Friday , 15 December 2017
News update
Home >> Nepali Movie Song

Nepali Movie Song

‘ए मेरो हजुर’ …….( पहिलेको राम्रो की अहिलेको …?)


नारायण ढुंगाना, चितवन, १७ भदौं । प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर २’ शुक्रबारदेखि देशभर ९० भन्दा बढी हलमा प्रदर्शनमा आएको छ ।

‘म यस्तो गीत गाउँछु,’ ‘प्रेम गीत २’ जस्ता प्रेमकथाका सफल चलचित्रपछि नेपाली सिने जगतमा भित्रिएको ‘ए मेरो हजुर २’ले शुरुआती प्रदर्शन राम्रै वाहवाह पाएको छ ।

युवा रोमान्सलाई कथामा उनेर १० बर्षपछि सिक्वेलमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर’की तत्कालिन नायिक झरना थापाको डेव्यू निर्देशन रहेको उक्त चलचित्रले सार्थक बालप्रेमलाई मुख्य विषय बनाएको छ ।

सच्चा प्रेम जुनसुकै अबरोधले पनि रोक्न सक्दैन भन्ने कुरा गौरवसँगै विहे हुनै लाग्दा पनि मायाँ र प्रेमको मिलनले उजिल्याएको छ । विभिन्न सामाजिक विसंगतिहरुलाई समेत नंग्याउने प्रयासले चलचित्र जिवन्द बन्न पुगेको छ ।

कथाले समलिंगिहरुप्रतिको सामाजिक दृष्टिकोणलाई तिखो प्रहार गरिएको छ । देशको भेषभूषा र संस्कृतिको सम्बद्र्धनमा एक कदम अगाडी छ । चलचित्रमा आएका सबै गीतहरु उत्कृष्ट बनेका छन् ।

यसमा मुख्य भूमिका प्रेम र मायाँको छ । फिल्मलाई कमेडी बनाउन ‘जे’ले साथ दिएका छन् । प्रेम र माया सहपाठी हुन् । एक अर्कालाई असाध्यै मायाँ गर्छन् । स्कुल बसमा आउँदा जाँदा उनीहरुको लुकामारी नै हुन्छ ।

पोखरामा पाँच कक्ष पढ्दा गीतार लिएर प्रेमले चलचित्र ए मेरो हजुरको चर्चित गीत फूलको थुंगा हौ की,बगेको गंगा हौ।।।।गाउँछ । माया प्रभावित हुन्छे । प्रेमका बुबाको काठमाडौ सरुवाफसँगै फक्रन लागेको प्रेमको कोपिलामा तुसारो पर्छ । प्रेमले भेट्न आउने कसमखाँदा मायाँ मायाको बालप्रेम झल्कन्छ ।
‘मलाई चिनेनौ ंभने नी ।’ कतिपय कुराहरु मनैले था पाउँछ चिनिराख्नै पर्दैन, प्रेम भन्छ । प्रमिस १ प्रेमले उत्तर दिन्छ,‘आफु त सानो मान्छे ठुलो स्वर प्रमिस कुरा गरिन्छ फुल डोज ।’

प्रेमले आफ्नो बालापनको साथीहरुसँग बेलिविस्तारपछि साथी ‘जे’को योजनामा स्केच बोकेर माया खोज्न पोखरा पुग्छन् । बाटामा लिफ्ट पाएका गौरवका कारण मायासँग सहज भेट हुन्छ । उनीहरु बालापन सम्झाउने कोशिस गर्छन् । ग्यारेजमा थन्किसकेको त्यो साछी स्कुल बस ल्याएर स्मरण गराउने प्रयास हुन्छ । यस्तै यस्तैमा मध्यान्तर वित्छ ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

