Thursday , 19 October 2017
News update
Home >> interview

interview

राप्रपा बाट सांसद बन्ने नदेखे पछि एमाले प्रवेश गरिन कोमल वली

केहि समय अघि राप्रपा प्रवेश गरेकी गायिका कोमल ओलीले पुन अर्को पाटी प्रवेश गरेकी छन् ।सोमबार दाङको घोराहीमा एमाले उपाध्यक्ष बामदेव गौतमको हात बाट टिका लगाउदै उनि एमालेमा प्रवेश गरेकी छन् ।

कोमल ओली एमाले उपाध्यक्ष गौतम र स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेमा प्रवेश गराएका हुन् । पाटी प्रवेश कार्यक्रममा गायीका कोमलओलीले अब एमाले छाडेर कतै नजाने बताइन् । उनले घात र अन्तर्घात नगर्न एमाले नेताहरुलाई सुझावसमेत दिइन् ।

राप्रपा विभाजन हुँदा केन्द्रीय सदस्य तथा नायिका रेखा थापा राप्रपा प्रजातान्त्रिकतिर लागेपछि कोमल भने कमल थापा नेतृत्वको राप्रपामै थिइन्। पार्टी विभाजन गरेर नेता पशुपतिशम्शेर राणाले ठूलो गल्ती गरेको र पछि पछुताउने बताएकी वलीले अन्नतः कमल थापाको साथ छोडेर एमालेमा प्रवेश गर्न लागेकी हुन्।

कोमल वली रेडियो नेपालको स्थायी जागीर छाडेर राप्रपामा प्रवेश गरेकी थिइन् ।राप्रपाको केन्दिय चुनाबमा भरि मतका साथ उनि केन्दिय सदस्यमा विजय भएकी थिन ।तर राप्रपा बिभाजन भएपछि निराश बनेकी उनी एमाले प्रवेश गरेकी हुन् । उनले आफूलाई एमाले प्रवेश गरेपछि अध्यक्ष ओली र बरिष्ठ नेता नेपालले दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि टिकट दिने प्रतिबद्धता समेत जनाएको बताइन्। तर, त्यही टिकटकै लागि आफू एमाले जान नलागेको बताइन्।

वलीलाई एमालेमा भित्र्याउन नेता पोख्रेलले पनि पटक पटक भेटेर फकाएका थिए। वली दाङ क्षेत्र नम्बर ३ की स्थानीय भएकाले पनि उनलाई भित्र्याउँदा एमालेलाई प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ठूलो फाइदा पुग्ने एमालेको निष्कर्ष छ।

अभिनेता सरोज खनालले यसरी सूर्यमाला खनाललाई लव लेटर पठाएका थिए(भिडियो )

लुट २ भन्दा राम्रो छ ‘२ रुपैयाँ’: निश्चल बस्नेत (भिडियो सहित )

फ्राइडे रिलिज : बहुप्रतिक्षित ‘ए मेरो हजुर २’

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर २’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘ए मेरो हजुर २’


फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनमा आएको छ ।यस चलचित्रलाई नायिका झरना थापाले पहिलो पटक निर्देशन गर्नु भएको हो ।

चलचित्रमा साम्राज्ञी र सलिन सगै सलोन बस्नेत ,अनुभव रेग्मी, बुद्धि तामाङ र अनुरागमान सिंह कुँवर ,वील्सन विक्रम राईलगायतको अभिनय रहेको छ ।

स्व : शिव रेग्मीले निर्देशन गरेको सुपरहिट चलचित्र ‘ए मेरो हजुर’ मा स्व :श्री कृष्ण श्रेष्ठ को र झरनाको नै मुख्य अभिनय रहेको ‘ए मेरो हजुर’ लाई अर्को भागमा यूवापुस्ताको कथामा निर्माण गरिएको हो ।

