Monday , 21 May 2018
News update
Home >> kollywood

kollywood

चलचित्र ‘कुम्भ करण’को ट्रेलर रिलिज,असार २२ रिलिज हुने (भिडियो)

चलचित्र ‘कुम्भ करण’को ट्रेलर रिलिज भएको छ । कमेडी र सस्पेन्स चलचित्र ‘कुम्भ करण’मा दिपक ओलीको निर्देशन रहेको छ ।

चलचित्रमा निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी, अभय बराल,आकाश पल, कुलदिप अधिकारी, कमल गाउ“ले, प्रतिभा क्षेत्री, सद्भाव थापा लगायतका कलाकारलाई अभिनय रहेको छ । आकाश पलको प्रस्तुतीमा तयार भएको चलचित्रमा ‘कुम्भ करण’ लाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् ।

एउटा गाउ“को विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको बिषय बस्तुमा निर्माण हुन लागेको चलचित्र ‘कुम्भकरण’लाई हरी लामाको छायांकन रहेको छ ।असार २२ गते रिलिज हुने ‘कुम्भ करण’मा महेश दवाडीको कथा/पटकथा/संवाद, , मिलन श्रेष्ठको सम्पादन र गोविन्द मधुर आचार्यको संगीत छ ।

अभिनेता प्रदीप खड्का ले उद्घाटन गरेर नोभेम्बरको पहिलो फेशन स्टोर

युवा अभिनेता प्रदीप खड्का पछिल्लो समय सिनेमासँगै ब्रान्ड एम्बेस्डरको रुपमा पनि व्यस्त हुन थालेका छन् । यसै क्रममा नेपाली उत्पादनलाई प्रोत्साहन गर्नु पर्छ भन्दै ‘नोभेम्बर जिन्स नेपाल’ सँग उनी जोडिएका हुन् ।

सोही कारण नोभेम्बर जिन्स नेपालका ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएका प्रदीपले शनिबार बिहान काठमाडौंको दरबारमार्ग स्थित ‘नोभेम्बर’ शो रुपमको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै उनले भने,‘म नेपाली भएकाले मेरो पहिरो रोजाई पनि नेपाली उत्पादन नै हुने गरेको छ । अन्तराष्ट्रिय गुणस्तरको नेपाली उत्पादन नोभेम्बर गुणस्तरीय र राम्रो भएकाले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर म यसको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएको हुँ ।’

आफुले चलचित्र प्रेम गीत–२ र लिली बिलीमा नोभेम्बरकै फेशन प्रयोग गरेको र सो क्रममा यो नेपाली ब्रान्डले आफ्नो मन जितेका कारण पनि ब्रान्ड एम्बेस्डर बन्दा गर्व लागेको पनि प्रदीपले बताए । नोभेम्बर जस्तो नेपाली ब्रान्डलाई हामीले प्रयोग गरेर मुलुकको उत्पादन सफल र हामी फेशनमा आत्म निर्भर हुने पनि यी अभिनेताको भनाई छ ।

पुरुषका लागि सबै प्रकारका फेशन नेपालमै उत्पादन गरेर मुलुकका १३० ओटा स्टोरबाट पाँच वर्षदेखि बिक्री बितरण गर्दै आएको नोभेम्बर जिन्स नेपालले आफ्नो पहिलो स्टोर दरबारमार्गमा शनिबारबाट सुरु गरेको नोभेम्बर जिन्स नेपालका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपानले बताए ।

नोभेम्बरका लागि अभिनेता प्रदिपको साथले आफुहरु अझ उत्साहित भएको र चलचित्र बृत्तका लागि आफुहरुले नोभेम्बर मार्फत केही गर्न पाउँदा खुसी लागेको पनि सिईयो न्यौपानेले बताए । मुलुकका सबै स्टोरमा एउटै मूल्यमा पाईने नेपालकीको बजेट अनुसार तयार गरिएको अन्तराष्ट्रिय स्तरको यो ब्रान्ड नेपालसँगै भारतमा पनि बिक्री बितरण हुँदै आएको पनि उनले जानकारी गराए ।

