Sunday , 15 July 2018
News update
Home >> music & more

music & more

गायक लक्ष्मण श्रीले नायिका बेनिशा हमालको दिलमा बास माग्दै(भिडियो)

गायक लक्ष्मण श्रीको आवाजमा ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’मा समावेश छ । बाग्लुङका सफल व्यवसायी समेत रहेका श्रीको आवाजमा समावेश यो गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत छ । गीतकार मिलन नेपाल प्रहरीका पूर्व उपरिक्षक समेत हुन् ।

यो गीतको भिडियोलाई पनि आकर्षक बनाउन गायक श्रीले कुनै कसुर बाँकी राखेका छैनन् । भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय छ । यसअघि श्रीका भिडियोमा नायिकाहरु करिश्मा मानन्धर, केकी अधिकारीले सम्म काम गरिसकेका छन् । श्री आफूले गुणस्तरियतामा ध्यान दिने बताउँछन् ।

श्रीले चलचित्र निर्माण गर्ने समेत तयारी गरेको बताएका छन् । यो भिडियोमा अर्जुन तिवारीको छायांकन, विकाश दाहालको सम्पादन छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरे भिडियोमा फरक स्वाद खोज्न माहिर मानिन्छन् ।

अमेरिकामा नै नायक निरज बराल म्यूजिक भिडियोमा

अमेरिकामा रहेका नायक निरज बराल लामो समय पछि म्यूजिक भिडियो मार्फत दर्शकमाँझ आएका छन् ।विवाह पश्चात फिल्मी क्षेत्र बाट टाडा रहेका निरज ‘अरु सँग’ बोलको गीतको यस भिडियोमा देखिएका हुन् ।

निरज बराल नेपाली फिल्म नगरीका प्रतिभाशाली नायक थिए तर विडम्बना क्षमता हुँदा हुँदै पनि उनले फिल्म नगरी छाडेर अमेरिका यात्रा रोजे ।साहित्यकार एवं चर्चित गीतकार भूपेन्द्र न्यौपानेको शब्द रचना रहेको गीतमा विश्व नेपालीले स्वर दिएका छन् भने सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

ट्याजिक मोमेन्टको गीतमा सुन्दा कर्णप्रिय लाग्छ । विशेष गरी गीतको शब्द लेखन र गायकी पन अब्बल देखिएको छ । । सार्वजनिक भिडियोमा निरज बरालका साथमा सुमि शिलवाल र नविन अधिकारीले अभिनय गरेका छन् । निर्देशक नारायण पुरी शंकर घिमिरे तथा युगेश रायमाझी लगायतको टिमले यो भिडियो तयार गरेको हो ।

छिरिङ शेर्पाको मायामा मोडल सगुन शाही(भिडियो )

नायिका तथा मोडल सगुन शाहीको अभिनय रहेको नया भिडियो सार्वजनिक भएको छ ।गायक छिरिङ शेर्पाको स्वर ,शब्द तथा संगीत रहेको ‘तिम्रै माया’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

नेपाली पप विधामा निकै कम सिर्जना बजारमा आउने गरेका कारण आफनो गीतलाई निकै मन पराउने अपेक्षा गायक छिरिङले लिएका छन । आफनी प्रेमीकाको स्मरण गदै आफना भावहरुलाई गीतमा समेटिएको छ । आफनो भाग्यमा आफनी मायालु प्रेमिका बाट छुटनु सायद भाग्यमा लेखिएको हुनाले विछोड भएको कुरा उनले गरेका छन ।गीतमा सगुन शाही सगै गायक छिरिङ शेर्पाको पनि अभिनय रहेको छ ।

मुकेश हुमागाईले छायाँकन गरेको भिडियोलाई अविनास डिसी ले सम्पादन गरेका हुन । गीतको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।

सिजी मन्दिरको बयानमा बन्यो यस्तो गीत । भिडियो

पछिल्लो समय युवापुस्तासँगै स्वदेशी तथा बिदेशी पर्यटक लोभ्याउन सफल साश्वतधाम सिजी मन्दिरको बयान गर्दै दोहोरी गीत सार्वजनिक भएको छ । ‘तिमी र म सिजी घुम्न जाम’ बोलको गीतको चितवनका गीतकार रुद्र राज कँडेलले लय तथा शब्द संकलन गरेका हुन ।

