कसरी जितेका थिए भन्ने जान्नका लागि यो फिल्म हेर्नुस् ।

टक टु हर
सिनेमा पारखीहरूका बीच पेड्रो अल्माडेभोर चिनाउनुपर्ने नाम होइन । स्पेनका यी निर्देशक आफ्ना प्रयोगधारी फिल्मका कारण संसारभर चर्चित छन् । यिनकै फिल्म ‘अल अबाउट माई मदर’ले नेपालको ओस्कर–इन्ट्री ‘क्याराभान’लाई पछि पार्दै ओस्कर जितेको थियो । तर, मेरो फेभरेटचाहिँ ‘टक टु हर’ हो । एउटा पुरुष–नर्सको एक युवतीप्रतिको अव्यक्त प्रेमको यो कथा पेड्रोका अरू फिल्मजस्तै फरक छ ।

सङ अफ दि स्प्यारोज
माजिद माजिदी संसारभर मन पराइएका इरानी फिल्म निर्देशक हुन् । उनका ‘चिल्ड्रन्स अफ हेभन’, ‘कलर अफ प्याराडाइज’, ‘बारान’जस्ता फिल्म प्रसिद्ध छन् । बालमनोविज्ञान र इरानी समाजमा व्याप्त गरिबी र अभावका विषयमा उनी धेरै फिल्म बनाउँछन् । ‘सङ अफ दि स्प्यारोज’ पनि यही कोटीको फिल्म हो । मजदुर श्रेणीको पिताको संघर्ष र उसको बालक छोराको कथा यो फिल्ममा छ । रंगीविरंगी माछा पाल्नका लागि पोखरी सफा गरिरहेको बालक र उसकै लागि अस्ट्रिचलाई दाना हाल्नेदेखि तेहरानका सडकमा मोटरसाइकल–ट्याक्सी चलाउनेसम्मको काम गर्ने पिताको उदासीको गाथा यो फिल्मले भन्छ ।

तुत्सी
दक्षिण अफ्रिका, जोहानेसवर्गको स्लममा छ एउटा किशोर ग्याङ्ग । सान्तिनो लुटपाटमा रमाइरहेको यो ग्याङको मुखिया छ एक अश्वेत किशोर । आफूले चोरेको एउटा कार लिएर हिँडेको केही बेरमै जब यो किशोरले कारभित्र सानो बालक रोएको आवाज सुन्छ, यो बालकले यसको जीवन नै बदलिदिन्छ । चोरीमा प्राप्त भएको बालक र किशोर डनको सम्बन्धले मानवीय सम्बन्धको नयाँ व्याख्या प्रस्तुत गर्छ ।

मिड नाइट इन पेरिस
पेरिसको रेष्टुरेन्टमा अर्नेस्ट हेमिङ्वे भेटिए भने के होला ? कुरै कुरामा जोसिएर टेबुलमा मुड्की बजार्ने हेमिङ्वे अर्कैकी प्रेमिकालाई लिएर गायब भए भने ? वा त्यही रेस्टुरेन्टमा पिकासो पनि हातमा बु्रस लिएर बसिरहेका भेटिए ? यो यस्तै कथा हो । एउटा लेखकका पेरिस दिउसोमा अरूका लागि जस्तै छ तर जसै रात पर्छ, पेरिसमा हेमिङ्वे प्रकट हुन्छन् । रातभर हेमिङ्वेको समयमा पुग्ने लेखक दिउसोभरि त्यही समयका पात्रहरूले लेखेका स्मृति पढ्छ । र, अर्को राति पुरानै समयमा पुग्छ । दिउसो पढेका स्मृतिका किताबको आधारमा जब ऊ पुरानो समयका गल्ती सच्याउन थाल्छ अनि के होला ? उडी एलेनको कल्पनाको संसारमा यसमा उत्तर पाइनेछ ।

