Tuesday , 23 January 2018
News update
Home >> रोचक समाचार

रोचक समाचार

कलाकारिता छोड्न दबाव दिदै कलाकार निरु खड्कालाई श्रीमानले कुटे पछि

चर्चित हाँस्य कलाकार निरु खड्कालाई श्रीमानले कुटपिट गरेको खुलासा भएको छ ।कलाकारिता छोडेर घरमै बस्न दिएको दबावलाई निरुले अस्वीकार गरेपछि उनीमाथि कुटपिट भएको हो । उनका श्रीमानले पटकपटक अभिनय छोडेर घरमै बस्न दवाब दिदै आएका थिए । तर श्रीमानको दवावलाई निरुले अस्वीकार गर्दै आएकी थिइन् ।

उनीहरु बिचको विवाद उत्कर्षमा पुग्दा श्रीमानले निर्घात कुटपिट गरेका छन् । श्रीमानको कुटाइबाट निरूकाे कानको जाली फुटेको बुझिएको छ । आफु माथि कुटपिट भएपछि सामाजिक संजाल फेसबुकमा सांकेतिक स्टाटस समेत लेखेकी छन् , `जब सहन सक्ने साहस सकिन्छ तब मानिसले बिद्रोह गर्छ स्वाभिमानका लागि !,´उनले लेखेकी छन् ।

उनले अभिनय क्षेत्र छोड्न परिवारले दवाब दिएको भन्दै अब कसरी अगाडी बढ्ने भने बिषयमा सुझाब समेत मागेकी छन्, `मलाई परिवारले काम छोडेर बस भन्छ तर म अभिनय छोड्न सक्दिनँ,´ उनले भनेकी छन्, ` अब म के गरु डिबोस गरेको राम्रो कि काम छोडेको राम्रो सुझाब दिनुहोस् ।´ निरुले चर्चित हास्य टेलीसिरियल मेरीबास्सै लगायत एक दर्जन भन्दा बढी फिल्ममा समेत काम गरेकी छन् ।

साभार :जनता न्युज

माग्ने बुढाले दश लाख पारिश्रमिक बाट १५ %राज्यलाई कर र १०%समाजसेवामा लगाउने

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले निर्माण गर्ने नयाँ चलचित्रमा चर्चित हाँस्य व्याङ्ग्य कलाकार केदार घिमिरे अर्थात् माग्ने बुढाले दश लाख पारिश्रमिक लिएर अभिनय गर्ने भए पछि नेपाली सिने जगतमा ठुलै भुकम्प गएको छ ।

६ एकान ६ मार्फत दीपक दीपा सगै चलचित्र अभिनय र निर्माणमा लागेका माग्ने बुढाले आफ्नो युनिट बाहिरको कुनै पनि चलचित्र अभिनय गरेका छैन।पछिल्लो समय उनको अभिनयलाई चलचित्रमा निकै मन पराउने गरिएको छ।आफ्नो ब्यानर बाहेक बाहिर कसैको फिल्म न खेल्ने भनेका माग्ने बुढाले कथा बस्तु र भने जति पारिश्रमिक पाए पछि सुदर्शन र पूजाको फिल्म खेल्न तयार भएका हुन् ।

बिहिबार माग्ने बुढाले आफ्नो फेसबुक मार्फत आफुले नया चलचित्रमा १० लाख पारिश्रमिक लिए पछि हिजो दिनभरि नै धेरैले प्रस्न गरेको बताउनु भएको छ ।धेरैले तेती पैसा लिदा आफुले विश्वास न लागेको बताए पछि माग्नेले निस्कर्षमा भनेका नेपाली कलाकारले लिने दाम र भन्ने दाम फरक हुॅदोरहेछ ।

माग्ने बुढाले आफुले लिने दश लाखल मध्ये १ ,५० ,०००(१५ %) राज्यलाई कर तिर्ने ,१ ,०० ,००० (१० %) समाजसेवामा लगाउने र बाकी रकम आफै घर खर्च अन्तर्गत बोर्डीङ स्कुलमा , कलेजमा, हस्पिटलमा, किराना पसलमा, म:म: पसलमा,तरकारी पसलमा, इन्टरनेटमा,पेट्रोलपम्प आदिमा लगानी गर्ने बताएका छन् ।

बुझिए अनुसार माग्ने बुढाले पुजा र सुर्दशनको फिल्म रिलिज नहुदा सम्म छक्का पञ्जा ३ बाहेक अन्य कुनै चलचित्रमा अभिनय गर्न पाउने छैन्। माग्ने बुढाले १० लाख महँगो पारिश्रमिक लिनेमा अनमोल केसी र प्रदीप खड्का पछि नेपाली चलचित्र नगरीमा माग्ने बुढा सबै भन्दा बढी लिने कलाकार हुने भएका छन् ।

