Sunday , 15 July 2018
News update
Home >> Namaste news

Namaste news

चलचित्र ‘मेरी मामु’ युनिटको आयोजनामा चितवनको सौराहामा रक्तदान तथा नि :शुल्क स्वास्थ्य शिविर(भिडियो)

निर्माता सन्तोष सेनको चलचित्र ‘मेरी मामु’को यति बेला चितवनको विभिन्न ठाउमा छायांकन भैरहेको छ ।छायांकनको अन्तिम अबस्थामा रहेको चलचित्र ‘मेरी मामु’ले शनिबारले चितवनको सौराहामा रक्तदान तथा नि :शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

चलचित्रको कथा बस्तुमा नै रक्तदान तथा स्वास्थ्य शिविर आयोजना गर्नु पर्ने हुदा चलचित्र युनिटले रियलमा नै रक्तदान कार्यक्रम गरेको हो ।पछिलो समय चितवनमा रगतको कमि आए पछि नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्र सग मिलेर चलचित्र युनिटले चलचित्रको लागि छायांकनको लागि रियल रक्तदान कार्यक्रम गरिएको हो ।

चलचित्रका निर्माता सन्तोष सेनले चलचित्र निर्माण गर्दा चाहिने सिनमा रियल रक्तदान गर्दै रगतमा आएको केहि कमीलाई अलि कति भए पनि हाम्रो चलचित्रले सहयोग गर्न पाएको बताए ।हामि फिल्म युनिटका सदस्यहरुले मात्र पनि रगत दान गर्दा ब्लड बैंकमा केहि समयलाई पुग्ने रगत जम्मा हुने हुदा चलचित्र युनिट एउटा ब्यापारको माध्यम मात्र नभएर यहि समाजकै एउटा पाटो रहेको ले हामिले रक्तदान गरेका हौ निर्माता सेनले खुलाए । शिविरमा चलचित्रका निर्माता¸निर्देशक¸कलाकारहरु¸क्यामरा पर्सन लगायत सम्पुर्ण प्रोडक्सन टिमले रक्तदान गरेका थिए । टिमका करिब ३० जना सदस्यहरुले रक्तदान गरेको र आफुले जनहितको लागी पनि सक्दो काम गर्ने निर्माता सेनले जानकारी गराएका छन ।

प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसलको चौथो प्रस्तुती ‘मेरी मामु’मा कथा तथा निर्देशन यम थापाको रहेको छ । चलचित्रमा निर्माता सेनका छ वर्षिय छोरा आयुव सेनको मुख्य भुमिका रहने छ । बाल मनोबिज्ञानमा पारिवारिक कथा बोकेको चलचित्रमा प्रेम गीत २ नायिका अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भुमिका रहने छ । नेपालकी पहिली नायिका भुवन चन्द विशेष भुमिकामा रहने छिन ।

चलचित्रमा कल्याण सिंहको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहने छ । बनिश शह र भुपेन्द्र अधिकारीको सम्पादन रहने यस चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहने छ । आशुसेन फिल्मसको यो चौथो चलचित्र मेरी मामु यहि भाद्र १५ गते प्रदर्शन हुदैछ ।

फिल्म प्रचार प्रसारमा चितवन आएको ‘चिँ मुसी चिँ’ युनिटले नारायणी नदि किनारमा गर्यो भव्य कन्सर्ट(भिडियो )

यही साउन ११ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चि मुसी चि’ को टोली चितवन आईपुगेको छ । शनिबार फिल्म युनिटले पत्रकार सम्मेलन गरी चलचित्र बारेमा जानकारी गराएको हो । ‘डान्स इन्डिया डान्स सिजन ४’बाट वाहवाहि बटुलेका सुनिल क्षेत्री यसै चलचित्र मार्फत डेब्यु गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै नायक क्षेत्रीले आफूलाई सुहाउँदो कथा वस्तु भएकाले चलचित्रमा अभिनय गरेको बताउनुभयो । उहाँले आफू डान्सर भएर पहिलो चलचित्र नै म्युजिकल खेल्ने तयारी गरेपनि ‘चि मुसी चि’ को कथा मन परेकोले अभिनय गरेको बताउनुभयो।

यस चलचित्र पश्चात आफू म्युजिकल फिल्म लिएर आउने बताउनुभयो । कार्यक्रममा बोल्दै नवनायिका अलिसा शर्माले सस्सपेन्स र रोमान्टिक चलचित्र बनेकोले दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो । आफ्नो पहिलो चलचित्र भएकोले आफूले सकेको राम्रो काम गरेको बताउनुभयो।