ओल्ड ब्वाई
आजसम्म कुनै फिल्मको क्लाइमेक्स हेर्दा तपाईंलाई उकुसमुकस भएको छैन भने ‘ओल्ड ब्वाई’ हेर्नुस् । दर्शकलाई कथाको वहाबसँगै बगाउँदै लगेर अन्तिममा स्तब्ध पार्ने क्षमता भएका निकै थोरै फिल्ममा यो पर्छ । पार्क चान उकले निर्देशन गरेको २००३ को यो कोरियन फिल्मको संसारभर धेरैवटा रिमेक बनेका छन् । यो फिल्मले क्यान्समा उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो । आफ्नो कसुर थाहा नपाई सजाय पाउँदा कस्तो हुन्छ ? त्यो पनि सजाय दिने दण्डनायकबारे समेत थाहा नभई ? बदलाकै कथा भए पनि बदला कतिसम्म क्रूर हुन सक्छ भन्ने जान्नका लागि यो फिल्म हेर्नुस् ।

लस्ट इन ट्रान्सलेसन
फिल्म दुनियामा एक हलिउड निर्देशकको नाम निकै सानले लिने गरिन्छ । ती निर्देशकको नाम हो, फ्रान्सिस फोर्ड कोप्पोला । ‘गडफादर’ र ‘एप्पोक्लिप्टो नाउ’जस्ता फिल्मका निर्देशक कोप्पोलाकी छोरी हुन्, सोफिया कोप्पोला जसले ‘लस्ट इन ट्रान्सलेसन’ बनाइन् । हिंसालाई केन्द्रमा राखेर फिल्म बनाउने कोप्पोलाकी यी पुत्रीले भने टोकियोको व्यस्त जीवनमा अल्झिएका दुई प्राणीको मौन–मौन प्रेमकथालाई पर्दामा पेस गरेकी छन् ।

-इकान्तिरपुरबाट

कन्सर्टपछि गायिकाको गोली हानी हत्या

christina_sm-_650_061116050416अमेरिकाको मशहुर गायिका क्रिस्टिना ग्रिमीको गोली हानि हत्या गरिएको छ । शनिबार अमेरिकाको ओरलैन्डमा एक भव्य कन्सर्टमा गीत गाइसकेपछि उनलाई गोली हानिएको हो ।
२२ बर्षिय उनी कन्सर्टमा परफर्मेन्सपछि फ्यानहरुलाई अटोग्राफ दिइरहेकी थिइन् । त्यसबखत उनलाई एक अपरिचितले अन्धाधुन्ध गोली हानेका थिए । शरिरसहित टाउकोमासमेत गोली लागि गम्भीर भएकी उनलाई तत्कालै अस्पताल पुर्याइए पनि बचाउन नसकिएको चिकित्सकले बताएका छन ।
गोली हान्ने ब्यक्तिलाई पक्राउ गर्न खोजेपनि उनले आफैलाई गोली हानेको बताइएको छ । उनको भने घटनास्थलमै निधन भएको थियो ।

चर्चित पप गायिका मृत भेटिइन

princeचर्चित अमेरिकी पप गायिका प्रिंस को बुधवार निधन भएको छ । मिनेसोटास्थित उनको निजी निवासमा उनी मृत भेटिएकी हुन । ५७ बर्षीय बिश्वचर्चित यी पप गायिकाको लेट्स गो क्रेजी, ह्वेन डब्स क्राई जस्ता कयौ गीत सुपरहिट र लोकप्रिय छन । उनी आफ्नो जामानाको एक मशहुर गायिकाको रुपमा चिनिन्थे ।
उनी निकटहरुले उनको निधन भएको जानकारी मात्र दिएका छन । के कारणले भन्ने खुलेको छैन । प्रिंस आफ्नो वास्तविक धूनमा गितार बजाउदथे । ग्रैफिटी ब्रिज र द ब्ल्याक उनको बिश्वचर्चित मशहुर एल्बम हुन ।