सञ्जय लामाको छायाँकन रहेको फिल्ममा कविराज गहतराज र रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको छ ।एस के थापा प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।हिजो गरिएको प्रिमियर बाट सबै तारिफ बटुलेको ‘ए मेरो हजुर’को गीत संगीतले निकै चर्चा कमाएको छ।

तिन दिन सार्वजनिक बिदा थपिदा ‘ए मेरो हजुर २’ लाई फाईदै फाईदा

भोलि शुक्रबार देखि प्रदर्शनमा आउने चलचित्र ‘ए मेरो हजुर २’ लाई फाईदा हुने भएको छ ।सोलो रिलिज र धेरै हल पाएको ‘ए मेरो हजुर २’ लाई सार्वजनिक बिदाहरुले चिठ्ठा नै परेको छ ।

१८ गते आइबार इस्लाम धर्मालम्वीको पर्ब वकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि चलचित्रलाई फाईदा पुग्ने छ किन भने ठुला चलचित्र रिलिज हुदा सार्वजनिक बिदाको दिन हलमा चलचित्र हेर्ने दर्शकको भिड ठुलै लाग्ने गर्छ ।

भदौ २० गते ईन्द्र जात्रा र २२ गते निजामती कर्मचारी दिवस परेकोले यी दिन पनि सरकारले सार्वजनिक बिदा दिने चलचित्रलाई चिठ्ठा नै परेको छ । यसरि सनिबार समेत जोड्दा एक पप्तामा चार दिन सार्वजनिक बिदा परेकोले चलचित्र ए मेरो हजुर २ लाई ठुलै चिठ्ठा परेको भन्दा फरक नपर्ने देखिन्छ।

चलचित्र हेरेर निस्किको दर्शकले चलचित्रको बारेमा राम्रो प्रतिक्रिया आएमा यस चलचित्रले छक्का पन्जा रेकर्डलाई न तोड्ला भन्न सकिंदैन किन भने चलचित्र ए मेरो हजुर २लाई बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ। चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अम्बर पौडेल, अनुभव रेग्मी, विल्सनविक्रम राई, बुद्दी तामाङ लगायतको अभिनय रहेको छ।

चलचित्र ‘ए मेरो हजुर २’सुहाना इन्टरटेनमेन्टको व्यानरमा यो सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।नायिका झरना थापाले चलचित्रलाई निर्देशन गर्नु भएको हो ।

‘मिस्टर झोले’को फस्टलुक पोस्टर सार्वजनिक,पौष २८मा रिलिज गरिने

कबड्डी, र कबड्डी कबड्डी जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक रामबाबु गुरुङको नया चलचित्र ‘मिस्टर झोले’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।चलचित्रको पोस्टर सगै रिलिज मिति समेत तय गरिएको छ। चलचित्र ‘मिस्टर झोले’पौष २८बाट प्रदर्शनमा आउने भएको छ।
यसअघि दीपेन्द्र के खनालले निर्देेशन गरेको चलचित्र ‘झोले’ को नाम लिदै मिस्टर झोले निर्माण गरिएको हो ।तर, निर्माण पक्षले सिक्वेल नभएर यस चलचित्रको कथा फरक रहेको बताएको छ ।चलचित्र ‘मिस्टर झोले’ लाई भने रामबाबु गुरुङले निर्देशन गरेका हुन्।

चलचित्र ‘मिस्टर झोले’ दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल,मनिराम पोखरेल लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको संयूक्त लगानीमा निर्माण गरिएको हो । रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेको यस चलचित्रलाई शैलेन्द्र डी कार्कीले खिचेका हुन् ।

‘जोनी जेन्टलम्यान’को सुन्दर गीतमा पल र आँचलको उत्कृस्ट जोडी(भिडियो)