पुजा र सुर्दशनको फिल्ममा माग्ने बुढा लिए १० लाख,अनमोल र प्रदीप पछि महँगो

चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सफलता सगै नायिका पुजा शर्मा र निर्देशक सुर्दशन थापा यति बेला नया चलचित्रको तयारीमा लागि रहेका छन् ।टाइटल फाइनल नगरिएको नया चलचित्रको लागि यति बेला नायिका पुजा शर्माले जिममा कसरत गर्दे गरेकी छिन् ।पुजाको फोटो र भिडियो नया चलचित्रमा पुजाको एक्शन भूमिका रहने बुझन सकिन्छ ।

यति बेला फेरी कलाकार केदार घिमिरे अर्थात माग्ने बुढालाई पुजा र सुर्दशनको नया चलचित्रमा लिएको चर्चा चल्न थालेको छ ।केहि दिन अघि नायिका पुजा शर्मा , निर्देशक सुर्दशन थापा , किरण केसी र माग्ने बुढा भेटघाट गरेको तस्बिर बाहिरिएको थियो। ६ एकान ६ मार्फत दीपक दीपा सगै चलचित्र अभिनय र निर्माणमा लागेका माग्ने बुढाले आफ्नो युनिट बाहिरको कुनै पनि चलचित्र अभिनय गरेका छैन।

अझै रोचक कुरा के छ भने माग्ने बुढालाई यस चलचित्रमा अभिनय गरे बापत १० लाख महँगो  पारिश्रमिक दिने कुराले नेपाली सिने बजार खुबै तातेको छ। यता चलचित्रका निर्देशक सुर्दशन थापाले चलचित्रको कथाले माग्ने बुढा मागे पछि उहालाई १० लाख महङगै पारिश्रमिक दिएर अनुबन्धित गरेको बताए ।

बुझिए अनुसार माग्ने बुढाले पुजा र सुर्दशनको फिल्म रिलिज नहुदा सम्म छक्का पञ्जा ३ बाहेक अन्य कुनै चलचित्रमा अभिनय गर्न पाउने छैन्। माग्ने बुढाले १० लाख महँगो  पारिश्रमिक लिनेमा अनमोल केसी र प्रदीप खड्का पछि नेपाली चलचित्र नगरीमा माग्ने बुढा सबै भन्दा बढी लिने कलाकार हुने भएका छन् ।

यस चलचित्रमा पूजा शर्मा सग नयाँ हिरोले रोमान्स गर्ने पक्का भएका छन् ।केहि दिनमा नै पत्रकार भेटघाट आयोजना गरेर चलचित्रको बारेमा जानकारी दिने निर्देशक थापाले नमस्ते फिल्मीलाई जानकारी दिनु भयो । चलचित्रको छायांकन माघको अन्तिम बाट सुरु गरिने छ।

 

अनमोल केसीको ‘कृ’ र महको ‘शत्रुगते’को युट्युबमा भिडन्त जारी

पछिल्लो समय यता नेपाली चलचित्रका गीतले युट्युबमा राम्रै चर्चा पाउन थालेका छन्।चलचित्रको प्रचार प्रसार गर्ने एउटा राम्रो मध्यम बनेको युट्युब टिजर, ट्रेलर भन्दा पनि अहिले गीत सुरुमा बजारमा पठाउन थालिएको छ ।

केही वर्ष अगाडिसम्म आइटम डान्सलाई चलचित्रको प्रचारको सामग्रीका रुपमा लिइन्थ्यो । तर, अहिले गीतको शैलीमा केही फरक छ । आइटम गीतको ठाउँमा नेपाली लोक लयको गीत प्रयोग गर्न थालिएको छ ।

यो प्रयोग नेपाली चलचित्र उद्योगका प्रायः चलचित्रले गर्न थालेका छन् । पछिल्लो समय दीपकराज गिरी र दीपाश्री निरौलादेखि महसञ्चारले सम्म यही प्रयोग गर्न थालेका छन् । नायक तथा निर्माता भुवन केसी पनि यो नयाँ प्रयोगबाट अछुतो छैनन् । अनमोल केसी स्टारर चलचित्रले पनि यही सूत्रलाई अंगालेका छन् ।

चलचित्रको डिजिटल राइट्स लिएर युट्युबमा गीत अपलोड गर्ने र त्यसको भ्युअर्सका आधारमा चलचित्रको हाइप मापन गर्ने प्रचलन मौलाएको छ । तर यही सूत्र प्रयोग गरिएका र गीत हिट भएका चलचित्रले भने दर्शकको मन त्यति धेरै जित्न सकेका छैनन् भन्दा अत्युक्ति हुँदैन ।

रेशम फिलिलि होस् अथवा ‘पुरानो डुङ्गा’, ‘लुट–२’ होस् या ‘२ रुपैयाँ’ कुनैले पनि राम्रो समीक्षा बटुल्न सकेनन् । भलै निर्माताहरुका अनुसार यी चलचित्रले एनिसियल ब्यापार भने राम्रै गरेका थिए ।