हलिउड स्टार पत्नीलाई ज्यान मार्ने धम्की

george-clooney_sm_650_030616021701मशहुर हलिउड स्टार जर्ज क्लुनीले आफ्नो पत्नी अमाल लाई ज्यान मार्ने धम्की आएको खुलाएको छ । धम्कीकै कारण उनले आफ्नो श्रीमतिको सुरक्षा बढाएका छन ।
उनको दक्षिणी इंगल्यान्डको काउन्टीस्थित घरको सुरक्षाका लागि बिशेष ब्यवस्था गरिएको छ । एक अंग्रेजी वेबसाइटले यसबारेमा समाचार लेखेको छ । क्लुनीले श्रीमतिलाई बडिगार्ड बिना कहिकतै हिड्न र घरबाहिर निस्कन रोकेका छन ।
३८ बर्षीय आमाललाई फोनमा धम्की आएको थियो । उक्त धम्की मालदिवका पुर्व राष्ट्रपनि मोहम्मद नशीद को केससँग जोडिएको बताइन्छ ।

नेपाललाई सहयोग गरेका हिरो ओस्करमा सर्वोत्कृष्ट

Oscar-2016बिश्वकै प्रतिष्ठित फिल्म अवार्ड ओस्करको ८८ औ संस्करण सम्पन्न भएको छ । जसमा सवोत्कृष्ट अभिनेताको अवार्ड लियोनार्दो डिकाप्रियोले जितेका छन । डिकाप्रियो नेपालमा बाघ संरक्षणमा सहयोग पर्याएका हिरो हुन । उनलाई नेपालसँग राम्रो सम्बन्ध बनाएको हलिउड हिरोको रुपमा लिइन्छ ।
लस एन्जल्सस्थित हलिउड शहरको डोल्बी थियटरमा आयोजित ओस्करको भव्य समारोहमा फिल्म ‘स्पटलाइट’ले सर्वोत्कृष्ट फिल्मको अवार्ड जित्यो ।

 अवार्ड बिजेताहरु :

  • सर्वोत्कृष्ट चलचित्र : स्पटलाइट
  • उत्कृष्ट निर्देशक : एलेजान्ड्रो गोन्जालेज इनारितु (द रेवेनान्ट)
  • सर्वोत्कृष्ट अभिनेता : लियोनार्डो डिक्याप्रियो (द रेवेनान्ट)
  • सर्वोत्कृष्ट अभिनेत्री : ब्री लार्सन (रुम)
  • सर्वोत्कृष्ट सहअभिनेता : मार्क रायलन्स (ब्रिज अफ स्पाइस)
  • सर्वोत्कृष्ट सहअभिनेत्री : एलिसिए विकान्डेर (द डेनिस गर्ल)
  • सर्वोत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म : स्टटरा
  • सर्वोत्कृष्ट ओरिजिलन स्कोर : द हेटफुल एट
  • सर्वोत्कृष्ट ओरिजिनल सङ : राइटिङग्स अन द वाल (स्पेक्टर)
  • सर्वोत्कृष्ट ओरिजिनल स्क्रिनप्ले : स्पटलाइट
  • सर्वोत्कृष्ट एडप्टेड स्क्रिनप्ले : द विब सर्ट
  • सर्वोत्कृष्ट मेकअप एण्ड हेयरस्टाइलिङ : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट कस्ट्युम डिजाइन : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट प्रोडक्सन डिजाइन : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट सिनेम्याटोग्राफी : द रेभेनान्ट
  • सर्वोत्कृष्ट साउण्ड एडिटिङ : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट साउण्ड मिक्सिङ : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट फिल्म एडिटिङ : म्याड म्याक्स फ्युरी रोड
  • सर्वोत्कृष्ट भिजुअल इफेक्टस : एक्स माकिना
  • सर्वोत्कृष्ट एनिमेटेड सर्ट फिल्म : बिएर स्टोरी
  • सर्वोत्कृष्ट एनिमेटेड फिचर फिल्म : इनसाइड आउट
  • सर्वोत्कृष्ट डकुमेन्ट्री (फिचर) : एमी
  • सर्वोत्कृष्ट डकुमेन्ट्री (छोटो विषय) : अ गर्ल इन द रिभर–द प्राइस अफ फरगिभनेस
  • सर्वोत्कृष्ट फरेन ल्यांग्वेज फिल्म : सन अफ सउल (हंगेरी)