उनीहरुले बाटोमा लिफ् दिने व्यक्ति गौवरसँगै आर्य बनेकी मायाँको विहे हुने पक्का भएको कुरा पोखरा पुगेपछि मात्रै थाहा पाउँछ प्रेमले । तैपनि हरेस खाँदैन । मर्निंङ वाकको समयको सदुपयोग निरर्थक हुन्छ ।
आर यु फलोईङ मि रु नो । धेरैदिनदेखि वाच गरिरहेकी छु तिमीलाई, मलाई कसैले फलो गरेको मन पर्दैन । प्रेम जवाफ दिन्छन्, ‘तर मलाई मन पर्छ, अझै तिमी जस्तो गर्जियस लेडिज अगाडी आउँछ्यौ । आफु त सानो मान्छे ठुलो स्वर लभ गरिन्छ फुल डोज ।’
अझै मायाँलाई याद दिलाउने प्रयास छाड्दैन प्रेमले । म प्रेम । तिम्रो चाईल्डहुड फ्रेण्ड, ह्वाट रु तिमीजस्तो कति प्रेमसँग भेटभयो । मायाँ, नाम पनि याद छैन तिमीलाई रु याद आएर नी के फरक पर्छ । मैले कति स्कुल चेन्ज गरें र स्कुलसँगसँगै ब्वाईफ्रेड पनि । सिक्समा एउटा, यटमा एउटा, टेनमा एउटा । तिमी जस्तो प्रेम त कति भेट भयोभयो । ईट्स् द लभ स्टोरी ।
मायालाई फकाउन टे«किङको बहानामा मनाङ जान्छन् । तिलिचोताल घुम्छन् । प्रेमले मायाँलाई थुप्रै प्रयास गरेर फकाउँछ । त्यहाँबाट फर्किदा उल्टै उनीहरु वीच नै झगडा हुन्छ ।
यता घरमा गौरबसँगको विहेको चाँचोपाँजो गरिएको हुन्छ । प्रेम विहेको अघिल्लो राती नै काठमाडौ फर्किन्छ । जब माया विहेका लागि मेहन्दी लागाउन थाल्छिन् । ‘जे’ले प्रेमको असली प्रेम बताउँछ । उनी भावुक हुन्छिन् ।
साहित्यकार झमक घिमिरेको चर्चित पुस्तक ‘जीवन काँडाकी फुल’ पुस्तक लिएर बुबाले भनेको कुरा सम्झन्छे, ‘काँडामा पनि हिड्न सक्नुपर्छ, मनले जे बोल्छ त्यो सही हुन्छ ।’

अनि निर्णय बदलेर मायाँले दादासँगै आफुले गौरबसँग विहे नगर्ने निर्णय सुनाउँछे । विहेघरमा सन्नाटा छाउँछ । ‘धनसम्पत्ती मानप्रतिष्ठा सब कमाउन सक्छु म पनि । सम्पत्ती र हाई क्लासको लोग्ने विहे गराईदिएर आफ्नो बहिनीलाई किन कमजोर देखाउन खोज्नुहुन्छ रु हजुरको बहिनी संसार जित्न सक्छे दा ।’
सब कुरा सुनिरहेको हुनेवाला श्रीमान गौरवले सहज लिंदै भन्छन्, ‘हरेक मान्छेको एउटा कथा हुन्छ र त्यसमा एउटा हिरो । यो कथा तिम्रो थियो । जसमा म जबरजस्ती हिरो हुन पुगे छु । सायद मलाई अरु कुनै कथा होला, जसले मलाई वेट गरिरहेको छ ।’
पुरानो स्कुलको थोत्रो बसमा प्रेमलाई खोज्दै काठमाडौ पुग्दा प्रेम सिंगापुर जान विमानस्थल प्रवेश गरिसकेको हुन्छ । बालापन झैं बसमा बसेर मायाले आफ्नो माया माइकबाट पोख्छिन् । त्यो सुनेर प्रेम फर्किन्छ ।
अनि उनीहरुको डाईलग उल्टिटन्छ । ‘मलाई कसैले फलो गरेको मन पर्दैन,’ मायाको प्रतिउत्तर आउँछ, ‘तर मलाई मन पर्छ, आफु त सानो मान्छे ठुलो स्वर लभ गरिन्छ फुल डोज ।’
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

बेलाबेलामा ए मेरो हजुरको टाईटल गीतले दिवंगत नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झाईरहन्छ । श्रीधर्मेन्द्र उनको फ्यान भएकाले स्कुल बसभरी पोष्टर टाँसेर १० बर्ष अघिको फिल्मलाई जिवन्त बनाउन खोजिएको छ ।
तर मायाँ र प्रेमको परिवारको बारेमा चलचित्र मौन छ । नायकमाथि हावी बनेका ‘जे’ अर्थात सलोन बस्नेत कमेडी कलाकारमा देखिएका छन् । डेव्यू गरेका नायक सलिनमान बनिया ९प्रेम०को अभिनयमा अझै उत्कृष्ट हुने ठाउँ छाडेका छन् । तर साम्राज्ञी राजयलक्ष्मी शाहको यो दोस्रो फिल्म भएपनि उनको अभिनय दर्शकले मन पराएका छन् ।

चलचित्रमा दर्शकले सोचेजस्तो प्रेममा उतारचढाव छैन । सानो द्वन्द्वको दृष्य छ । मोड विनाको प्रेम सच्चा छ । दर्शकमा कौतुहलता ल्याउने कथा छैन । शुक्रबारको पहिलो सो हेर्नुभएकी समिक्षा आलेले फिल्म राम्रो बनेको बताउनुभयो ।