गीतमा जोन लामा र बालिका तामाङको स्वर सुन्न सकिन्छ । गीतले शाश्वतधामको बयानका साथै पर्यटन प्रबद्र्धनमा समेत भुमिका खेल्न सक्ने देखिन्छ । माया गर्ने जोडिहरुका लागि उदाहरणिय गन्तव्यको रुपमा शाश्वधाम रहेको गीतले बताउछ । नवलपरासी जिल्लाको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको शाश्वतधाम नेपालका धनढ्य बिनोद चौधरीले निर्माण गरेका हुन । दक्षिण भारतीय शैलीमा बनेको मन्दिरमा दर्शन तथा अवलोकनका लागि अहिले दैनिक हजारौ मानिसहरु पुग्ने गरेका छन ।

गायक दीप तामाङको मन छुने गीत ‘र्‍वाँइ र्‍वाँइ सारङ्गी’को लिरिकल भिडियो सार्वजनिक

गायक दीप तामाङको नया गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।’र्‍वाँइ र्‍वाँइ सारङ्गी’ बोलको रोमान्टिक सार्वजनिक गीतमा माया प्रेमका कुरा गरिएको छ ।

यस अघि केहि गीतहरु सार्वजनिक गरेका दीप तामाङले आफुले यस गीतले नेपाली सांगेतिक क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन सहयोग गर्ने बताएका छन् ।जितेन लेप्चाको शब्द तथा संगीत रहेको यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् ।

‘र्‍वाँइ र्‍वाँइ सारङ्गी’ले बोलको गीतलाई दर्शक तथा स्रोता मन जित्ने विश्वास लिएका गायक दीपले यस गीतको म्युजिक भिडियो छिट्टै निर्माण गर्ने तयारीमा रहेको बताएका छन् ।गीतको भिडियोलाई नमस्ते फिल्मी टिभीको यूट्यूव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

गायक सुनिल कटुवालको गीतमा सोनिका रोकायको हट अवतारमा (भिडियो )

युट्युबमा आफ्नो छुट्टै पहिचान मार्फत चर्चामा रहेकी हट मोडल सोनिका रोकायको अभिनय रहेको हट म्युजिक भिडियो सार्वजनिक भएको छ ।पाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित गायक सुनिल कटुवालको ‘गाना बजा डिजे लगा’ बोलको भिडियो सार्वजनिक भएको हो ।

भिम बिष्ट सिरिशको शब्द तथा संगीत यस गीतमा राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई समाबेश गरिएको छ । गीतमा सोनिका रोकायको पनि स्वर रहेको छ ।नरेन्द्र बियोगीले एरेन्ज गरेको गीतको भिडियोमा सोनिका हट अवतारमा प्रस्तुत भएकी छिन् । गीतमा सोनीका रोकाया,शंकर र जेनेरेशन क्रुलाई फ़िचरिङ्ग गरिएको छ ।

अष्ट्रेलियामा बसेरै लामो समय देखि निरन्तर गीत संगीतलाई अगाडी बढाईरहेका सुनिल कटुवालको यो गीत चलचित्र निर्देशक सोभित बस्नेतले निर्देशन गरेका हुन् ।भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी गरेका हुन् ।पवन सुस्लिङको छायांकन रहेको भिडियोलाई द मोन्टागेले सम्पादन गरेका हुन् ।

यूट्यूवमा भाइरल अशोक दर्जिको पहिलो गीत सार्वजनिक (भिडियो)

यूट्यूवमा भाइरल भएका बालक अशोक दर्जिको पहिलो गीत यूट्यूवमा रिलिज गरिएको छ । पछिल्लो समय नेपालको युट्युब ट्रेन्डिङ शीर्षस्थान देखि विभिन्न स्थानमा भाइरल भएका अशोक दर्जिको बुधबार राजधानीमा एक कार्यक्रमको बिच उनको स्वर रहेको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

अशोक दर्जिको उपस्थितिमा काठमाडौंको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’ मा आयोजना गरिएको कार्यक्रममा गीतको म्यूजिक भिडियो रिलिज गरिएको हो । बि राज नेपालको शब्द रहेको गीतमा संगीत टंक बुढाथोकीको रहेको छ ।अशोक सगै गीतमा टंक बुढाथोकीको पनि स्वर रहेको छ ।

