Sunday , 15 July 2018
News update
Home >> Trailer

Trailer

दीलिप र जय किसनको कमेडी चलचित्र ‘पिरिम पर्या छन्’ को ट्रेलर सार्वजनिक(भिडियो)

साउन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको कमेडी चलचित्र ‘पिरिम पर्या छन्’ को ट्रेलर सार्वजनीक गरिएको छ । झण्डै साढे दुई मिनेट लामो ट्रेलरमा दीलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे,रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला,उमा कार्की,लय संग्रौला,पुरन थापा,सुरवीर पण्डितका कलाकार प्रस्तुत भएका छन् ।

पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्र ‘पिरिम पर्या छन्’ माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्म बिमल ढकालले खिचेका हुन् ।गाउँले परिवेशको कथामा निर्माण गरिएको फिल्ममा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ ।

यसअघि कमेडी फिल्म कान्छी मट्याङ ट्याङ निर्माण गरेका पुरन ‘पिरिम पर्या छन्’ प्रदर्शनपछि अर्काे फिल्म ‘फेरि फेरि’ दर्शक माझ ल्याउने योजनामा छन् । ‘फेरि फेरि’ मा अर्पण थापा र ऋचा शर्मा मूख्य भूमिकामा छन् । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।

‘नाई नभन्नु ल ५’ को ट्रेलर यूट्यूब ट्रेन्डिङको एकमा (भिडियो)

यस वर्षको प्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र‘नाई नभन्नु ल ५’ को ट्रेलर यूट्यूबको ट्रेन्डिङ नम्वर एकमा आएको छ । साढे ७ लाखभन्दा बढी पटक हेरिसकिएको ट्रेलरलाई १९ हजारले लाइक गरेका छन् भने कमेन्ट १८ सय बढी कमेन्ट आएको छ । करिब १३ सयले डिसलाइन गरेका छन् ।लामो समयपछि नेपाली फिल्मको ट्रेलर ट्रेन्डिङ नम्वर एकमा आएको हो ।

नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौं भागमा बाल कलाकार अनुभव रेग्मी, नव-बाल कलाकार सेड्रिना शर्मा, अभिनेत्री स्वस्तिमा खड्का, नव-अभिनेता अभिषेक नेपालका साथै प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, दीलिप रायमाझी लगायतका कलाकारहरुको अभिनय छ ।

विकास आचार्यको लेखन तथा निर्देशन रहेको ‘नाईं नभन्नू ल ५’भदौ ८ गते रिलिज हुँदैछ ।वन टाइम सिनेमाको ब्यानरमा तयार भएको योचलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।

फ्राइडे रिलिजमा ‘बाबु कान्छा’ र ‘वीराङ्गना’सगै अन्य दुई चलचित्रको भिडन्त

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘बाबु कान्छा’ ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ ’रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘बाबु कान्छा’ ,‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ ’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘बाबु कान्छा’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘बाबु कान्छा’ प्रदर्शनमा आएको छ।‘शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यस चलचित्रमा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

चलचित्र ‘ए मेरो हजुर २’बाट निकै तारिफ पाएका सलोन बस्नेत सगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , करिष्मा श्रेष्ठ,ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन्।

‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा अस्ट महर्जनको एक्शन,गौतम राज खड्काको सम्पादन ,टंक बुढाथोकी संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीत लाई रिमिक्स गरेका हुन् ।

‘वीराङ्गना’

त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘वीराङ्गना’प्रदर्शनमा आएको छ ।राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ ।

फिल्ममा अनसप विक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईँ, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्यलगायतको अभिनय रहेको छ ।

‘बोबी’

यस्तै फ्राइडे रिलिज अन्तर्गत मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको ‘बोबी’पनि प्रदर्शनमा आएको छ । नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । पर्दामा देखिने लभस्टोरी झैँ उमेश र कविताको आफ्नै कथा’ रहेको निर्देशक चाम्सले बताए ।। विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन्।
https://www.youtube.com/watch?v=gUd4iWd5QLY&t=96sसम्पूर्ण छायाँकन नर्वेमै गरिएको सिनेमामा दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा छ । चलचित्रमा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।

‘यो पागल मन’