अहिले नेपाली चलचित्रका दुई गीत बजारमा चर्चामा छन्, एउटा अनमोल केसी स्टारर चलचित्र ‘कृ’ को ‘यती यती पानी…’ र अर्को हरिवंश आचार्यसहित दीपक र दीपाले अभिनय गरेको चलचित्र ‘शत्रुगते’ को ‘रुपै मोहनी…’ । अंग्रेजी नयाँ वर्षको छेको पारेर युट्युबमा अपलोड गरिएका दुवै गीतले राम्रै दर्शक पनि पाए । युट्युब ट्रेन्डिङमा यी गीतले तँछाडमछाड गरिरहेका छन् । २४ घण्टामा सर्वाधिक धेरै छिटो हेरिएको रेकर्ड तोेडेको हरिवंशको ‘रुपै मोहनी…’ युट्युबमा ट्रेन्डिङमा एक नम्बरमा पनि आयो ।

तर यसलाई उछिन्दै अनमोल केसीको ‘यती यती पानी…’ एक नम्बरमा आइपुगेको छ । यो डिजिटल प्रतिस्पर्धा हेर्दा हरिवंश र अनमोल केसीबीचको भिडन्त जस्तो देखिएको छ । युट्युब भ्युअर्स पनि यी दुई गीतको त्यति धेरै अन्तर छैन ।यो समाचार तयार पर्दा सम्म ‘यती यती पानी…’ ३० लाख ६० हजार बढी ले हेरेका छन् भने ‘रुपै मोहनी…’ ३० लाख ९५ हजार बढीले हेरेका छन् ।

‘रुपै मोहनी…’ डिसेम्बर २९ मा अपलोड गरिएको हो भने ‘यती यती पानी…’ डिसेम्बर ३१ मा सार्वजनिक गरिएको थियो । यी दुई चलचित्रको गीत सँगसँगै रिलिज गरिए पनि चलचित्र भने सँगै रिलिज हुँदै छैनन् । ‘शत्रुगते’ चैत ९ गते लाग्दैछ भने ‘कृ’ माघ २६ गते रिलिज हुँदैछ ।

अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको ‘कृ’ को गीतमा शब्द तथा संगीत राजेन्द्र भट्टको छ । भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राईले गरेकी छन् । चलचित्रमा अनमोलसँग अदिती बुढाथोकीले अनस्क्रिन रोमान्स गर्दैछिन् । अनमोल र अदितीसँगै अनुप विक्रम शाही लगायतका कलाकारले अभिनय गरेका छन् ।

‘शत्रुगते’ को ‘रुपै मोहनी…’ मा गीतमा टंक बुढाथोकी र मीना निरौलाको स्वर छ । लोकराज अधिकारीको शब्द रहेको गीतमा संगीत पनि टंक बुढाथोकीले नै भरेका छन् । हरिवंश आचार्य, दिपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरी पौडेल लगायतका कलाकार गीतमा फिचर छन् । ‘शत्रुगते’ लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् भने ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

डेढ वोतल भोड्का खाएर वाईल्ड सेक्स गर्न मन लाग्छ – मोडल स्मिता थापा

नेपाली मोडलिङ क्षेत्रमा विभिन्न हर्कत देखाएर चर्चामा आउने नाम हो स्मिता थापा । उनलाई आधार मानेर लेखक राजेन्द्र थापाले खेलौना नामक पुस्तक समेत लेखेका छन् ।

उनै मोडल थापाले डेढ वोतल भोड्का खाएर वाईल्ड सेक्स गर्ने चाहना व्यक्त गरेकीछिन् ।  पत्रकार ऋषि धमलासँगको कुराकानीमा थापाले भनिन्,“म ह्विस्कीको पारखी हुँ, मलाई ह्विस्कीको चुस्कीसँगै वाईल्ड भएर सेक्स गर्नमा आनन्द आउँछ ।”

उनले थपिन्,“जाडोमा मलाई खुकुरी रम मनपर्छ, रक्सी पिएपछि सेक्स डिजाएर हुन्छ, त्यसपछि मलाई वाईल्ड भएर सेक्स गर्न मन लाग्छ ।” आफूले अहिलेसम्म विश्वका सवै प्रकारका ब्राण्डेड रक्सी पिईसकेको उनको दाबी छ ।

आफू यो संसारमा रोमान्स गर्नकै लागि आएको दाबी गर्दै उनले भनिन्,“म ईन्जोए गर्ने केटी हुँ, मस्तीमा झुम्ने मलाई आदत लागिसकेको छ, म सेक्सी र ह्याण्डसम केटाको फ्यान हुँ ।” उनले आफ्ना जीवनबाट रोमान्स शब्द झिकिदिए त्यसले जीवनकै कुनै अर्थ नराख्ने बताईन् । एक छोरीकी डिभोर्सी आमा हुन स्मिता ।

तर उनलाई अझैपनि मनमिल्ने सेक्सी एण्ड ह्याण्डसम केटा पाए विवाह गर्ने चाहना छ । पहिलोपटक कसैलाई मन पराएर विवाह गरेकी उनी पतिले धोका दिएपछि विवाह नगर्ने मुडमा थिईन्, तर विस्तारै रोमान्समा झुम्मिन बानि लागेपछि अब त्यही डिसिजनमा नअडिने उनको सोचाई छ ।