यस्तै नेपाल आईडलको टप ५ मा पुगेर चर्चामा आएकी गायिका सुजता पाण्डेले आफ्नो प्लेव्याक सिङगिङको चाहनालाई यस चलचित्रले पुरा गरेको बताउनुभयो । आफ्नो स्वरमा रहेको चलचित्रको शीर्ष गीत नै दर्शकहरुले मन पराएको खुशी व्यक्त गर्नुभयो।

चलचित्रका अर्का नायक शुसान्त कार्की पछिल्लो समय आफुले चलचित्रको कथा बस्तु हेरेर काम गरेको भन्दै यस चलचित्रको कथा मन परेर काम गरेको बताए ।यस चलचित्रमा सुनिल र अलिसासंगै नायक शुसान्त कार्की, कमाली वाईवा, शसांक बस्याल र शेखर सुवेदीलगायत कलाकारको अभिनय रहेको छ ।

यस्तै शनिबार साझा नारायणी नदि किनारमा चलचित्र युनिटले प्रमोशनल कन्सर्ट आयोजना गरेको थियो। कन्सर्टमा हजारौ संख्यामा दर्शकको उपस्थिति थियो ।

कन्सर्टमा नव-अभिनेता सुनिल क्षेत्री र नव-अभिनेत्री अलिशा शर्माको दमदार नृत्यबाट क्रेजी दर्शकहरुलाई ‘नेपाल आइडल’ की टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि उत्तिकै नचाइन् । नायक सुसान्त कार्कीको नृत्य पनि निकै आकर्षक थियो । ‘चिँ मुसी चिँ’ का चारवटा डान्सिङ्ग गीतमा सुनिल, अलिशा र सुसान्तले दमदार नृत्य प्रस्तुत गरेका थिए । गायिका पाण्डेले फिल्मको शिर्ष गीत गाएकी थिइन् ।

अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको ‘चिँ मुसी चिँ’ को कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।

सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

फ्राइडे रिलिजमा ‘बाबु कान्छा’ र ‘वीराङ्गना’सगै अन्य दुई चलचित्रको भिडन्त

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘बाबु कान्छा’ ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ ’रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘बाबु कान्छा’ ,‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ ’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘बाबु कान्छा’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘बाबु कान्छा’ प्रदर्शनमा आएको छ।‘शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यस चलचित्रमा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

चलचित्र ‘ए मेरो हजुर २’बाट निकै तारिफ पाएका सलोन बस्नेत सगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।

‘वीराङ्गना’

त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘वीराङ्गना’प्रदर्शनमा आएको छ ।राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ ।

फिल्ममा अनसप विक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईँ, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्यलगायतको अभिनय रहेको छ ।

‘बोबी’

यस्तै फ्राइडे रिलिज अन्तर्गत मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको ‘बोबी’पनि प्रदर्शनमा आएको छ । नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । पर्दामा देखिने लभस्टोरी झैँ उमेश र कविताको आफ्नै कथा’ रहेको निर्देशक चाम्सले बताए ।। विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन्।
https://www.youtube.com/watch?v=gUd4iWd5QLY&t=96sसम्पूर्ण छायाँकन नर्वेमै गरिएको सिनेमामा दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा छ । चलचित्रमा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘यो पागल मन’

फ्राइडे रिलिज अन्तर्गत ‘यो पागल मन’पनि देशका केहि हलमा प्रदर्शनमा आएको छ । ऋचा सिंह ठकुरी र विनोद न्यौपानेको मुख्य भुम्निका रहेको यस चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गरेका हुन् ।

यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको पनि यो फिल्ममा अभिनय छ ।

यस्तो छ ‘नाई नभन्नु ल ५’को ट्रेलर (भिडियो)

नेपाली सिने क्षेत्रमा बढी बनेको र सफल सिक्वेल चलचित्र हो ‘नाई नभन्नु ल’ । यसै चलचित्रको पाँचौ सिक्वेल चलचित्र ‘नाई नभन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको छ ।

राजधानीमा मंगलबार एक कार्यक्रमको बिच चलचित्र ‘नाई नभन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक ट्रेलरमा पारिवारिक कथा, प्रेम प्रसंग, पीडा, व्यथालाई उठान गरिएको छ ।

भदौ ८ गते प्रदर्शन हुने ‘नाई नभन्नु ल ५’लाई विकास आचार्यले निर्देशन गरेका हुन् । यसअघि ४ वटै श्रृङ्खला हिट भैसकेका छन् ।निर्देशक विकास आचार्यले यो चलचित्रले ‘नाई नभन्नु ल २’को भन्दा बढी व्यापार गर्ने दाबी गरे । चलचित्रमा अनुभव र स्याड्रिनाको प्रेमलाई बढी महत्व दिइएको छ । नायिका प्रियंका कार्कीले विकासराज आचार्य आफ्नो परिवारकै मान्छे भएकाले पनि आफूले उहाँको चलचित्रमा काम गरेको बताइन् ।