फ्राइडे रिलिज अन्तर्गत ‘यो पागल मन’पनि देशका केहि हलमा प्रदर्शनमा आएको छ । ऋचा सिंह ठकुरी र विनोद न्यौपानेको मुख्य भुम्निका रहेको यस चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गरेका हुन् ।

यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको पनि यो फिल्ममा अभिनय छ ।

यस्तो छ ‘नाई नभन्नु ल ५’को ट्रेलर (भिडियो)

नेपाली सिने क्षेत्रमा बढी बनेको र सफल सिक्वेल चलचित्र हो ‘नाई नभन्नु ल’ । यसै चलचित्रको पाँचौ सिक्वेल चलचित्र ‘नाई नभन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको छ ।

राजधानीमा मंगलबार एक कार्यक्रमको बिच चलचित्र ‘नाई नभन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक ट्रेलरमा पारिवारिक कथा, प्रेम प्रसंग, पीडा, व्यथालाई उठान गरिएको छ ।

भदौ ८ गते प्रदर्शन हुने ‘नाई नभन्नु ल ५’लाई विकास आचार्यले निर्देशन गरेका हुन् । यसअघि ४ वटै श्रृङ्खला हिट भैसकेका छन् ।निर्देशक विकास आचार्यले यो चलचित्रले ‘नाई नभन्नु ल २’को भन्दा बढी व्यापार गर्ने दाबी गरे । चलचित्रमा अनुभव र स्याड्रिनाको प्रेमलाई बढी महत्व दिइएको छ । नायिका प्रियंका कार्कीले विकासराज आचार्य आफ्नो परिवारकै मान्छे भएकाले पनि आफूले उहाँको चलचित्रमा काम गरेको बताइन् ।

बाल-कलाकार अनुभव रेग्मीले दर्शकले आफूलाई ‘नाई नभन्नु ल’को हरेक श्रृङ्खलामा झनै बढी माया गरेको बताए । लेखक सामिप्याराज तिमिल्सिनाले दर्शकले हरेक श्रृङ्खलालाई माया गरेको भन्दै ‘नाई नभन्नु ल ११’सम्म बनाउने आफूहरुको योजना रहेको सुनाए ।चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र स्याड्रिना शर्माको मुख्य भूमिका छ ।

वन टाइम सिनेमाको ब्यानरमा तयार भएको योचलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको चलचित्रले यसपटक नायिका स्वस्तिमा खड्काको प्रेमकथा बोलेको छ ।

अमेरीकामा निर्माण भएको ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक (भिडियो)

अमेरीकामा नै सम्पूर्ण छायांकन गरिएको चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने चलचित्रमा अमेरीकामा मै रहदै आएका नेपाली कलाकारहरुलाइ अभिनय रहेको छ ।

चलचित्र अमेरिकन बाबु मेड इन नेपाललाई निर्देशन तथा सम्पादक ईश्वर थापाले गरेका हुन् ।चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीले यस चलचित्रलाई निर्माण गरेका हुन् ।चलचित्र प्रदर्शन अमेरिकावाटै हुने तयारी भैरहेको जानकारी पनि निर्देशक ईश्वर थापाले भिजन संसारलाई बताएका छन्।अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज हुने निश्चित भैसकेको जानकारी पनि निर्देशक थापाले दिएका छन्।


नायिका मरिश्का पोख्रेलले कण्डम मागे पछि…. (भिडियो)

चलचित्र ‘मिस्टर भर्जिन’को अफिसियल टीजर सार्वजनिक गरिएको छ।भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर भर्जिन’को कमेडी टीजरमा कण्डमलाई मात्रै बढी फोकश गरिएको छ ।चलचित्रको केही समय अघि ‘टुल्की’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भइसकेको छ ।

चलचित्र ‘मिस्टर भर्जिन’मा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

नामकै कारणले चर्चामा रहेको चलचित्र ‘मिस्टर भर्जिन’वर्ल्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, मिलन डी काप्रिको सम्पादन रहेको छ ।

तीन यूवाको यौन मनोविज्ञानको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको लगानी छ । सन्दिप उप्रेती चलचित्रका सह-निर्माता हुन् ।