पतिले आफूसँग विवाह गरिसकेपछि पनि अर्के केटीसँग रोमान्स गरेको थाहा पाएपछि अलग भएको अनुभव सुनाईन् । त्यही बखत आफूले “लोग्ने होईन, लोग्नेमान्छे चाहिन्छ” भनेको सन्दर्भ कोट्याईन् ।जीवन धान्न त्यति गाहे छैन उनलाई । तीन तीन वटा बिजनेस रन गरेर बसेकीछिन् । उनको व्युटि पार्लर, रेष्टुरेण्ट र म्यानपावरको व्यवसाय छ । मनग्गै आम्दानी भैरहेको छ ।

लगानी अनुसारको आउटपुट आईरहेकोमा उनी खुशी छिन् । कर्ममा विश्वास गर्ने उनी फलको कहिल्यै आशा नगर्ने गिताको सारमा विश्वास गर्छिन् । अन्त्यमा उनले भनिन्,“अरु त त्यस्तै हो, जीवन खुशी छ, रोमान्स भैरहेको छ, यसरी नै बाँकी जीवन बितोस्, मेरो यही चाहना ।”

धमलाको हमलामा सिताराम कट्टेल ‘धुर्मुस’ किन डाको छोडेर रोए (भिडियो)

हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरिरहेको चन्द्रपुरस्थित सन्तपुरमा एकीकृत नमुना बस्तीको काम अन्त तिर पुगेको छ ।

असोजको २८ गतेबाट विविध रुपमा कम्पाउण्डको पर्खालबाट कार्य थालनी गरिएको बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक अरु सबै कामहरु अन्तिम चरणमा पुगेको बताईएको छ ।बस्तीमा ४७ वटा घर, सामुदायिक भवन, मन्दिर र बगैंचा लगायतका संरचना निर्माण गरिनेछ । गिटी, बालुवा, सिमेन्ट खरिद देखी बोक्ने सम्म धुर्मुस आफैं खटिएका छन् ।

बस्ती निर्माणका लागि दैनिक दुर्इ सय ६१ जना कामदार खटिरहेका छन् । राष्ट्रिय गान गाएर हरेक दिन बस्तीमा काम सुरु गरिन्छ ।माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएकाले बस्ती सोचेभन्दा चाँडो निर्माण भइरहेको धुर्मुसको दाबी छ ।

पत्रकार ऋषि धमलासंग हिमालय टिभी को कार्यक्रम धमलाको हमलामा अन्तर्वार्ता दिदै गर्दा सिताराम कट्टेल ‘धुर्मुस’ डाको छोडेर रोए । आखिर किन रोए ?

ऋषि धमला र सिताराम कट्टेल अर्थात् ‘धुर्मुस’दुबैले आ-आफ्नो पहिचान बनाएका छन् ।ऋषि धमला एक चर्चित पत्रकार हुन भने सिताराम कट्टेल एक कलाकार मात्र नभई समाजसेवक पनि हुन ।

सलमान खानसँग दीपिका पादुकोण किन फिल्म खेल्दिनन् ?

सलमान खानसँग फिल्म खेल्न जो कोही कलाकार पनि मरिहत्ते गर्छन्। तर, बलिउड फिल्म उद्योगमा एक दशक विताइसकेकी अभिनेत्री दीपिका पादुकोणले ‘दबंग’ नामले चिनिने अभिनेता सलमानसँग अझै फिल्म खेलेकी छैनन्।

शुक्रबारबाट उमेरले ३२ पुगेकी दीपिकाले सलमानसँग फिल्म खेल्ने प्रस्ताव आएपनि लगातार अस्वीकार गर्दै आएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आजसम्म सलमानसँग फिल्म खेल्न उनको साइत नै जुरेन। अर्थात समय अभावका कारण उनले सलमान अभिनित कैयौं फिल्म रिजेक्ट गरिन।

यद्यपी उनले बलिउड बादशाह शाहरुख खानसँग भने विभिन्न फिल्ममा अभिनय गरिन्।

कुन कुन फिल्म रिजेक्ट गरिन ?