अशोक दर्जिले गएका गीतहरु यूट्यूवमा भाइरल भए पछि गायक तथा संगीतकार टंक बुढाथोकी काठमाडौं ल्याएर दर्जीको गीत रेकर्ड गराएका थिए ।
‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत मेलोडियस छ ।म्युजिक भिडियोमा पनि बुढाथोकी र दर्जिकै अभिनय रहेको छ ।

संचारकर्मि प्रणब सुबेदीको संगीत रहेको एल्बम “कोशिस” को गीत रेकर्ड

लामो समयदेखिको संचारकर्मा आफुलाई क्रियाशील र सफल संचारकर्मिको रुपमा ख्याती कमाएका र चलचित्र तथा म्युजिक भिडियो निर्देशन समेत गरिसकेका संचारकर्मी प्रणब सुबेदीले पुन आफुलाई हरेक विधामा पारंगित बनाएका छन् । उनले मंगलबार गीत संगीतको क्षेत्रमा आफुलाई स्थापित बनाउन एक दशक लामो संचारकर्म पछी संगीत निर्देशनमा पनि हात हालेका छन् ।   
मंगलबार राजधानीको मंजुश्री स्टुडियोमा पहिलो पटक गीतमा  संगीत भरेका छन् ।  गीतकार भरत घिमिरे (निर्दोष ) को शब्दमा आफ्नो संगीतको जादु छरेका छन् । गीतलाई अहिलेका चर्चित तथा सफल गायक ओम सुनारको आवाज रहेको छ । सेन्टिमेन्ट गीतमा स्लो र हाई स्केल रहेकोले ओम जीको आवाज पर्फेक्ट रहको उनले बताए ।

संचारकर्मी सुबेदीको पहिलो एकल सोलो संगीत रहने एल्बम “कोशिस” को पहिलो गीत ‘सजाएको थिए तिमीलाई । । ।” रहने उनले बताए दोश्रो गीत उनको आफनै शब्द ” लाज लाग्छ । ।” फिमेल भोकल रहने र तेश्रो गीत पनि उनकै शब्द संगीत रहने राष्ट्र भावनाले भरिएको गीत रहने उनले बताए ।

“पहिला म यो गीतको भिडियो निर्माण गर्छु अनि बल्ल अन्य दुई गीतको काममा लाग्नेछु “उनले भने । यस गीत सजाएको थिए तिमीलाई …. को भिडियो भारतको मुम्बैमा गर्ने उनको सोच रहेको छ यस अघि पनि उनले २ गीतको भिडियो आफ्नै निर्देशनमा भारतमा नै  खिचेका थिए । यस गीतको लागी पनि भारत नै जाने उनको सोच रहेको छ ।
बिगत १० वर्ष देखको रेडियो प्रस्तोताको रुपमा रहेका सुबेदीले सोहि १० बर्ष देखिको मेहेनत यी ३ गीतहरुमा उतार्ने बताएका छन् । गीत लाई तुलासा नारायण क्रिएटिभ मिडियाले बजार ब्यबस्थापन गर्नेछ ।

गायक बिर बिश्वासको ‘आकासैमा तिन तारा’ बोलको गीतको भिडियो सार्वजनिक

गायक बिर बिश्वासको स्वरमा रहेको ‘आकासैमा तिन तारा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक क्लब गीतमा बिक्रम चौहान , टिका जैसी , क्रीपा पौडेल र बिर बिस्वासको अभिनय रहेको छ । गीतमा बिक्रम चौहान कै कोरियोग्राफी रहेको छ ।

ओम सुनारको एरेन्ज रहेको गीत आकासैमा तिन तारा , लाई नयाँ तरिकाले प्रेजेन्टेसन दिन खोजिएको भिडियो निकै राम्रो पनि बनेको देखिएको छ । प्रकास खड्काको सिनेमाटोग्राफी रहेको गीतलाई मिलन बिकले सम्पादन गरेका छन ।