नायिका निशा अधिकारीलाई पुत्रलाभ

नायिका निशा अधिकारीले बिहिबार छोरालाई जन्म दिएकी छिन् ।शुक्रवार अमेरिकाको एक अस्पतालमा नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरलाई पुत्रलाभ भएको छ ।

नायिका निशाले सामाजिक सञ्जाल फेसबुकमार्फतछोराको जन्म भएको भन्दै खुसी साटेकी छिन् । उनले फेसबुकमार्फत् आफ्नो र छोरा ‘युभन निशारद’ को स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएकी छन् ।

करिव ५ वर्षपछिको प्रेम सम्बन्धपछि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर गत बर्ष बिहे गरेका हुन् ।निशाले आफ्नो सन्तान अमेरिकामा जन्म दिन केहि समय देखि अमेरिकामा नै बस्दै आएकी छिन्।

बिपिन कार्की अभिनित चलचित्र ‘हरी’ को दोस्रो ट्रेलर सार्वजनिक(भिडियो)

जेठ १८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरी’को प्रचार प्रसार समेत सुरु गरिएको छ ।राजधानीमा बिहिबार पत्रकार भेटघाट गरेर चलचित्रको  दोस्रो ट्रेलर समेत सार्वजनिक गरिएको छ ।

‘हरी’ लाई सफल केसी र प्रतिक गुरुङको संयुक्त लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा बिपिन कार्की,सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लोह्मो, लक्ष्मी वर्देवा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

प्रेसमिटमा अभिनेता बिपिन कार्कीले आफ्नो लागि हरी फिल्म बिशेष भएको बताएका छन् । ‘खासमा मैंले गर्न चाहिरहेको फिल्म भनेको हरी नै हो’, राष्ट्रिय पुरस्कार विजेता बिपिनले भने, ‘भोली व्यापारिक रुपमा हरी नचलेपनि म हरी जस्ता फिल्महरु खेल्नेछु ।’

‘हरी’ मा अर्जुन कार्कीको सम्पादन, चिन्तनराज भण्डारीको छायाँकन, जसोन कुँवरको संगीत रहेको छ ।चलचित्रमा योगेश्वर पौडेल,थक्पा तामाङ,माधव थापाको लगानी रहेको छ ।

सर्वाधिक चर्चित चलचित्र ‘बागमती’ यूट्यूवमा सार्वजनिक (फिल्म सहित )

केहि समय अघि प्रदर्शनमा आएको निकै चर्चित चलचित्र ‘बागमती’ यूट्यूवमा सार्वजनिक भएको छ ।प्रदर्शनको बेला सर्वाधिक चर्चित र बहुप्रतिक्षित बनेको चलचित्र ‘बागमती’ले सोचे जस्तो ब्यबसाय भने गर्न सकेन ।

बिशेष गरेर दक्षिण भारतीय प्राविधिकहरूलाई प्रयोग ,२ करोड भन्दा बढी लगानी र दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेकायस चलचित्रमा नेपाली चलचित्रका पुराना दुई नायक शिव श्रेष्ठ र राजेश हमालले धेरैपछि स्क्रिन सेयर गरेका थिए ।

चलचित्र ‘बागमती’लाई ट्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।चलचित्रका निर्माता दिनेश दर्शनधारी , विजय सत्याल र यशोदा राई रहेका हुन् ।चलचित्र “बागमती’मा राजेश हमाल, शिव श्रेष्ठ,रविकर घिमिरे, श्रेया कार्की, कञ्चन ठकुरी, केकी अधिकारी ,धुर्ब कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई ट्री ईन्टरटेन्टमेन्ट को अफिसल यूट्यूव च्यानल बाट सार्वजनिक गरिएको हो ।

पूर्णेन्दु झाको निर्देशनमा चलचित्र ‘चौका दाउ’को धमाधम छायांकन

चलचित्र ‘चौका दाउ’को यति बेला राजधानीको विभिन्न ठाउमा धमाधम छायांकन भै रहेको छ ।अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा यो चलचित्रका परिकल्पना, कथा र संगीत रहेको ‘चौका दाउ’ एक साता अघिबाट छायाँकन सुरु भएको हो ।