२०१६ मा प्रदर्शनमा आएको सलमानको फिल्म सुल्तानमा हिरोइनका लागि दीपिकालाई ५ पटकसम्म प्रस्ताव गरिएको थियो। तर, समय नभएको भन्दै उनले अस्वीकार गरिन्। त्यसपछि अनुष्का शर्मा हिरोइनका रुपमा देखिइन्।

२०१६ मै प्रदर्शनमा आएको सलमानको सुपरहिट फिल्म ‘बजरंगी भाईजान’ मा पनि दीपिकालाई हिरोइनका लागि अफर गरिएको थियो। तर, उनले नभ्याउने भनेपछि करिना कपुरलाई हिरोइन बनाइयो।

२०१४ मा प्रदर्शनमा आएको फिल्म ‘जय हो’ मा पनि दीपिकालाई प्रस्ताव गरियो। यो पनि उनले अस्वीकार गरिन। त्यसपछि सलमानसँग अभिनेत्री डेजी शाह देखिइन्।

२०१४ मै प्रदर्शनमा आएको ‘किक’ मा पनि दीपिकालाई सलमानको जोडी बनाउन खोजिएको थियो। तर, यसबेला दीपिका शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यू इयर’मा व्यस्त हुँदा खेल्न पाइनन्। ज्याकलिन फर्नाडिजले सलमानसँग खेल्ने अवसर पाइन्।

दीपिकाले २०१५ मा प्रदर्शन भएको सलमानको ‘प्रेम रतन धन पायो’ फिल्म पनि अस्वीकार गरिन्। त्यसपछि सोनम कपुरले हिरोइनको भुमिका निभाइन्।दीपिकाले सलमानका साथै आमिर खानको ‘धुम ३’ फिल्म समेत समय अभावका कारण अस्वीकार गरेकी थिइन्।नागरिक

स्तनमा ट्याटु खोप्ने नायिकाहरु

केही नेपाली कलाकारले आफूलाई आकर्षित देखाउन शरीरको गोप्य भागमै ट्याटु खोपेका छन् । यी हुन्, छातीमा ट्याटु खोप्ने केही कलाकारहरु :

करिश्मा मानन्धर, अभिनेत्री
अभिनेत्री करिश्मा मानन्धरले छातीको बाया“तिर ट्याटु खोपेकी छन् । विभिन्न पार्टी र कार्यक्रमतिर पुग्दा उनी हल्का ट्याटु देखिने पहिरन लगाएर पुगिरहेकी हुन्छिन् । उनले छातीमा नेपाली राष्ट्रिय फूल लालीगुरा“सको चित्र खोपाएकी छन् । उनको ट्याटुबारे सर्वत्र चर्चा हुने गरे पनि उनी केही प्रतिक्रिया दिने गर्दिनन् ।

सुष्मा कार्की, अभिनेत्री
अभिनेत्री सुष्मा कार्कीले पनि छातीमा ट्याटु खोपाएकी छन् । सुष्माले शान्तिको पिस, स्टार र गुलाबको फूललाई आकर्षक तरिकाले ट्याटुमा अंकित गरेकी छन् । पुरुरूहरुको पहिलो नजर केटीहरुको छातीमा जाने भएकाले आफूले छातीमै ट्याटु बनाएको उनले बताउँदै आइरहेकी छन् । उनी छातीमा खोपिएको ट्याटु घरिघरि देखाइरहन अप्ठेरो मान्दिनन् ।

शुभेच्छा थापा, अभिनेत्री
अभिनेत्री शुभेच्छा थापाले पनि छातीमा नेपालको झण्डाको ट्याटु खोपेकी छन् । उनले दुई वटा झण्डा भएको ट्याटु खोपेकी छन् । आफूलाई हट एन्ड सेक्सी देखाउन जस्तोसुकै हर्कत गर्न पछि नपर्ने उनले त्यसकै लागि छातिमा त्यस्तो ट्याटु खोपाएको बताइन्छ ।

जिया केसी, अभिनेत्री
फिल्म ‘एटिएम’मा दिएको बोल्ड सिनका कारण अभिनेत्री जिया केसी चर्चामा छाएकी थिइन् । अभिनेता भुवन केसीसँगको निकटताका कारण पनि चर्चामा आइरहने जियाको पनि देब्रे स्तनमाथि ट्याटु छ । फोटोसुटका क्रममा उनले ट्याटुलाई खुलेर एक्सपोज गर्ने गरेकी छन् ।

लक्ष्मी आचार्य, गायिका
पछिल्लो समय बोल्ड अन्तरवार्ता र फोटोसुटका कारण लोकदोहोरी गायिका लक्ष्मी आचार्य चर्चामा छिन् । उनले पनि स्तनमा ‘ऊँ’को ट्याटु खोपाएकी छन् । आफूलाई सेक्सी देखाउन र अरुको ध्यान खिँच्न यस्तो ट्याटु बनाएको बताउने उनी गायनभन्दा पनि हट फोटोसुट र युट्युब इन्टरभ्युका कारण चर्चामा छिन् ।

२०१७ का बिस सफल बलिउड फिल्महरु

यो वर्ष ठूला बजेटका फिल्मको प्रभाव रहेन । मूलधारभन्दा बाहिरका, नयाँ र महिला सिनेकर्मीले बाजी मारे । सुपरस्टारभन्दा कम फ्यान फलोइङ हुने कलाकारको पल्ला भारी भयो । ‘टाइम्स अफ इन्डिया’ले वर्षभरि प्रदर्शित फिल्मको समीक्षा र रेटिङका आधारमा त्यस्तै २० हिन्दी फिल्मको सूची तयार पारेको छ । हामीले यहाँ त्यसकै अनुवाद प्रस्तुत गरेका छौं । कोष्ठका अंक रेटिङ हुन्ः