नेपाली संगितमा बिगत ५ बर्ष देखि संगीतक्रममा लाग्दै आएका बिरले यस पछी आफ्नै शब्द संगीतमा गायक प्रमोद खरेलको आवाजमा जलाएर गयोउ मुटु लाई बोलको गीत र गीतको भिडियो सार्वजनिक गर्ने बताए । भारतको गुजरातमा बस्दै आएका बिर संगीतका बिद्यार्थी पनि हुन् । उनले आफ्नो कर्म संगै गीत र संगीतलाई पनि साथ् साथै लाँदै आएका छन् । उनले भारतका बिभिन्न काय्रक्रमहरुमा नेपाली कलाकारहरुलाई प्रस्तुतिको लागी पनि लैजाने गरेका छन् । नेपाली कलाकारिता र संगीतलाई मायाँ गर्ने बिर को गीतले सफलता हात पार्नेमा उनि बिस्वस्त रहेका छन् ।

‘चलचित्र ‘हैरान’ मिक्स मसला जस्तो छ’ – विश्वकै कान्छा निर्देशक विष्ट

नारायण ढुंगाना,
चितवन २३ वैशाख : विश्वकै कान्छा निर्देशक १२ वर्षीय सौगात विष्टले निर्देशक गरेको चलचित्र ‘हैरान’को प्रदर्शन मिति नजिकिएसँगै निर्माण समुहले प्रचारप्रसार तिब्र पारेको छ।

कान्छा निर्देशक विष्टसहित चितवन आईपुगेको उक्त समुहले आज भरतपुरमा पत्रकार सम्मेलन गरी चलचित्र प्रेम, कमेडी, सामाजिक विषयबस्तु र द्धन्द्ध समेटिएको मिक्स मसला भएको भन्दै सबै बर्गका दर्शकले हेर्न मिल्ने खालको बनेको जनाएको छ।

आगामी जेठ ४ गतेबाट देशैभरी प्रदर्शनमा आउन लागेको चलचित्रबारे आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वकै कान्छा निर्देशक १२ वर्षका सौगात विष्टले ७,८ वर्षदेखिको गृहकार्यपछि निर्माण भएको चलचित्र मिक्स मसला जस्तो रहेको प्रतिक्रिया दिए।

विष्टले भने,‘महत्वपूर्ण चलचित्र बनेको छ, लगानीमा समेत मेरो चाहनाभन्दा बढी निर्माण युनिटले खर्च गरेको छ, ‘हैरान’, मिक्स मसला जस्तो छ भन्दा हुन्छ ।’ नाम अनुसारको चलचित्र बनेको उनको भनाई थियो ।

यसअघि विष्टले पहिलो चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका थिए। यो उनको दोस्रो चलचित्र निर्देशन हो उनका बुबा नायक एबं निर्माता गजित विष्टले फिल्म १ करोड १८ लाखमा निर्माण भएको जानकारी दिए। उहाँले फिल्मको प्रमोसनकै लागि गायन, अभिनय र नृत्यमा अल नेपाल कम्पिटिसन काईक्रम समेत भैरहेको भन्दै विजेताहरुलाई एक एक लाख पुरस्कार दिने र फिल्ममा खेलाउने जानकारी दिए।

चलचित्रमा सरोज खनाल, निर्मल शर्मा, गजित बिष्ट, सागर लम्साल, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुस्कर रेग्मी, निश्मा घिमिरे र एन्जेल राई र आरोही शर्माले अभिनय गरेका छन्।थिएटरबाट आएकी शर्माले यही चलचित्रबाट डेब्यू गर्दै छिन्। शर्माले आफुले चलचित्रमा रिपोर्टरको भूमिकामा खेलेको बताईन्।

कलाकार निर्मल शर्माले कान्छो निर्देशकको निर्देशनबाट आफु प्रभावित भएको बताए। अर्का कलाकार सागर लम्साल (बले)ले विदेशीको हैरानी, राजनीतिको हैरानी, प्रेमको हैरानी, एक्सनको हैरानी जोडेर फिल्ममा हैरान नै हैरान रहेको बताए ।गजित विष्ट, सम्झना पोखरेल, मुक्ति घले, श्रृष्टी घिमिरे र डा. वाईएल लामाको लगानीमा चलचित्र निर्माण भएको हो ।