सच्चा प्रेमको प्रतिकको रुपमा ‘ए मेरो हजुर २’लाई लिन सकिन्छ । बालापनको प्रेम वीचमा हराएपनि अन्तत मिलन हुनपुग्छ ।
चलचित्र पोखराको फेवातालमा घुमेको छ । मनाङका दृष्यहरुले दर्शकलाई मोहित पार्छ भने अग्लो स्थानमा रहेको तिलिचोताल र हिमश्रृंखलाले ल्योभ्याउँछ । हरेक गीतले मन छुन्छ । उकालीमा जाँदा जाँदै दाहिने पर्यो बर।।मायाँ कता पर्यो घर।।।‘मायाँ दिन्छु मुटु दिन्छु।।।’ ।

लोक भाकामा गाएको ‘मलाई दुई चुल्ठे बाटेर फूल लाउन मन पर्छ टिपिदेउन साहिला दाई।।।’ गीत मर्मस्पर्शी छन् । सुहाना ईन्टरटेनमेन्टले तयार पारेको चलचित्र सुनिल थापाले बनाएका हुन् । हरिहर अधिकारीको कथामा अन्य कलाकारहरु अम्बर सुवेदी, अनुराग कुँवर, बुद्धि तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राईको अभिनय छ ।
चलचित्र पत्रकार रवि अधिकारी फिलम गीत संगितको लोकेसनसँगै बालप्रेम भुल्न नसक्ने देखाएको बताउँछन् ।
यस्तो थियो पहिलेको ‘ए मेरो हजुर’

आखिर दुबै चलचित्र प्रेम कथा मै आधारित छ । तर पहिलेको तुलनामा २ को कथाबस्तु फितलो छ । पहिलेको चलचित्रमा मायाँ पाउन विभिन्न ठक्करहरु आएका छन् । शिव रेग्मीको निर्देशक ससक्त छ । सच्चा प्रेम पाए रै छाड्छ भन्ने उदाहरण दुईटैमा छ ।

सम्भ्रान्त परिवारभन्दा मध्यम परिवारको फरक देखाईएको छ । सम्पत्तीका लागि आफ्नै नातेदारले जे पनि गर्न सक्छन् भन्ने पाठ यसमा छ । अनेक मोड र घुम्तीले प्रेममा दर्शकलाई कौतुहलता जगाईरहन्छ । हरेक कलाकारको अभिनयमा खोट छैन । ए मेरो हजुरमा ईश्वर बनेका दिवंगत नायक श्रीकृष्ण श्रेष्ठ र श्रद्धा बनेको नायिका झरना थापाको मुख्य अभिनय छ ।

पहिले ईश्वरले मन पराउँदा श्रद्धाले विपिनलाई मन पराएकी हुन्छ । तर विपिनको मायाँ फोस्रो धन सम्पत्ती हत्याउनकालागि हुन्छ । उनका आफन्तहरुले सम्पत्ती हत्याउनका लागि श्रद्धालाई मार्न लखेट्दा गाडीमा ठोक्किएर श्रद्धाको दृष्टि गुम्छ ।

पहिले गाउँबाट निकालिएका ईश्वरले उनलाई बचाएर लान्छ । पालन पोषण गर्छ । चोरेको पैसाले उनको आँखाको अपरेशन गरेर जब दृष्टि फर्काउँछ । अनि श्रद्धाले फेरी पुरानो ईश्वरलाई देखेर घृणा गर्छिन् । विदेश गएका विपिन फर्केर श्रद्धा भेट्छ । मायाँको जालमा फसाएर विपिनले श्रद्धालाई मार्न षड्यन्त्र बुन्छ ।
ईश्वरले बचाउने क्रममा फाईट हुन्छ । त्यही बेला ईश्वरको पर्स खस्छ र श्रद्धाले पहिले दृष्टि गुम्दा खिचेको संयुक्त फोटोबाट माया फर्किन्छ । अनि उनीहरुको पुनमेल हुन्छ र चलचित्र समाप्त हुन्छ

प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को गीत ‘न त हाँस्न नै’ रिलिज.. (भिडियो सहित)

यस वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को स्याड सङ रिलिज भएको छ । ‘न त हाँस्न नै’ बोलको गीतमा एलिश कार्कीको संगीत, मनिषा खड्काको शब्द र सागर संसार राईको स्वर समाबेश छ । गीतमा नायक प्रदीप खड्कालाई नायिका अश्लेषा ठकुरीको यादमा तड्पिएको देख्न सकिन्छ ।

रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्मसको ब्यानरमा बनेको हो। वर्ष २०७२ मा प्रदर्शनमा आएको हिट फिल्म ‘प्रेमगीतुको सिक्वेल ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

साउन १३ गते रिलिज हुन लागेको यो फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा नेपालका ुप्रेमु र म्यान्मारकी नेपाली यूवती ुगीतु बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ुसुख दुःखुको पाटोलाई पर्दामा उतार्न खोजिएको निर्माणपक्षको भनाई छ । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

संचारकर्मी तथा गायक सुरज पौडेलको ‘ठुम्काले ’सार्वजनिक (भिडियो )

संचारकर्मी तथा गायक सुरज पौडेलको नया गीतको भिडियो सार्वजनिक भएको छ ।‘ठुम्काले ’ बोलको गीतको सार्वजनिक म्युजिक भिडियोलाई अर्का संचारकर्मी कुमार आचार्यले निर्देशन गरेको हुन् ।ranjuकेहि दिन अघि मात्र चितवन र नवलपरासीमा छायांकन गरिएको भिडियो हालै युट्युब मार्फत रिलिज गरिएको हो । शब्द तथा स्वर सुरजकै रहेको गीतको संगीत भिषण राईले गरेका हुन् ।

गायक सुरजको ‘मनको खुसी’ एल्बममा समावेश उक्त गीतको भिडियोमा मेण्डी बाबु र रन्जु शर्मा फिचरिङमा छन् । गीतको भिडियोलाई जगतराम चन्द्र रेग्मी कोरियोग्राफर हुन् । रबि कोइरालाले खिचेको भिडियोलाई रबिन्द्र खड्काले सम्पादन गरेका छन् ।

चलचित्र ‘म त तिम्रै हुँ’ को टाइटल गीत रिलिज

अहिलेका चर्चित नायक अनमोल केसीको लगानी रहेको चलचित्र ‘म त तिम्रै हुँ’ को टाइटल गीत रिलिज गरिएको छ।’करोडपति’ ,’नेपाली बाबु’ ,’म तिमि बिना मरिहाल्छु’ जस्ता सफल चलचित्र निर्माण तथा अभिनय गर्नु भएकी अभिनेत्री सुस्मिता केसीले सात बर्ष पछि सुस्मिताले निर्माण गरेको चलचित्र श्रावण ७ गते बाट देशभर प्रदर्शनमा आउदै छ ।

रिलिज गरिएको टाइटल गीत ‘म त तिम्रै हुँ’मा शब्द तथा सगीत हर्कुलिस बस्नेतको रहेको छ भने गीतमा आवाज संगीतकार बस्नेत र निखिता थापाको रहेको छ ।पाल्पाको रमणीय क्षेत्र , पाल्पा दरबार ,चितवन ,मकानपुरको मकानपुर गढी लगायतको ठाउमा छायांकन गरिएको यस गीतलाई नूत्य निर्देशक कविराज गहतराजले निकै सुन्दर तरिकाले नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई फिचरिंग गरेका छन् ।

चलचित्रको सार्वजनिक गीतले छिट्टै दर्शक तथा स्रोतको मनमा जित्ने खालको रहेको छ । चलचित्र ‘म त तिम्रै हुँ’लाई श्रीराम महतले निर्देशन गरेका हुन् ।चलचित्रमा आकाश र ज्योत्सनाको अलावा सुस्मिता केसी सुशिल काफ्ले,, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य अभिनय रहेको छ ।फिल्ममा सौरभ लामाको छायांकन,हिमाल केसीको द्वन्द्व निर्देशन,बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । सुस्मिता केसीको कथा रहेको यस चलचित्रमा सुवास थापाको समेत लगानी रहेको छ ।

“यो के हो….” हाउ फन्नी गित रिलिज ( भिडियो हेर्नुहोस )

चलचित्र ‘हाउ फन्नी’ को ‘यो के हो…’ बोलको गीत सार्वजनिक भएको छ । मिलन अमात्य र दिपक लिम्बु को स्वर रहेकोे सार्बजनिक गितमा संगित सुरेश अधिकारीको, शब्द शान बस्न्यातको रहेको छ । गीतमा केकी अधिकारी र अनुपविक्रम शाहीलाई फिचरिङ गरिएको छ ।
how
रिलिज मिति तय नभएपनि प्रचारप्रसार सुरु भएको छ । पूर्ब मिस नेपाल माल्भीका सुब्बा को लगानीमा बनेको चलचित्र लाई निलु डोल्मा शेर्पा ले निर्देशन गरेकी हुन् । कमेडी शैलीको जासुसीको कथा रहेको चलचित्रमा प्रियंका कार्की, दयाहाङ राई, केकी अधिकारी, अनुपविक्रम शाही, निशा अधिकारीको मुख्य भूमिका छ । चलचित्र “हाउ फन्नी” मा रेनशा वान्तवा राइको कोरियोग्राफी, हरी हुमागाँइको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