१) न्युटन (४.५/५)
कलाकारः राजकुमार राव, पंकज त्रिपाठी, अञ्जली पाटिल, रघुवीर यादव
टिप्पणीः उत्कृष्ट अभिनय, शानदार लेखन, चित्ताकर्षक छायांकन, हास्यप्रधान फिल्म । भारतीय दर्शकले यस्तो फिल्म चाहेका थिएनन्, तर आवश्यक थियो । भारतमात्रै होइन, नेपालजस्ता भ्रष्ट मुलुकमा यस्ता शालीन र जिम्मेवार युवा आवश्यक छन्, जसले पेशागत धर्म निभाउने मात्रै होइन, असल काम गर्न अरुलाई पनि प्रेरित गर्छन् ।
निर्देशकः अमित भी मसुरकार

२) अज्जी (४/५)
कलाकारः शुषमा देशपाण्डे, स्मिता तम्बे, शर्वानी सूर्यवंशी, अभिषेक बेनर्जी, सुधीर पाण्डे
टिप्पणीः अपराधको विकृत र विषाक्त तस्बिरबीच न्यायको खोजी गर्ने यो फिल्मले भन्छ– न्याय पाउनु सबैको वशको कुरा होइन ।
निर्देशकः देवाशिष मखिजा

३) वृत्तचित्र– एन इनसिग्निफिकेन्ट म्यान (४/५)
पात्रः अरविन्द केजरीवाल, योगेन्द्र यादव, मनीष सिसोडिया, सन्तोष कोली
टिप्पणीः यो वृत्तचित्रले अरविन्द केजरीवाल र उनको भर्खरै स्थापित आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभा चुनावी अभियान सुरु गर्दादेखिको अवस्थालाई पछ्याउँछ । राजनीतिक मैदानमा आपले कसरी आफ्नो झन्डा गाड्यो भन्ने सविस्तार यो वृत्तचित्रमा छ ।
निर्देशकः खुब्बु रांका र विनय शुक्ला

४) सेक्रेट सुपरस्टार (४/५)
कलाकारः आमिर खान, जाइरा वासिम, मेहर भिज, राज अरुण, तीर्थ शर्मा
टिप्पणीः राम्रो सुपरस्टार गायक हुने सपना देख्ने किशोरी जाइरा र उनका परम्परागत पिता राज अरुणबीचको संघर्षसँगै आमा–छोरीको कसिलो सम्बन्ध देखाउने यो फिल्मले सपना पछ्याउन प्रेरणा दिन्छ ।
निर्देशकः अड्भैट चन्दन

५) बरेली की बर्फी (४/५)
कलाकारः आयुषमान खुराना, कृति सनुन, राजकुमार राव, पंकज त्रिपाठी, सीमा पह्वा
टिप्पणीः फ्रान्सेली लेखक निकोलस बर्रेउद्वारा लिखित ‘दि इन्ग्रिडेन्ट्स अफ लभ’मा आधारित यो फिल्म सानो सहर बरेलीको सेटमा छ । आफ्नै खुसीले जीवन बाँच्न खोज्ने बिट्टी (कृति)ले सधैं विवाहको दबाबलाई पन्छाइरहे पनि चिराग दुबे (आयुषमान) र प्रितम विद्रोही (राजकुमार) नामक दुई पात्रको आगमनपछि जीवनले अर्कै मोड लिन्छ । यो फिल्म हिन्दी सिनेमाका लागि ‘हुर्रे’ हो ।
निर्देशकः अश्विनी ऐयर तिवारी

६) ट्वाइलेटः एक प्रेमकथा (४/५)
कलाकारः अक्षय कुमार, भूमि पेडनेकर, दिभ्यन्दु, सुधीर पाण्डे, अनुपम खेर
टिप्पणीः शौचका लागि खेत वा जंगलतिरै जानुपर्छ भन्ने भारतीय परम्परागत रुढीवादी सोचलाई कसिलो झापड हान्ने यो फिल्म सामाजिक चेतना कसरी निर्माण हुन्छ भन्ने जान्नका लागि पनि हेर्नुपर्छ ।
निर्देशकः श्रीनारायण सिंह

७) लिपस्टिक अन्डर माई बुर्खा (४/५)
कलाकारः कोनकोना सेन शर्मा, रत्ना पाठक शाह, आहना कुम्रा, प्लबिता बोरठाकुर
टिप्पणीः दैनन्दिनको जीवनभन्दा फरक जीवन बाँच्न खोज्दा झुट, छलको सहरा लिनुपर्ने केही प्रतिनिधि महिलाहरूका कथालाई अलनक्रिता श्रीवास्तवले सुन्दर ढंगमा उतारेकी छन् ।
निर्देशकः अलनक्रिता श्रीवास्तव