बाल-कलाकार अनुभव रेग्मीले दर्शकले आफूलाई ‘नाई नभन्नु ल’को हरेक श्रृङ्खलामा झनै बढी माया गरेको बताए । लेखक सामिप्याराज तिमिल्सिनाले दर्शकले हरेक श्रृङ्खलालाई माया गरेको भन्दै ‘नाई नभन्नु ल ११’सम्म बनाउने आफूहरुको योजना रहेको सुनाए ।चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र स्याड्रिना शर्माको मुख्य भूमिका छ ।

वन टाइम सिनेमाको ब्यानरमा तयार भएको योचलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको चलचित्रले यसपटक नायिका स्वस्तिमा खड्काको प्रेमकथा बोलेको छ ।

नायिका मरिश्का पोख्रेलले कण्डम मागे पछि…. (भिडियो)

चलचित्र ‘मिस्टर भर्जिन’को अफिसियल टीजर सार्वजनिक गरिएको छ।भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर भर्जिन’को कमेडी टीजरमा कण्डमलाई मात्रै बढी फोकश गरिएको छ ।चलचित्रको केही समय अघि ‘टुल्की’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भइसकेको छ ।

चलचित्र ‘मिस्टर भर्जिन’मा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

नामकै कारणले चर्चामा रहेको चलचित्र ‘मिस्टर भर्जिन’वर्ल्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, मिलन डी काप्रिको सम्पादन रहेको छ ।

तीन यूवाको यौन मनोविज्ञानको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको लगानी छ । सन्दिप उप्रेती चलचित्रका सह-निर्माता हुन् ।

चलचित्र ‘साली कस्को भेनाको’को कमेडी ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘साली कस्को भेनाको’को ट्रेलरको सार्वजनिक गरिएको छ । भाद्र २९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ट्रेलरमा साली र भेन बिचको सम्बन्ध देखाउन खोजिएको छ ।मानविय संवेदनामाथि निर्माण भएको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण गरिएको छ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ ।

चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ (हैट), रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, पुष्प आचार्य,कविता आले, मिन घलान लगायतको अभिनय रहेको छ । देब सागर बि.सी यो चलचिबाट रजतपटमा प्रवेश गर्दैछन् ।

चलचित्रलाई भद्र भुजेलले निर्देशक गरेका हुन् ।मुभिङ पिक्चर्स प्रा.लि द्धारा निर्मीत चलचित्र साली कस्को भेनालाई पुराना चलचित्र निर्माता प्रसाद श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको हो श्रेष्ठले यसअघि कान्छी, सन्तान, कर्जा जस्ता सफल चलचित्र निर्माण गरिसक्नुभएको छ ।राम प्रसाद श्रेष्ठ ,सुशील गोपाल न्याछ्यो ,काजी मन श्रेष्ठ ”बिशाल ”, कमला भट्टराई र मुक्ति अधिकारीको चलचित्रमा लगानी रहेको छ ।

चितवन र धम्पुसका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रमा पुष्प आचार्यको कथा रहको छ भने प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत समावेश छ ।दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य रहेनछ । चलचित्रमा द्धन्द्ध निर्देशन रबि बराली र प्रकाश कर्मचार्यको रहको छ ।

स्व. सविन शाक्यको स्मृतिमा चलचित्र पत्रकारिता पुरस्कार स्थापना

बिगत लामो समय देखी नियमित साप्ताहिक रुपमा प्रकाशन हुदै आएको फिल्मीखवर साप्ताहिकले सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । प्रविशा प्रकाशनद्धारा प्रकाशन हुदै आएको फिल्मीखवर साप्ताहिकले स्व. सविन शाक्यको स्मृतिमा यो पुरस्कार स्थापना गरेको हो ।

३० बर्ष भन्दा बढी बिभिन्न सञ्चार माध्यममा काम गरेका सविन शाक्यले करिब २५ बर्ष चलचित्र पत्रकारिता गरेका छन् भने फिल्मीखवर साप्ताहिकमा नियमित रुपले संलग्न भई काम गरेका थिए । गत बर्ष असार २३ गते शाक्यको निधन भएको थियो । शाक्यको निधन भएको बार्षिकी तथा प्रथम स्मृति दीवसका अवसरमा सम्झना तथा सम्मान स्वरुप पुरस्कारको घोषणा गरिएको फिल्मीखवर साप्ताहिकका प्रकाशक तथा सम्पादक शान्तिप्रियले बताएका छन् ।

सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार हरेक बर्ष फिल्मीखवरको बार्षिकोत्सवका अवसरमा प्रदान गरिने र अहिलेलाई पुरस्कारको राषि १०,०००।– (रुपैया दश हजार मात्र) सहित प्रमाणपत्र प्रदान गरीने प्रियले बताएका छन् । हरेक बर्ष रंग पत्रकारितामा संलग्न एक पत्रकारहरुलाई यो पुरस्कार प्रदान गरिने पनि प्रियले बताए ।

किन खेले दयाहाङ राईले चलचित्र ‘भैरे’ (भिडियो)

अभिनेता दयाहाङ राई जुनसुकै भूमिकामा फिट हुने कलाकार हुन् । ‘लुट’ मा ‘गोफ्ले’ को भूमिका निर्वाह गरेपछि रातारात चम्किएका उनी अहिलेका सबैभन्दा व्यस्त कलाकारको लिस्टमा दरिन्छन् । महंगा अभिनेताको सूचीमा पनि उनी अग्रणी देखिन्छन् ।

गएको वर्ष महिनैपिच्छे नयाँ फिल्म लिएर हल छिरेका उनी यस वर्षका लागि दर्शकलाई फिल्म ‘भैरे’ पहिलो कोशेसी स्वरुप दिँदैछन्, जुन साउन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी लिड रोलमा छन् ।

एभरेष्ट सूर्य बोहरा निर्देशित यस फिल्ममा दयाहाङ टाइटल क्यारेक्टरमा छन् । ‘लुट’ ले ‘गोफ्ले’ नामबाट परिचित गराएझैँ ‘भैरे’ ले पनि आफूलाई नयाँ परिचय दिनेमा उनी विश्वस्त छन् । उनी भन्छन्, ‘भैरे’ को कथा मन पर्‍यो अनि छाड्न सकिन । यो मेरो टाइपको फिल्म बनेको छ ।’

‘भैरे’ सोसल ड्रामा हो । पहिलादेखि जसरी फिल्महरु बनिरहेका थिए त्यसैको एक अवधारण हो । यो कुनै ठाउँ विशेषको कथा हो भन्ने छैन । नेपालभरीको एक प्रतिनिधि गाउँमा सुटिङ गरिएको छ, जुन मुस्ताङ र अपरमुस्ताङमा खिचिएको छ’, उनले भने ।

उनी ‘भैरे’ लाई पूर्ण कमर्शियल फिल्म भन्न चाहन्छन् । दर्शकलाई सोच्न विवश नबनाएपनि यस फिल्मले मनोरञ्जनको खुराक दिन नचुक्ने उनको दाबी छ ।

‘भैरे’ तपाईको करिअरको फरक फिल्म हो ? उनी भन्छन्, ‘त्यो त भन्दिनँ तर मेकिङको हिसाबबाट भने फरक भन्न सक्छु । निर्देशक एभरेष्ट सूर्य बोहरा ‘मेन स्ट्रिम स्कूलिङ’ बाट आउनुभएको हो । उहाँले फिल्ममा त्यही स्कूलिङ फलो गर्नुभएको छ ।’

उनलाई फिल्मले राम्रो नतिजा ल्याउनेमा शंका छैन । यसमा दयाहाङको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । ‘सान्नानीलाई भेट्न आउँदा’ र ‘सनम माया ला’को’ गीतले फिल्मको हाइप मेन्टेन गरिरहँदा ट्रेलरले पनि दर्शकमा फिल्मप्रति चासो जगाइरहेको छ ।

यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

दुई व्यापारीले नायिका आँचल शर्मालाई मायाको ‘निवेदन’ दिदै (भिडियो)

नायिका आँचल शर्मा अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।नायिका शर्मा नेपाली चलचित्र क्षेत्रमा जति चर्चित छन् त्यति नै म्यूजिक भिडियोमा पनि छन् ।

सार्वजनिक गीतमा बि. पाण्डेका शब्द तथा सुवास भुषालले संगीत दिएका छन् ।गीतमा गुणराज श्रेष्ठको स्वर रहेको छ भने उदयराज पौडेल एरेन्जर हुन् ।

यूट्युबमा सार्वजनिक ‘निवेदन’ बोलको गीतको भिडियो रमाईलो छ । दुई व्यापारी युवाहरु नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिईएको छ । आँचललाई मिलाईदिन्छु भन्दै निवेदन लेखिदिएर पैसा असुलेको रमाईलो दृश्य पनि भिडियोमा देख्न पाईन्छ ।

विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलको साथमा गुणराज र राजेशको अभिनय छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ । अनिल के. मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

चलचित्र ‘बाबु कान्छा’ युनिट चलचित्रको प्रचार प्रसारको लागि मोफसलमा

असार २९ गते प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ को यती बेला धमाधम प्रचार प्रसार भईरहेको छ । गीत संगीत र ट्रेलरबाट नै चर्चा पाएको ‘बाबु कान्छा’ टिम प्रचार प्रसारको लागि आज चितवन आईपुगेको छ । यस अघि शुक्रबार बिहान हेटौडाका पत्रकार माझ चलचित्रको बारेमा जानकारी दिदै चलचित्र युनिटले हेटौडामा पनि पत्रकार भेटघाट आयोजना गरेको थियो ।

यसै क्रममा आजै चलचित्र बारे जानकारी गराउने उद्देश्यले चितवनको नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा चलचित्रका नायक सलोन बस्नेत, नायिका करिश्मा श्रेष्ठ, सह निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रबी अधिकारीको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नायक सलोन बस्नेतले ‘बाबु कान्छा’ स-परिवार बसेर हेर्न सकिने चलचित्र बनेको बताए । चलचित्रमा आफु लगायत सबै कलाकारले निकै मेहेनतको साथ काम गरेकोले ‘बाबु कान्छा’ राम्रो बनेको सलोनको दाबी रहेको छ । यस्तै सलोनले चलचित्र चितवन, बिरगंज, लम्जुङ घले गाउ र काठमाण्डौमा छायांकन गरिएको पनि बताए । चलचित्रका निर्माता, निर्देशक सलोनका बुवा शोभित बस्नेत भने चलचित्रको काममा ब्यस्त रहेकोले चितवन आउन नपाएकोमा सलोनले पत्रकारहरु सँग माफि मागेका छन् । चलचित्रको टिजर र ट्रेलरमा १७ बर्ष अघीको सलोन बस्नेतलाई देखाईएको कारण पनि उनले खुलाएका छन् ।

सानोमा आफुले धेरै चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गरेको र त्यही मध्यको ‘नेपाली बाबु’ को बाल कलाकारको छोटो भूमिका राखिएको सलोनले बताएका छन् । ‘बाल कलाकारको रुपमा खेल्दाको सलोन र अहिलेको सलोन एउटै भएकोले कसैलाई नझुक्किउन भन्न त्यो छोटो अंश ‘बाबु कान्छा’ मा राखिएको हो – सलोनले भने । यस्तै सलोनले चलचित्रमा ७० लाखको लगानी लागेको पनि बताएका छन् ।

उता चलचित्रकी नायिका करिश्मा श्रेष्ठले चलचित्रमा आफ्नो भूमिका एक सामान्य युवतिको रहेको बताईन । ‘चलचित्रमा म एक सामान्य युवतिको रुपमा प्रस्तुत भएकी छु, जो जीवनमा केही गर्न चाहन्छिन’ – करिश्माले भनिन् । चलचित्र ‘लभ सब’ बाट रजट पतमा भित्रिएकी करिश्माको लागि ‘बाबु कान्छा’ दोस्रो चलचित्र हो । ‘लभ सब’ मा संयम पुरिको अपोजिटमा देखिएकी करिश्मा ‘बाबु कान्छा’ मा भने आफ्नो रियल जोडी सलोन बस्नेतको अपोजित रोलमा देखिएकी छिन् । पहिलो चलचित्र पछी लामो समय सम्म चलचित्रमा नदेखिएकी करिश्माले यो चलचित्रमा भने निर्माता तथा निर्देशक शोभित बस्नेतले अफर गरेको कारण काम गरेको प्रष्ट पारीन ।

चलचित्रका सह निर्माता सरोज घिमिरेले ‘बाबु कान्छा’ राम्रो बनेको र दर्शकहरुले मन पराईदिनुहुनेमा आफु विश्वस्त रहेको बताए । चलचित्रका कार्यकारी निर्माता रबी अधिकारीले मल्टीप्लेक्समा चलचित्रले राम्रो ब्यापार गर्ने बताए । साथै उनले व्यस्तताका कारण अन्य कलाकारहरु चितवन आउन नपाएको समेत जानकारी गराएका छन् ।

चलचित्र ए मेरो हजुर २ बाट निकै तारिफ पाएका सलोन बस्नेतको मुख्य भूमिका रहेको बाबु कान्छामा नायिका करिष्मा श्रेष्ठ रहेकी छिन् । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको बाबु कान्छामा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन्।

सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन्। चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको छ भने रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ। चलचित्रमा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत रहेको छ ।