पल शाह र आँचल शर्मा अभिनित ‘जोनी जेन्टलम्यान’को नया गीत सार्वजनिक गरिएको छ।केहि समय अघि सार्वजनिक चलचित्रको ट्रेलर चर्चामा र युटुब ट्रेन्डिङको सातौ स्थान रही रहदा चलचित्रको निकै सुन्दर गीत एलिज गरिएको हो ।”जब जब तिम्रो’बोलको सार्वजनिक गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द र संगीतमा तयार पारिएको हो।अन्जु पन्त र सुरेश लामाको स्वर रहेको यस गीतमा प्रविन सिंहको नृत्य निर्देशन रहेको छ ।

निकै सुन्दर दृश्यहरु समाबेश गरिएको कणप्रिय यस गीतमा पल र आँचललाई उत्कृस्ट जोडीको रुपमा प्रस्तुत गरिएको छ ।यस अघिको चलचित्रमा लवर बोयको रुपमा देखा परेका पल ‘जोनी जेन्टलम्यान’ को ट्रेलरमा एंग्री लुक्स पनि देख्न सकिन्छ । चलचित्र‘जोनी जेन्टलम्यान’ यहि भाद्र ३० गते बाट प्रदर्शनमा आउदैछ ।

प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘जोनी जेन्टलम्यान’ लाई नितिन चन्दको निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ ।चलचित्रलाई युवा ब्यबसाही एन्ड्रियु पौडेलको निर्माण गरेका हुन् । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् ।
गीत हेर्नुहोश :

चलचित्रमा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन,हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ भने प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ ।

पल शाह र आँचल शर्मा अन्तरबार्ता पनि हेर्नुहोश :

दुबईमा छायांकनको तयारीमा रहेको ‘बाबु कान्छा’निर्देशक शोभित बस्नेतको कुराकानी(भिडियो)

यहि जेठ महिना बाट दुबईमा समेत छायांकनको तयारीमा छायांकन सुरु हुन लागेको चलचित्र “बाबु कान्छा” निर्देशन शोभित बस्नेत गरिएको रमाइलो कुराकानी हेर्नुहोस ;

“अब धेरै फिल्म खेल्दिनँ”:नायक निखिल उप्रेती

नायक निखिल उप्रेती अहिले पनि उत्तिकै व्यस्त छन् । एकपछि अर्को फिल्मको अफर आइरहेकै छ । आफ्नै लगानी रहेको ‘रुद्र’ को सुटिङ क्रममा उनी यसपटक लामो समय चितवनमा थिए ।

‘अब त्यति धेरै फिल्म खेल्ने चाहना छैन,’ उनले कान्तिपुरसँग भने, ‘वर्षमा एक/दुई फिल्म आफैं बनाउँछु ।’
उनी सानैदेखि मार्सल आर्ट रुचाउँथे । ज्याकी च्याङ र ब्रुस्लीका फयान । फिल्ममा ज्याकी र ब्रुस्ली पनि दुब्लै देखिन्थे । त्यसपछि उनी मार्सल आर्टतिरै तानिए । ‘बिस्तारै राम्रै जिम्न्यास्टिक गर्न थालेँ,’ उनले भने, ‘मेरो जिम्न्यास्टिक हेरेर साथीहरूले फिल्ममा लाग्न सुझाव दिन्थे ।’
सुझाव उनलाई ठीक लाग्दै गयो ।

nikhil-04012017082754-1000x0

२०४९ तिर फिल्म सम्बन्धी अध्ययन गर्न उनी मुम्बई हान्निए । प्राइभेट इन्स्टिच्युटबाट ग्रयाजुएसन गरे । उनीसँगै रोहित शेट्टी र रानी मुखर्जी पनि पढ्थे । दुवै उनका साथी थिए ।
‘छुट्टी हुँदा समुद्र किनारमा घुम्न गइन्थ्यो,’ उनले सम्झिए, ‘त्यो बेला समुद्र किनारमा जिम्न्यास्टिक किक देखाउने गर्थें । साथीहरू मलाई पनि सिकाइदे भन्थे ।’
आफू पढिरहेकै इन्स्टिच्युटले पनि विद्यार्थीहरूलाई तालिम दिन आग्रह गर्‍यो । तेक्वान्दो र उसुका यी खेलाडी यसपछि प्रशिक्षक पनि बने । ‘यसले मलाई जीवन धान्न सजिलो भयो,’ उनले पुराना दिन सम्झे, ‘त्यसपछि असिस्टेन्टको काम सुरु गरें ।’