८) मम (४/५)
कलाकारः श्रीदेवी, अक्षय खन्ना, नवाजुद्दिन सिद्दकी, अदनान सिद्दिकी, अभिमन्यू सिंह, सजल अली
टिप्पणीः आमाहरु शक्ति र ऊर्जाका प्रतीक हुन् । यो फिल्मले त्यही दर्शनलाई टेको दिएर सुन्दर कथा भन्छ ।
निर्देशकः रवि उदयावर

९) हिन्दी मिडियम (४/५)
कलाकारः इरफान खान, सबा कुमर, दीपक दोब्रियाल
टिप्पणीः भाषाले हाम्रो समाजलाई कसरी ध्रुवीकृत गरिरहेको छ भन्ने मूल विषय उठाएर यो फिल्मले कथित उपल्लो वर्ग (जसले अंग्रेजीलाई मात्रै सबथोक देख्छ)लाई झापड हानेको छ ।
निर्देशकः संकेत चौधरी

१०) बाहुबली–२ः दि कन्क्लुजन (४/५)
कलाकारः प्रभास, राना डग्गुवती, अनुष्का शेट्टी, सत्यराज, तमन्ना, नसार, रम्य कृष्णन
टिप्पणीः बाहुबलीलाई ‘जज’ नगर्नुस्, केवल यसको मजा लिनुस् । यो त्यस्तो भिजुअल क्यानभासमा बनेको छ, जसका लागि भारतले गर्व गर्नुपर्छ ।
निर्देशकः एसएस राजामौली

११) पूर्णा (४/५)
कलाकारः अदिती इनामदार, एस मारिया, राहुल बोस, धृतिमन चटर्जी, हिबा शाह, ज्ञानेन्द्र त्रिपाठी, अरिफ जकिरा
टिप्पणीः ‘पूर्णा’ भारतीय युवतीहरूका लागि मात्रै प्रेरणादायी होइन, तिनका लागि पनि हो, जसले सबै पुराना मूल्य–मान्यताविरुद्ध आफ्नै मानक तय गर्छन् । १३ वर्षीया तेलांगना किशोरी मालाभात पूर्णा सर्वोच्च शिखर सगरमाथा चढ्ने कान्छी आरोही हुन् । यो फिल्म उनकै जीवनमा आधारित छ ।
निर्देशकः राहुल बोस

१२) जोली एलएलबी–२ (४/५)
कलाकारः अक्षय कुमार, हुमा कुरेशी, अनु कपुर, सौरभ शुक्ला
टिप्पणीः छेपारोले रंग फेरेझैं आफूलाई परिस्थितिअनुसार विभिन्न रूपमा बदमासीका लागि तयार पार्ने अक्षय कसरी ‘समाजका लागि केही गर्ने’ बाटोमा लाग्छन्, यो फिल्मले त्यही कथा भन्छ । कानुनी किताब नपढे पनि सडकमा च्याम्बर राखेर वकालत गर्ने अक्षयले अदालतका कोठाबाटै सिकेर आफूलाई जोली एलएलबी बनाउन गरेको संघर्ष नै यो फिल्मको मूल कथावस्तु हो । यसक्रममा आइपर्ने कठिनाइ र त्यसलाई समाधान गर्न अक्षयले गरेको संघर्ष रोमाञ्चकारी छ ।
निर्देशकः सुवास कपुर

१३) काबिल (४/५)
कलाकारः हृत्विक रोशन, यमी गौतम, रोनित रोय, रोहित रोय, नरेन्द्र झा
टिप्पणीः यो बदलाभावले भरिएको फिल्म हो । तर, रोचक के छ भने बदला लिनेले आँखा देख्दैन । यो फिल्म हृत्विकको चामत्कारिक कामका लागि हेरिनुपर्छ । ‘कोइ मिल गया’, ‘गुजारिश’जस्ता चलचित्रमा शारीरिक अपांगतालाई जबर्जस्त रूपमा न्याय गर्न सफल हृत्विकले ‘काबिल’मा दृष्टिविहीन भएर दर्शकका आँखामा चमक ल्याइदिएका छन् ।
निर्देशकः सञ्जय गुप्ता

१४) टाइगर जिन्दा है (३.५/५)
कलाकारः सलमान खान, कट्रिना कैफ, सुदीप, अंगद बेदी, गिरिश कर्नाड, परेश रावल आदि ।
टिप्पणीः तर्कका आधारमा कुरा गर्ने हो भने यो फिल्ममा त्यस्ता कैयौं दृश्य छन्, जसलाई पत्याउन सकिँदैन । तर, त्यस अतिरिक्त अरु त्यस्ता दृश्य पनि छन्, जसले एक्सन फिल्म र सलमानका फ्यानलाई खुसी तुल्याउँछन् ।
निर्देशकः अली अब्बास जफर

१५) फुक्रे रिटन्र्स (३.५/५)
कलाकारः पुलकित सम्राट, वरुण शर्मा, मनोज सिंह, अली फजल, रिजा चड्ढा, प्रिया आनन्द, पंकज त्रिपाठी आदि ।
टिप्पणीः सन् २०१३ को हिट ‘फुक्रे’को सिक्वेल यो फिल्म हास्यप्रधान हो । यसले दर्शकलाई मजाले घुमाउँछ ।
निर्देशकः मृगदीप सिंह लाम्बा