सौर्य प्रोडक्सनका प्रस्तुति रहेको यो चलचित्रलाई मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरिरहेका छन् । यो चलचित्रमा अजस्र ढुँगाना र वर्षा राउत जोडी बनेर प्रस्तुत हुँदैछन् । चलचित्र ए मेरो हजुर २ मा सह अभिनेताको रुपमा काम गरेका अजस्रले ‘चौका दाउ’बाट नायकको रुपमा डेब्यु गर्न लागेका हुन् ।

‘चौका दाउ’लाई पूर्णेन्दु झाले निर्देशन गरिहेका छन् । चौका दाउका कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, वर्षा राउत, अजस्र ढुँगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय छ ।

जसमा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण व्यबस्थापन र नरेन्द्र खड्काका निर्माण सुपरिवेक्षण रहेको छ ।

धमला श्रीमती एलिजा अभिनित चलचित्र ‘अनुराग’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

चर्चित पत्रकार ऋषि धमला श्रीमती एलिजा गौतमद्वारा निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’ को दोस्रो गीत सार्वजनिक भएको छ ।‘कान्छा दाई गाना बजाई देउन’को सफलता पछि निर्माण टिमले रोमान्टिक गीत ‘यस्तो साथी तिम्रो बन्छु म’ सार्वजनिक गरेको हो ।

चलचित्रका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पन्डित फ़िचरिङ्गयस गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । सत्यराज यसआरसीको शव्द, सरोज पोखरेलको संगित रहेको यस गीतको भिडियोलाई विक्रम स्वाँर कोरियोग्राफर गरेका हुन् ।

साउन २५ गते बाट प्रदर्शनमा आउने लागेको ‘अनुराग’लाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।चलचित्रमा एलिजा गौतम . समुन्द्र पन्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।

भरत गौतम र गीता भेटवाल फिल्मको निर्मातामा छन् । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।एरिका फिल्म्सको ब्यानरमा बनेको अनुराग सांगीतक प्रेम कथा बोकेको फिल्म हो । किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्ममा रामकुमार के.सीको छायांकन रहेको छ ।

फ्राइडे रिलिज : ‘हैरान’

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘हैरान’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘हैरान’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘हैरान’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘हैरान’ प्रदर्शनमा आएको छ।विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए ।

चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , शिशिर भण्डारी, एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । मोडलिङमा रमाउदै गरेकी आरोही यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

२ करोड ६० लाख ६३ हजार नक्कली पैसा सहित लुटका निर्माता माधव वाग्ले पक्राउ

जेठ २ गते बुधबार नेपाली चलचित्रका निर्माता माधवराज वाग्लेसहित उनको समूह बुधबार २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँ सहित पक्राउ परेको छ ।

‘प्रिन्सेस मूभिज प्रा.लि.’ को ब्यानरमा लुट–२, छड्के र रेशम फिलिली जस्ता चर्चित फिल्म निर्माण गरेका वाग्लले काठमाडौंका केही छापाखानालाई ‘फिल्म निर्माणका लागि’ भन्दै एक हजार दरका नक्कली रुपैयाँ छाप्ने अर्डर दिने गरेको र उक्त नक्कली रुपैयाँ आफ्नै स्टाफमार्फत बजारमा सप्लाई गर्ने गरेको पाइएको छ ।

मंगलबार काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सुमधुर क्याफेमा वाग्लेको प्रिन्सेस मूभिजका कार्मचारी खाजा खान छिरेका थिए । खाजा बापत उनले तिरेको पैसा नक्कली भएको आशंकामा खाजा घरका सञ्चालक महानगरीय प्रहरी प्रभाग गोंगबु पुगेपछि फिल्म निर्माताको नक्कली नोट छाप्ने धन्दा बाहिरिएको हो ।

‘महेन्द्र बोगटीलाई खानतलासी गर्दा उनको साथबाट १ लाख २० हजार नक्कली रुपैयाँ बरामद भयो’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘फिल्म निर्माता माधवराज वाग्लेले काठमाडौंका भोलेबाबा र नवज्योती प्रिन्टिङ प्रेसमा यसरी नक्कली रुपैयाँ छाप्न दिएको खुल्न आएको छ ।’