निर्देशनमा सहायक भएर उनले ‘महाराणा प्रताप’ सिरियलमा काम गरे । पछि थुप्रै फिल्ममा फाइट डाइरेक्टरको असिस्टेन्टको अफर आउन थाल्यो । त्यही बेला उनले दक्षिण भारतका तीन फिल्ममा फाइटमा असिस्टेन्टको काम गरे । १७/१८ हिन्दी फिल्मको डाइरेक्सनमा असिस्टेन्ट गरे ।
‘करिश्मा कपुरको समेत डुब्लिकेट गरें,’ उनले भने, “हम तो मोहब्बत करेगा’ फिल्मको एउटा सिनमा ।’

हिन्दी फिल्महरूमा उनी एक्सन सिनमा नायकनायिकाको डुब्लिकेट बन्ने पनि गर्थे । उनका अनुसार, उनले गर्न सक्ने काम अरूले सक्दैननथे । “जीवनमा पहिलोपटक मैले ‘देवता’ फिल्ममा मिथुन दा (मिथुन चक्रवर्ती) लाई एक्सन भनेर अर्डर गरेको थिएँ,’ उनले भने ।
मुम्बईको व्यस्ततापछिको खाली समयमा उनी नेपाल आउँथे । त्यही बेला पवन मैनालीसँग उनको भेट भयो । दुवैको गृहजिल्ला सर्लाही, मैनाली निखिलका साथीको घरमा भाडामा बस्थे । ‘एक दिन म छतमा बसेर मार्सल आर्टको प्राक्टिस गरिरहँदा मैनालीले देख्नुभएछ,’ उनले भने, ‘उहाँले नयाँ फिल्म बनाउँदा अफर गर्छु भन्नुभयो ।’

नभन्दै मुम्बई फर्किएको एक वर्षपछि मैनालीको फोन आयो । यो फिल्म ‘पिँजडा’ को कुरा थियो । विसं. २०५७ को समय । ‘पिँजडाको एक्सनमा खुब मिहिनेत गरेँ नि, घाउचोट धेरै लाग्यो,’ उनले भने, ‘पहिलोपटक मैले कान्तिपुर पब्लिकेसन्सको सात तलामाथिबाट हामफालेर फिल्मी क्षेत्रमा नयाँ एक्सनको सुरुवात गराएको थिएँ । त्यो फिल्म दर्शकहरूले अत्यधिक मन पराइदिनुभयो ।’

त्यसपछि नेपाली फिल्ममा अफर आउने क्रम बढ्यो । ‘अहिले पनि त्यही रफ्तारमा अभिनय गरिरहेको छु,’ उनले भने, ‘अभिनय गरेका फिल्म १ सय ३५ पुगे ।’
उनले अभिनय गरेका अहिलेसम्मका प्राय: सबै फिल्म द्वन्द्वप्रधान छन् । २०६० तिर ‘मायाको जाल’ मा मुग्लिनको पुलमाथि हिँड्ने जोखिम मोले । ‘बिनासेफ्टी मुग्लिनको पुल वारपार गर्नु मेरो पागलपन नै थियो,’ उनले भने, ‘जोखिम छँदै थियो, त्यसमा पनि नौ रिटेक दिएर अभिनय गरेँ ।’
उनले ‘कर्तव्य’ मा भोटेकोसीमा बन्जी जम्प हानेको पनि सम्झे । ‘त्यसपछि मेरो ट्रेडमार्क बन्दै गयो,’ उनले भने, ‘एक्सनको लहरै आयो ।’
कुनै एक वर्षमा १६ वटासम्म फिल्म खेलेका उनी ‘४/५ वर्षपछि पुन: फिल्मी क्षेत्रमा आउँदा पनि दर्शकको माया उस्तै रहेको’ मा मक्ख छन् । अहिले पनि उनी एक्सन फिल्ममै अभिनय गरिरहेका छन् ।