कमेडि शो हेरेर हाँस्दा हाँस्दै गर्भवति महिलाको बच्चा फुत्तै

BABY-bornबेलायतमा हालै एक रोचक घटना घटेको छ । चर्चित कमेडि कलाकार गोक वानको कमेडि शो हेरिरहेकी एक महिला यति जोडले हासिंन कि उनको पेटमा रहेको बच्चा फुत्तै जन्मियो ।
लण्डनस्थित प्लेमाउथ सहरमा रहेको एक नाटकघरमा हाँस्यव्यंग्य प्रस्तुती हेरेर हाँसो खप्न नसकेपछि एक महिलाले निर्धारित डेट भन्दा २ महिना अघि नै बच्चा जन्माएकी हुन । बताइएअनुसार कलाकारको कमेडी प्रस्तुतीका कारण हाँसो थाम्न नसकेपछि उनी यति धेरै हाँसिन् की हाँसोकै कारण उनलाई सुत्केरी व्यथा नै सुरु भयो र उनले बच्चा जन्माइन् पनि ।
क्रिस्टी नामकी ती गर्भवती महिलाले नाट्यघरमा क्रिसमसको अवसरमा आयोजित हाँस्यव्यंग्य कार्यक्रम हेरिरहेकी थिइन् । जोडसँग हाँसिरहँदा उनलाई प्रसव पीडाले चेँप्यो र उनलाई तत्कालै डेरिफोर्ड अस्पताल लगियो । अस्पतालमा उनले छोरो जन्माइन् र उसको नाम रुबेन राखियो ।
दर्शकले आफ्नो नाटकघरको प्रस्तुतीकै कारण बच्चा जन्माएको समाचार सुनेपछि थिएटरका प्रवक्ताले खुसी व्यक्त गर्दै भनेका छन् हाम्रो कारण बच्चा जन्मिँदा हामी निकै खुसी छौँ ।

१२ दिनमै एक अर्ब डलर कमाउने फिल्म

Starwars1हलिउड फिल्म ‘स्टार वार्स – द फोर्स अवेकेन्स’ले रिलिजको १२ औ दिनसम्म १ अर्बभन्दा बढि कमाई गरेको छ । करिब दुईसाताअघि बिश्वभर रिलिज फिल्मको यो कमाई अहिलेसम्मकै नयाँ कीर्तिमान हो । फिल्म सबै भन्दा छिटो एक अर्ब अमेरिकी डलर कमाइ गर्ने चलचित्र बनेको हो ।
यस अघि यो कीर्तिमान जुरासिक वर्ल्डको नामा थियो । गएको जुनमा प्रदर्शन भएको जुरासिक वर्ल्डले १३ दिनमा एक अर्ब डलरको व्यापार गरेर बनाएको कीर्तिमान स्टार वार्सले तोडेको हो । यस्तै स्टार वार्सले अमेरिकामा क्रिसमसको दिनमा सबै भन्दा बढी कमाइ गर्ने चलचित्रको कीर्तिमान पनि बनाएको छ । अमेरिकामा क्रिसमसको दिनमात्रै यो चलचित्रले ४९ करोड ३० लाख डलर कमाएको थियो ।

५ मिलियन पाउन्डको घडि लगाउछन् यी स्टार

HOLLYWOOD, CA - MARCH 02:  Producer Brad Pitt, winner of Best Picture for "12 Years a Slave",  poses in the press room during the Oscars at Loews Hollywood Hotel on March 2, 2014 in Hollywood, California.  (Photo by Jason Merritt/Getty Images)कसैको चाहना र रहर पनि कस्तो अचम्मको । समय हेर्नको लागि लगाइने घडिलाई मात्रै पनि ५ मिलियन पाउन्ड खर्च गर्छन । हालै हलिउड स्टार ब्राड पिटले यति महंगो घडि खरिद गरेका हुन ।
उनले जेनेभाको शाही घडिको लिलामिमा यति ठुलो रकम तिरेका हुन । लग्जरी गडिका सौखिन ५१ बर्षीय पिटले पटकपटक यस्ता महंंगो समानहरु खरिद गर्ने गरेका छन । उनले २५ लाख पाउन्डको घडि श्रिमति हलिउड स्टार एन्जेलिना जोलीलाई पनि उपहार दिएका थिए ।