१६) तुम्हारी सुलु (३.५/५)
कलाकारः विद्या बालन, नेहा धुपिया, मानव कौल
टिप्पणीः मूल भूमिकामा रहेकी विद्या बालनको परिस्कृत र रमाइलो अभिनयले यो फिल्मलाई सुन्दर बनाएको छ । यो सम्पूर्ण परिवार बसेर हेर्न सकिने मनोरञ्जनात्मक फिल्म हो ।
निर्देशकः सुरेश त्रिवेणी

१७) दि हाउस नेक्स्ट डोर (३.५/५)
कलाकारः सिद्धार्थ, एन्ड्रिया जेरेमिया, अतुल कुलकर्नी, अनिशा भिक्टर
टिप्पणीः यदि तपाईं हाँस्नका लागि मात्रै यो फिल्म हेर्न खोज्नुहुन्छ भने एकपटक विचार गर्नुस् । यसले तपाईंलाई ‘हरर’ को स्वाद दिनेछ ।
निर्देशकः यू. मिलिन्ड राउ

१८) करिब करिब सिंगल (३.५/५)
कलाकारः इरफान खान, प्रभाती, नेहा धुपिया, ल्युक केन्नी
टिप्पणीः अनेक तडकभडकयुक्त फिल्म अपेक्षा गर्नुभएको छ भने यो तपाईंका लागि बनेको होइन । यदि होइन भने योगी (इरफान) र जया (प्रभाती)को ‘केमेस्ट्री’ले तपाईं मुसुक्क हाँस्ने बनाउनेछ । नितान्तर फरक सोच र संवेदना भएका योगी र जया डेटिङ एपबाट परिचित भएपछि र उनीहरू ऋषिकेष यात्रामा निस्केपछि आउने अनेक रस्साकस्सीले फिल्मलाई हेर्नलायक बनाएको छ ।
निर्देशकः तनुजा चन्द्रा

१९) इत्तेफाक (३.५/५)
कलाकारः सिद्धार्थ मलहोत्रा, अक्षय खन्ना, सोनाक्षी सिन्हा
टिप्पणीः अक्षय खन्नाले किन धेरै फिल्म खेल्दैनन् भन्ने रहस्य यो फिल्मले उद्घाटन गर्छ । सस्पेन्स थ्रिलर ‘इत्तेफाक’ हेरुन्जेल तपाईंलाई सिटबाट उठ्न मन लाग्नेछैन ।
निर्देशकः अभय चोपडा

२०) रुख (३.५/५)
कलाकारः मनोज बाजपेयी, स्मिता तम्बे, कुमुद मिश्र, आदर्श गौरव
टिप्पणीः थ्रिलर फिल्म भन्नेबित्तिकै हामीमा एक किसिमको सोच उत्पन्न हुन्छ । घटना, परिघटना र दृश्यको गति सम्झन्छौं । तर, ‘रुख’ले आफ्नै किसिमको मानक तयार गरेको छ । अरु थ्रिलरजस्तो फटाफट कथा–उपकथा यसमा पाउँदैनौं । एकदमै प्राकृतिक गतिमा हिँडेको यो फिल्मले लामो समयसम्म सोध्न बाध्य पार्छ ।
निर्देशकः अतानु मुखर्जी

प्रचण्डकी नातिनी स्मीता दाहालको नया गीत ‘नेपालको पानी जनताको लगानी’ सार्वजनिक (भिडियो )

काठमाडौं, पुस १०-प्रचण्डकी नातिनी स्मीता दाहाल र  गायक नविन खड्काको स्वर रहेको ‘नेपालको पानी जनताको लगानी’ नामक सन्देश मूलक गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो यूएई मा छायाङ्कन् गरिएको हो । जन प्रगतिशील मञ्च युएई, अन्र्तगत प्रगतिशील कलाकार संघ यूएईका कलाकारहरुले अभिनय रहेको छ । कलाकार ओम उप्रेती, अनिस तामाङ, अन्जुली लोप्चन, बाबुराम विश्वकर्म, शम्भु वाईबाको रहेको छ ।

नृत्य निर्देशक राजेश लामाले गरेका हुन् भने सम्पादन दिपक विष्टले र छायाङकन गगन विक ले गरेका छन् ।युएईको दुबईमा छायाङकन गरिएको नेपालको पानी जनताको लगानी बोलको गीतका शब्द र लय गायक खड्काकै हो ।

माओवादीका प्रभावशाली नेता एवं पूर्व उर्जा र गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को परिकल्पनालाई गायक खड्काले गितमा उनेर बजारमा ल्यायका हुन ।कार्यक्रमका लागि यूएई पुगेका गायक खड्कालाई प्रगतिशिल कलाकार संघ यूएईको प्रस्तुतीमा बजारमा आएको हो ।