केही फिल्मको सुटिङ क्रममा भएका घटना उनी कहिल्यै भुल्दैनन् । ‘पिँजडा’ मा सात तलामाथिबाट हामफाल्नु, ‘मायाको जाल’ मा मुग्लिनको पुलमा बेतुकले हिँड्नु, ‘धड्कन’ मा हेलिकप्टरबाट जम्प गर्नु, ‘सन्तान’ मा २० फिट अग्लो होर्डिङ बोर्ड फोरेर बाइक अर्कोतिर निकाल्नु, ‘भाग्य विधाता’ मा सुटिङ गर्दा दाहिने खुट्टा भाँचिनुजस्ता घटनाले उनलाई सधैं झस्काउँछन् ।
‘हरेक मान्छे मृत्युसँग डराउँछ, तर आफूलाई डर लागेको चिज ऊ हेर्न चाहन्छ,’ उनको अनुभवले भन्छ, ‘स्टन्टमा पनि त्यही आभास हुन्छ । जति धेरै स्टन्ट, डेथ त्यति नै नजिक हुन्छ । मृत्युलाई नजिकबाट अनुभव गर्न पाउनुको आनन्द नै अलग छ ।’
अहिले उनले अभिनय गरेका ‘किङ’, ‘निर्भय,’ ‘संरक्षण,’ ‘राधे’ फिल्म रिलिजको तयारीमा छन् ।

साभार :कान्तिपुर
लेख:विमल खतिवडा, चितवन

 

‘छक्का पञ्जा’को ब्यापार ‘कोहिनुर’को भन्दा माथि : दिपकराज गिरि

chakka-panja-bhidअहिले जताततै ‘छक्का पञ्जा’कै चर्चा छ । अघिल्लो शुक्रबार रिलिज भएको फिल्म यो शुक्रबारबाट दोस्रो सातामा सफल प्रदर्शन हुदैछ । फिल्मले दर्शकको यति धेरै साथ पाएको छ कि नयाँ रिलिज हुने फिल्महरु निकै अप्ठ्यारोमा छन । यसको प्रत्यष मार सुरज भुषाल निर्देशित ‘गाँठो’लाई परेको छ ।
‘छक्का पञ्जा’को ब्यापर देखेर फिल्म निर्माण टीम गदगद छन । उनीहरु मात्रै हैन, सारा फिल्मकर्मी दंग छन । मुख्य निर्माता अभिनेता दिपकराज गिरिले फिल्मको कमाई कोहिनुरको भन्दा माथि रहेको दाबी गरे । स्मरण रहोस कोहिनुर नेपाली फिल्म इतिहासमै सर्बाधिक ब्यापार गर्न सफल फिल्म हो । अहिलेम्मको फिल्म कलेक्सन कोहिनुरको तुलनामा माथि रहेका दिपकको भनाई छ ।
उनका अनुसार फिल्मको सर्वाधिक कमाई राजधानीबाटै भएको छ । मोफसलमा भने नारायणगढमा सबैभन्दा धेरै कलेक्सन छ । त्यस्तै पोखरा, पश्चिम र पुर्वका थुप्रै हलहरुमा पनि फिल्मको कलेक्सन उत्साहजनक छ । दोस्रो सातामा आइपुग्दा पनि फिल्मको कलेक्सन उच्च रहनुमा दर्शकको माया र साथप्रति दिपकले सबैलाई धन्यवाद दिए ।

सुन्नुहोस पुरा अन्तरवार्ता :