मोडलिङ सगैं अभिनयमा रमाउदै रमेश

वि.सं २०४९ सालमा जनकपुर बर्दिबासमा जन्मिएका रमेश बस्नेत हाल चितवनको भरतपुरमा बस्दै आएका छन् । संचारक्षेत्र हुदै मोडलीङ र अभिनयमा रमाउदैं अघि बढिरहेका रमेशले चितवनको टेलिभिजनमा  काम गर्दै आफ्नो अभिनय यात्रा अघि बढाएका छन् ।

rameshबस्नेत आफ्नो करियरलाई मोडलिङ सगैं अभिनय,तथा पढाईमा ब्यस्त छन् यति बेला । भर्खरै उनले निर्देशन गरेको नेपाली पप गित ‘हराउने बानी’ यति बेला चितवनमा चर्चामा रहेको छ । अरु सगं चाडैं घुलमिल हुने सक्ने अनि मिलनसार बस्नेत अहिले चितवनमा निकै चर्चामा छन् । प्रमोद खरेलको “जुन मायालाई फुल सम्झे”बाट डेब्यु गरेका बस्नेत अहिले विभिन्न फिल्मको सुटिङहरुमा व्यस्त छन् । उनको अभिनय रहेको “जुन मायालाई फुल सम्झे”गीतले युबटुबमा समेत दुई लाख जति पटक हेरुनुको साथै दर्शक तथा स्रोतले खुब मन पराउनु भएको छ ।

करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका रमेशले पछिल्लो पटक चितवन बाट निर्माण हुने सानो पर्दा र ठुलो पर्दाको चलचित्रमा अभिनयको लागि राम्रै ठाउँ पाउन थालेका छन् । अहिले आफुले अभिनय सिक्दै गरेको बताउने यी कलाकारको भबिस्यमा एउटा राम्रो कलाकार तथा सफल मोडल बन्ने सपना रहेको छ । दशैं लगत्तै रिलिजमा आउन लागेको चलचित्र ग्याङ स्टारमा उनको सकारात्मक अभिनय रहेको बस्नेत बताउछन् । बस्नेत अभिनयको क्षेत्रमा परिवारको सपोर्ट भएर नै आज यहांसम्म आएको बताउछन् ।उनले आफ्नो मामा कैलाश दाहाल र दिदीलाई भगवानको रुपमा लिन्छन् । साथै अभिनयको क्षेत्रमा अगाडी बढाउन प्रोत्साहन गर्ने निर्देशक शिव रेग्मीका भाई देवेन्द्र रेग्मी प्रति आभार प्रकट गर्दछन् ।

ramesh1

kuntha Title Song


KUNTHA
Movie: Kuntha
Cast:Maushami Malla, Rohbin Pokharel, Suraj K.C
Vocal: Binod Dhakal
Music/ Lyrics: Kiran Michael
Cinematographer: Niraj Kadel
Director/Editor: Anup Giri
Presentation Of Shine Entertainment

Maya Lagdaina – Song – Ritu


Maya Lagdaina – Song – Ritu
Presenting the video song “Maya Ladgaina” from the upcoming Nepali movie “Ritu” starring Raj Ballav Koirala, Malina Joshi and Reema Bishwokarma in lead roles.

The song is composed and sung by Hemanta Rana. The movie is set to release on 7th Mar 2014.

PRBT: 60533021 | RBT: 77319034

Mannle Mannlai Chhunchha Title Song


Mannle Mannlai Chhunchha  Title Song

Song: Manle Manlai Chunchha
Film:-Manle Manlai Chunchha
Banner:- Miracle Media Pvt.Ltd
Director:- Shiva Regmi
Producer: Sunil Sitaula/Biren Shrestha
Lyrics:- Babu Ram Dahal
Music:- Basanta Sapkota
Vocal:- Mandavi Tripathi
Choreography:- Shiva Regmi/KabiRaj GahatRaj
Cinematography:- Sambhu Sapkota
Editor:- Banish Shah
Cast:- Biren Shrestha/ Garima Panta/ Suman Singh