चलचित्र ‘साली कस्को भेनाको’को कमेडी ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘साली कस्को भेनाको’को ट्रेलरको सार्वजनिक गरिएको छ । भाद्र २९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ट्रेलरमा साली र भेन बिचको सम्बन्ध देखाउन खोजिएको छ ।मानविय संवेदनामाथि निर्माण भएको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण गरिएको छ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ ।

चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ (हैट), रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, पुष्प आचार्य,कविता आले, मिन घलान लगायतको अभिनय रहेको छ । देब सागर बि.सी यो चलचिबाट रजतपटमा प्रवेश गर्दैछन् ।

चलचित्रलाई भद्र भुजेलले निर्देशक गरेका हुन् ।मुभिङ पिक्चर्स प्रा.लि द्धारा निर्मीत चलचित्र साली कस्को भेनालाई पुराना चलचित्र निर्माता प्रसाद श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको हो श्रेष्ठले यसअघि कान्छी, सन्तान, कर्जा जस्ता सफल चलचित्र निर्माण गरिसक्नुभएको छ ।राम प्रसाद श्रेष्ठ ,सुशील गोपाल न्याछ्यो ,काजी मन श्रेष्ठ ”बिशाल ”, कमला भट्टराई र मुक्ति अधिकारीको चलचित्रमा लगानी रहेको छ ।

चितवन र धम्पुसका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रमा पुष्प आचार्यको कथा रहको छ भने प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत समावेश छ ।दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य रहेनछ । चलचित्रमा द्धन्द्ध निर्देशन रबि बराली र प्रकाश कर्मचार्यको रहको छ ।

किन खेले दयाहाङ राईले चलचित्र ‘भैरे’ (भिडियो)

अभिनेता दयाहाङ राई जुनसुकै भूमिकामा फिट हुने कलाकार हुन् । ‘लुट’ मा ‘गोफ्ले’ को भूमिका निर्वाह गरेपछि रातारात चम्किएका उनी अहिलेका सबैभन्दा व्यस्त कलाकारको लिस्टमा दरिन्छन् । महंगा अभिनेताको सूचीमा पनि उनी अग्रणी देखिन्छन् ।

गएको वर्ष महिनैपिच्छे नयाँ फिल्म लिएर हल छिरेका उनी यस वर्षका लागि दर्शकलाई फिल्म ‘भैरे’ पहिलो कोशेसी स्वरुप दिँदैछन्, जुन साउन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनी लिड रोलमा छन् ।

एभरेष्ट सूर्य बोहरा निर्देशित यस फिल्ममा दयाहाङ टाइटल क्यारेक्टरमा छन् । ‘लुट’ ले ‘गोफ्ले’ नामबाट परिचित गराएझैँ ‘भैरे’ ले पनि आफूलाई नयाँ परिचय दिनेमा उनी विश्वस्त छन् । उनी भन्छन्, ‘भैरे’ को कथा मन पर्‍यो अनि छाड्न सकिन । यो मेरो टाइपको फिल्म बनेको छ ।’

‘भैरे’ सोसल ड्रामा हो । पहिलादेखि जसरी फिल्महरु बनिरहेका थिए त्यसैको एक अवधारण हो । यो कुनै ठाउँ विशेषको कथा हो भन्ने छैन । नेपालभरीको एक प्रतिनिधि गाउँमा सुटिङ गरिएको छ, जुन मुस्ताङ र अपरमुस्ताङमा खिचिएको छ’, उनले भने ।

उनी ‘भैरे’ लाई पूर्ण कमर्शियल फिल्म भन्न चाहन्छन् । दर्शकलाई सोच्न विवश नबनाएपनि यस फिल्मले मनोरञ्जनको खुराक दिन नचुक्ने उनको दाबी छ ।

‘भैरे’ तपाईको करिअरको फरक फिल्म हो ? उनी भन्छन्, ‘त्यो त भन्दिनँ तर मेकिङको हिसाबबाट भने फरक भन्न सक्छु । निर्देशक एभरेष्ट सूर्य बोहरा ‘मेन स्ट्रिम स्कूलिङ’ बाट आउनुभएको हो । उहाँले फिल्ममा त्यही स्कूलिङ फलो गर्नुभएको छ ।’

उनलाई फिल्मले राम्रो नतिजा ल्याउनेमा शंका छैन । यसमा दयाहाङको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ । ‘सान्नानीलाई भेट्न आउँदा’ र ‘सनम माया ला’को’ गीतले फिल्मको हाइप मेन्टेन गरिरहँदा ट्रेलरले पनि दर्शकमा फिल्मप्रति चासो जगाइरहेको छ ।

यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

सनी लियोनको ‘बायोपिक’ चलचित्रको ट्रेलर सार्वजनिक(भिडियो)

पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनको जीवनमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । वेब सिरीजका रुपमा आउने ‘करनजित कौरः द अनटोल्ड स्टोरी अफ् सनी लियोन’ मा एडल्ट स्टारबाट बलिउड प्रवेशसम्मको सनीको यात्रालाई समेटिएको छ ।

सनी लियोनको पोर्न इन्डस्ट्रीमा कसरी प्रवेश भयो, विदेशमा उनको बाल्यकाल कसरी बित्यो, विद्यालयमा साथीहरुबाट कसरी अपमानित हुनुपर्यो लगायतका विषयवस्तुलाई यो बायोपिकमा समावेश गरिएको छ ।

यो बायोपिक जुलाई १६ मा जी-फाइभको एपमा रिलिज हुनेछ । सार्वजनिक भएको ट्रेलरमा सनीको बाल्यकाल, परिवार तथा पोर्न स्टारसम्मको यात्रा देखाइएको छ । सनी लियोनले सन् २०११ मा ‘बिग बोस -५’ को माध्यमबाट भारतमा कदम राखेकी थिइन् ।

बिग बोसमा सहभागी भएपछि उनी महेश भट्टद्वारा निर्देशित ‘जिस्म २’ मा अभिनय गर्न पुगिन् । त्यसपछि ‘स्पिलिटभिल्ला’, एकता कपूरको ‘रागिनी एमएमए २’ लगायतका चलचित्रमा अभिनय गरिन् । उनी अभिनित केही चलचित्रले बक्स अफिसमा पनि राम्रै प्रदर्शन गरे ।

चलचित्र ‘चक्कर’को अफिसियल ट्रेलर रिलीज (भिडियो )

फिल्म ‘चक्कर’को अफिसियल ट्रेलर रिलीज भएको छ । अनुष्क रौनियारको निर्देशनमा बनेको फिल्मको निर्माण टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा अफिसियल ट्रेलर रिलिज गर्यो । श्रावण ४ बाट फिल्म प्रदर्शनमा आउँदैछ ।

सार्वजनिक ट्रेलरमा लिड कलाकार द्वय एभोनराज उप्रेती र अर्पण थापाको द्वन्द्व देखिन्छ भने अभिनेत्री द्वय सृजना सुब्बा र स्मृति पोखरेलको इन्टिमेट दृश्य समेत जोडिएको छ । जसले फिल्मको कथामाथी केहि सस्पेन्स पनि छोड्छ । सेक्स भर्सेज क्राइम फिल्मको थिम हो ।

फिल्मको सम्पादन पनि निर्देशक रौनियारले नै गरेका छन् । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार फिल्ममा संगीत संगम पन्त र पुष्प पलाञ्चोकेको छ ।

नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा बनेको हो । राजधानीमा आयोजित कार्यक्रममा निर्देशक अनुष्कले क्राइम ड्रामा तथा सस्पेन्स थ्रिलर जनरामा फिल्म बनेको बताए । नियमित रुपमा बन्दै आएका नेपाली फिल्महरु भन्दा केहि पृथक बाटोमा रहेर फिल्म बनाएको उनले बताए ।

अभिनेत्री ऋचाले केहि फरक स्वाद पस्किने फिल्म बनेको र आफुले पहिलो पटक प्रहरीको भुमिका निभाएको भन्दै दर्शकलाइ मन पर्ने खुराक ‘चक्कर’ बनेको बताइन् । अर्पण र सृजना पनि फिल्मलाई लिएर आशावादी देखिए । फिल्मको सम्पादनको काम पनि निर्देशक स्वयंमले गरेका छन् । कथा, पटकथा र संवाद पनि अनुष्कको नै हो ।