महानगरीय प्रहरी प्रभाग गोंगबुका इन्सपेक्टर प्रताप पौडेलको कमाण्डमा खटिएको टोलीले लुटका निर्माता वाग्लेसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, महेन्द्र बोगटी र विकेश नापित रहेका छन् ।

महेन्द्र बोगटीको सूचनाको आधारमा प्रहरीले सिन्धुली स्थायी घर भएर ललितपुर बस्दै आएका २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङलाई नियन्त्रणमा लिएको थियो । निजहरुको कोठा खानतलासी गर्दा ७ लाख ४३ हजार नक्कली रुपैयाँ बरामद भएको एसएसपी पोखरेलले बताएका छन् ।

बुधवार बिहान प्रहरी टोली माधवराज वाग्लेको कोठामा पुगेको थियो । काठमाडौं महानगरपालिका–१ चारढुंगेस्थित वाग्लेको कोठाबाट प्रहरीले २ करोड ५२ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । सुजित तामाङ, साजन तामाङ र महेन्द्र बोगटी फिल्म निर्माता वाग्लेका कर्मचारी हुन् । वाग्लेले तिनै कर्मचारीमार्फत नक्कली रुपैयाँ बजारमा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वाग्लेका कर्मचारीहरुले सक्कली रुपैयाँमा मिसाएर, होटल रेष्टुरेण्टमा, लागु औषध कारोबारी र यौनकर्मीहरुमार्फत नक्कली रुपैयाँ बजार पठाउने गरेको काठमाडौं प्रहरीले जनाएको छ । वाग्लले उक्त नक्कली रुपैयाँ ‘फिल्म निर्माणको प्रायोजनार्थ’ छाप्न लगाएको प्रतिक्रिया दिएका छन् ।

प्रहरीका अनुसार वाग्लेले बागबजारमा रहेको नवज्योती प्रिन्टिङ प्रेस र भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालकलाई छाप्न दिएका थिए । छापाखानाबाट प्रहरीले नक्कली नोट छाप्ने ८ थान मेटल प्लेटसहित प्रेस सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ ।

युवा स्टार प्रदिप खड्काको चलचित्र ‘रोजी’को शुभसाइत सगै छायांकन सुरु (भिडियो )

‘प्रेमगीत’, ‘प्रेमगीत २’,र ‘लिलिबिली’ जस्ता सफल चलचित्र दिएका युवा स्टार नायक प्रदिप खड्काको नया चलचित्र ‘रोजी’को शुभसाइत सगै छायांकन सुरु गरिएको छ ।

बुधबार काठमाण्डौको बालाजुमा रहेको एनएफडीसीको परिसरमा लामो कपाल र दाह्री–जुंगा पालेका यूवा स्टार नायक प्रदिप खड्का हातमा हथकडीसहित अदालत परिसरमा देखिए ।उनले रोजीको हत्या आफूले नै गरेको स्विकार गरेका छन् । चकलेटी लुक्सका धनी उनलाई कैदी गेटअपमा सजिलै चिन्न निकै गाह्रो पर्थ्यो । बुधबारबाट सुरु भएको फिल्म ‘रोजी’ को पहिलो दिनको सुटिङ प्रेमिकाको हत्या आरोपमा अदालतमा प्रदीपलाई उपस्थित गराएसँगै सुरु भएको छ ।

चलचित्रको शुभसाइत समारोहमा नायक प्रदिप खड्कालाई प्रेमिका रोजी राणाको हत्याको आरोप लागेपछि अदालत परिसरमा उभ्याइएको दृश्य खिचिएको थियो । प्रदिपले मुहुर्तमा संवाद बोल्दै भने–‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ ।’यसमा प्रदीप र परमिता आर एल राणा मिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

निरक पौडेलको निर्देशनमा गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा उद्धव पौडेलको प्रस्तुति रहने छ । आयरा पौडेल र आरोही केसीको निर्माण रहने ‘रोजी’ लाई राजु विक्रम थापाले खिच्नेछन् । केदार भुषालको कथा रहेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गर्नेछन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ ।