Monday , 21 May 2018
News update
Home >> Videos

Videos

अभिनेता प्रदीप खड्का ले उद्घाटन गरेर नोभेम्बरको पहिलो फेशन स्टोर

युवा अभिनेता प्रदीप खड्का पछिल्लो समय सिनेमासँगै ब्रान्ड एम्बेस्डरको रुपमा पनि व्यस्त हुन थालेका छन् । यसै क्रममा नेपाली उत्पादनलाई प्रोत्साहन गर्नु पर्छ भन्दै ‘नोभेम्बर जिन्स नेपाल’ सँग उनी जोडिएका हुन् ।

सोही कारण नोभेम्बर जिन्स नेपालका ब्रान्ड एम्बेस्डरमा अनुबन्धित भएका प्रदीपले शनिबार बिहान काठमाडौंको दरबारमार्ग स्थित ‘नोभेम्बर’ शो रुपमको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै उनले भने,‘म नेपाली भएकाले मेरो पहिरो रोजाई पनि नेपाली उत्पादन नै हुने गरेको छ । अन्तराष्ट्रिय गुणस्तरको नेपाली उत्पादन नोभेम्बर गुणस्तरीय र राम्रो भएकाले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर म यसको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएको हुँ ।’

आफुले चलचित्र प्रेम गीत–२ र लिली बिलीमा नोभेम्बरकै फेशन प्रयोग गरेको र सो क्रममा यो नेपाली ब्रान्डले आफ्नो मन जितेका कारण पनि ब्रान्ड एम्बेस्डर बन्दा गर्व लागेको पनि प्रदीपले बताए । नोभेम्बर जस्तो नेपाली ब्रान्डलाई हामीले प्रयोग गरेर मुलुकको उत्पादन सफल र हामी फेशनमा आत्म निर्भर हुने पनि यी अभिनेताको भनाई छ ।

पुरुषका लागि सबै प्रकारका फेशन नेपालमै उत्पादन गरेर मुलुकका १३० ओटा स्टोरबाट पाँच वर्षदेखि बिक्री बितरण गर्दै आएको नोभेम्बर जिन्स नेपालले आफ्नो पहिलो स्टोर दरबारमार्गमा शनिबारबाट सुरु गरेको नोभेम्बर जिन्स नेपालका प्रमुख कार्यकारी अधिकृत केदार न्यौपानले बताए ।

नोभेम्बरका लागि अभिनेता प्रदिपको साथले आफुहरु अझ उत्साहित भएको र चलचित्र बृत्तका लागि आफुहरुले नोभेम्बर मार्फत केही गर्न पाउँदा खुसी लागेको पनि सिईयो न्यौपानेले बताए । मुलुकका सबै स्टोरमा एउटै मूल्यमा पाईने नेपालकीको बजेट अनुसार तयार गरिएको अन्तराष्ट्रिय स्तरको यो ब्रान्ड नेपालसँगै भारतमा पनि बिक्री बितरण हुँदै आएको पनि उनले जानकारी गराए ।

सर्वाधिक चर्चित चलचित्र ‘बागमती’ यूट्यूवमा सार्वजनिक (फिल्म सहित )

केहि समय अघि प्रदर्शनमा आएको निकै चर्चित चलचित्र ‘बागमती’ यूट्यूवमा सार्वजनिक भएको छ ।प्रदर्शनको बेला सर्वाधिक चर्चित र बहुप्रतिक्षित बनेको चलचित्र ‘बागमती’ले सोचे जस्तो ब्यबसाय भने गर्न सकेन ।

बिशेष गरेर दक्षिण भारतीय प्राविधिकहरूलाई प्रयोग ,२ करोड भन्दा बढी लगानी र दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेकायस चलचित्रमा नेपाली चलचित्रका पुराना दुई नायक शिव श्रेष्ठ र राजेश हमालले धेरैपछि स्क्रिन सेयर गरेका थिए ।

चलचित्र ‘बागमती’लाई ट्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।चलचित्रका निर्माता दिनेश दर्शनधारी , विजय सत्याल र यशोदा राई रहेका हुन् ।चलचित्र “बागमती’मा राजेश हमाल, शिव श्रेष्ठ,रविकर घिमिरे, श्रेया कार्की, कञ्चन ठकुरी, केकी अधिकारी ,धुर्ब कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई ट्री ईन्टरटेन्टमेन्ट को अफिसल यूट्यूव च्यानल बाट सार्वजनिक गरिएको हो ।

पूर्णेन्दु झाको निर्देशनमा चलचित्र ‘चौका दाउ’को धमाधम छायांकन

चलचित्र ‘चौका दाउ’को यति बेला राजधानीको विभिन्न ठाउमा धमाधम छायांकन भै रहेको छ ।अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा यो चलचित्रका परिकल्पना, कथा र संगीत रहेको ‘चौका दाउ’ एक साता अघिबाट छायाँकन सुरु भएको हो ।

सौर्य प्रोडक्सनका प्रस्तुति रहेको यो चलचित्रलाई मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरिरहेका छन् । यो चलचित्रमा अजस्र ढुँगाना र वर्षा राउत जोडी बनेर प्रस्तुत हुँदैछन् । चलचित्र ए मेरो हजुर २ मा सह अभिनेताको रुपमा काम गरेका अजस्रले ‘चौका दाउ’बाट नायकको रुपमा डेब्यु गर्न लागेका हुन् ।

‘चौका दाउ’लाई पूर्णेन्दु झाले निर्देशन गरिहेका छन् । चौका दाउका कलाकारहरुमा विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, सन्तोष पन्त, तैयब शाह, वर्षा राउत, अजस्र ढुँगाना, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय छ ।

जसमा दीर्घ गुरुङको छायाँकन, शम्भुजीत बासकोटाको कथा, अभिमन्यु निरवीको पटकथा सम्बाद, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य निर्देशन, श्रीपुरुष ढकाल र दयाराम पाण्डेका गीत, शम्भुजीत बासकोटाको संगीत, बासकोटा सहित सुमन गुरुङ र कोमल राजभण्डारीको स्वर, सुवास काफ्लेको निर्माण व्यबस्थापन र नरेन्द्र खड्काका निर्माण सुपरिवेक्षण रहेको छ ।

धमला श्रीमती एलिजा अभिनित चलचित्र ‘अनुराग’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

चर्चित पत्रकार ऋषि धमला श्रीमती एलिजा गौतमद्वारा निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’ को दोस्रो गीत सार्वजनिक भएको छ ।‘कान्छा दाई गाना बजाई देउन’को सफलता पछि निर्माण टिमले रोमान्टिक गीत ‘यस्तो साथी तिम्रो बन्छु म’ सार्वजनिक गरेको हो ।

चलचित्रका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पन्डित फ़िचरिङ्गयस गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको छ । सत्यराज यसआरसीको शव्द, सरोज पोखरेलको संगित रहेको यस गीतको भिडियोलाई विक्रम स्वाँर कोरियोग्राफर गरेका हुन् ।

साउन २५ गते बाट प्रदर्शनमा आउने लागेको ‘अनुराग’लाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।चलचित्रमा एलिजा गौतम . समुन्द्र पन्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।

भरत गौतम र गीता भेटवाल फिल्मको निर्मातामा छन् । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।एरिका फिल्म्सको ब्यानरमा बनेको अनुराग सांगीतक प्रेम कथा बोकेको फिल्म हो । किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्ममा रामकुमार के.सीको छायांकन रहेको छ ।

युवा स्टार प्रदिप खड्काको चलचित्र ‘रोजी’को शुभसाइत सगै छायांकन सुरु (भिडियो )

‘प्रेमगीत’, ‘प्रेमगीत २’,र ‘लिलिबिली’ जस्ता सफल चलचित्र दिएका युवा स्टार नायक प्रदिप खड्काको नया चलचित्र ‘रोजी’को शुभसाइत सगै छायांकन सुरु गरिएको छ ।

बुधबार काठमाण्डौको बालाजुमा रहेको एनएफडीसीको परिसरमा लामो कपाल र दाह्री–जुंगा पालेका यूवा स्टार नायक प्रदिप खड्का हातमा हथकडीसहित अदालत परिसरमा देखिए ।उनले रोजीको हत्या आफूले नै गरेको स्विकार गरेका छन् । चकलेटी लुक्सका धनी उनलाई कैदी गेटअपमा सजिलै चिन्न निकै गाह्रो पर्थ्यो । बुधबारबाट सुरु भएको फिल्म ‘रोजी’ को पहिलो दिनको सुटिङ प्रेमिकाको हत्या आरोपमा अदालतमा प्रदीपलाई उपस्थित गराएसँगै सुरु भएको छ ।

चलचित्रको शुभसाइत समारोहमा नायक प्रदिप खड्कालाई प्रेमिका रोजी राणाको हत्याको आरोप लागेपछि अदालत परिसरमा उभ्याइएको दृश्य खिचिएको थियो । प्रदिपले मुहुर्तमा संवाद बोल्दै भने–‘मैले रोजीलाई मारेको होइन, मुक्ति दिएको हुँ ।’यसमा प्रदीप र परमिता आर एल राणा मिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

निरक पौडेलको निर्देशनमा गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा उद्धव पौडेलको प्रस्तुति रहने छ । आयरा पौडेल र आरोही केसीको निर्माण रहने ‘रोजी’ लाई राजु विक्रम थापाले खिच्नेछन् । केदार भुषालको कथा रहेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गर्नेछन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ ।

चलचित्र ‘हैरान’को ’दाग छैन अब जुनमा’ बोलको गीत सार्वजनिक (भिडियो)

यहि शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हैरान’को गीत सार्वजनिक गरिएको छ । पछिल्लो समय चलचित्र संघ र निर्माता संघको आन्दोलनको कारण फिल्म रिलिजमा तल माथि हुने अवस्था आए पनि वार्ता सफल भएपछी‘हैरान’यहि ४ गते नै रिलिज हुने भएको छ ।

चलचित्रको सार्वजनिक ’दाग छैन अब जुनमा पनि’ मा चन्द्रमणि भट्टराईको शब्द , किरण कंडेलको संगीत र युबराज चौलागाई , इन्दिरा जोशी र अभिनेत्री निश्मा घिमिरेको स्वर रहेको छ । गीतमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । गीतमा निश्मा र गजित विष्ट लाई फ़िचरिङ्ग गरिएको छ ।

‘फिल्म रिलिज हुदैछ , वार्ताको सफलतापछी एउटा आश थपिएको छ’ निर्माता तथा कलाकार गजित विष्टले बताए । फिल्मको सार्वजनिक ट्रेलर , टिजर र गीतसंगीतको पाएको रेस्पोन्सले भने गजित उत्साहित छन् । ‘हाम्रो म्याटरलाई जसरि दर्शकले रुचाउनु भएको छ , यसले हामीलाई उत्साहित भने पक्कै बनाएको छ’ गजितले भने ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । फिल्ममा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , शिशिर भण्डारी, एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ । मोडलिङमा रमाउदै गरेकी आरोही यसै फिल्म मार्फत डेब्यु गर्दै्छिन ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्ममा कथा तथा कोरियोग्राफीमा गम्भीर बिस्ट , द्वन्दमा चन्द्र पन्त , संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्मको डीओपी नवराज उप्रेती र छायाँकार निरज कडेल रहेका छन् भने मित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।

डि सिने अवार्डमा बसुन्धरालाई लाईफटाइम , महर्जन र मल्ललाई रजत सम्मान एवं अर्याललाई पत्रकारिता पुरस्कार

छायाँछवि क्रियशनले डि सिने अवार्डको अवसर पारेर हरेक वर्ष प्रदान गर्दै आएको सम्मान एवं पुरस्कारको घोष्णा गरेको छ । छायाँछवि क्रियशनले डि सिने अवार्डस्को अवसरमा छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान ९पुरुष÷महिला० एवं छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

छायाँछवि क्रियशनले यस वर्ष छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो चलचित्र ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी हाँस्य साम्राज्ञीको उपमा पाएकी बसुन्धरा भूषाललाई प्रदान गर्ने भएको छ । २०२२ सालमा निर्मित ‘आमा’ चलचित्र पछि भूषालले सिन्दुर, सन्तान, कन्यादान, साथी, चेलिवेटी, राँको, अप्सरा, वेइमानी, माया बैगुनी लगायत १०० भन्दा बढी चलचित्रहरुमा अभिनय गरेकी छिन् भने विभिन्न नृत्य, नाटक, गीती नाटक, टेलिश्रृंखला, भिडियो चलचित्र लगायतका धेरै अनुभव बटुलेकी छिन् । भूषालले विभिन्न सामाजिक कार्य गर्दै संघ संस्थामा बस्नुका साथै धेरै सम्मान तथा पुरस्कारहरु पनि पाइसकेकी छिन् । यिनै बसुन्धरा भूषाललाई यस वर्षको छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड २०७५ प्रदान गर्न लागीएको हो ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान ९पुरुष तर्फका०े वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जनलाई प्रदान गर्ने भएको छ । २०४९ सालबाट वितरकको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका महर्जन यस पछि प्रदर्शन व्यवसाय एवं चलचित्र निर्माणमा हात हालेका हुन् । महर्जनको ओम्याक्स हेटौंडा सहित विभिनन प्रदर्शन भवन संचालनमा छन् भने उनले संरक्षण, लुट, फष्र्ट लभ, मिसन पैसा रीलोडेड, लुट २, फन्को लगायतका चलचित्र निर्माण गरेका छन् । यिनै नरेनद्र महर्जनलाई यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७५बाट सम्मान गरिन लागेको हो ।

त्यस्तै छायाँछवि क्रियशनले यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७५ ९महिला तर्फको० मौसमी मल्ललाई प्रदान गर्ने भएको छ । यसो त मौसमीले चलचित्र ‘कान्छी’ मै बालकलाकार भएर खेलेकी थिइन् भने उनले नीर शाहको ‘पच्चीस वसन्त’मा पनि सहायक पात्रको भूमिकामा अभिनय गरेकी थिइन् । स्वर्गीय दिपक रायमाझीको २०४६ सालमा बनेको चलचित्र ‘भाग्य रेखा’बाट नेपाली रजतपटमा प्रवेश गरेकी मौसमीका तिलहरी, भुमरी, देउकी, जन्मभूमी, पृथ्मी, लगायतका सयौं चलचित्र छन् । रंगमञ्चमा समेत प्रस्तुत हुने गरेकी मौसमीले थुप्रै भिडियो फिल्महरु पनि गरेकी छिन् । पछिल्लो चरणमा चलचित्र निर्माणमा समेत मौसमीले हात हालेकी थिइन् । यिनै मौसमी मल्ललाई यस वर्षको छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७५ प्रदान गरिने भएको छ ।

यस्तै यस वर्षको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार श्याम अर्याललाई प्रदान गरिने भएको छ । स्याङ्जामा जन्मिएका अर्यालले २०५८ सालमा पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारितामा प्रवेश गरेका हुन् । शुरुमा रेडियो प्रस्तोताका रुपमा प्रवेश गरेका अर्याल यतिखेर इमेज रेडियो तथा टिभीमा प्रेजेन्टर÷प्रोड्यूसरका रुपमा कार्यरत छन् । चलचित्र अभिनयमा समेत रुची राख्ने श्यामले केहि चलचित्रमा अभिनय समेत गरेका छन् । मूलतः रंग पत्रकारितालाई नै आत्मसात गर्दै रेडियोमा प्रस्तोता एवं टिभीमा प्रस्तोता–रिपोर्टर तथा प्रोड्युसरको रुपमा अर्यालले पत्रकारिताको अनुभव संगालेका छन् । यिनै श्याम अर्यालाई छायाँछवि पत्रकारित पुरस्कार –०७५मा रु १००,१०।– ९दश हजार दश रुपैया० सहित पुरस्कार प्रदान गरिदैछ ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले यो सम्मान तथा पुरस्कार जेष्ठ १० गते राष्ट्रिय सभागृहमा हुने इएनआई डि सिने अवार्ड –०७५का अवसरमा प्रदान गरिने जानकारी गराए । अध्यक्ष प्रियले यस पटकदेखि डि सिने अवार्डलाई इएनआई लुब्रीकेट्सले प्रायोजन गरेको र इएनआईका शुरेस उप्रेती सँग छायाँछविको सम्झौता समेत सम्मन भएको बताए । साथै इएनआई डि सिने अवार्ड ०७५मा पावर वाईको रुपमा टेन्सवर्ग वियर रहेको छ । अवार्ड भव्य एवं सभ्य रुपमा सम्पन्न हुनेमा विश्वास रहेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।

गायक दीप तामाङको मन छुने गीत ‘र्‍वाँइ र्‍वाँइ सारङ्गी’को लिरिकल भिडियो सार्वजनिक

गायक दीप तामाङको नया गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।’र्‍वाँइ र्‍वाँइ सारङ्गी’ बोलको रोमान्टिक सार्वजनिक गीतमा माया प्रेमका कुरा गरिएको छ ।

यस अघि केहि गीतहरु सार्वजनिक गरेका दीप तामाङले आफुले यस गीतले नेपाली सांगेतिक क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन सहयोग गर्ने बताएका छन् ।जितेन लेप्चाको शब्द तथा संगीत रहेको यस गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् ।

‘र्‍वाँइ र्‍वाँइ सारङ्गी’ले बोलको गीतलाई दर्शक तथा स्रोता मन जित्ने विश्वास लिएका गायक दीपले यस गीतको म्युजिक भिडियो छिट्टै निर्माण गर्ने तयारीमा रहेको बताएका छन् ।गीतको भिडियोलाई नमस्ते फिल्मी टिभीको यूट्यूव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

मोडल माला लिम्बु र नयन डिसीको माया भाइरल भयो पछि (भिडियो )

गायक कर्णराज गिरीको नया गीतको भिडियो सार्वजनिक भएको छ ।पछिलो समय बिस्तारै नेपाली सांगेतिक क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन लागि परेका कर्णराजलाई सार्वजनिक ‘भाइरल भयो रे’ बोलको गीतले उनलाई थप सहयोग गर्ने देखिन्छ ।

‘भाइरल भयो रे’ गीत सार्वजनिक भएको २ दिनमा नै युट्युवमा एक लाख ३० हजार भन्दा बढी पटक हेरी सकिएको छ ।नारायण बस्नेतको शब्द रहेको गीतमा संगीत भने गायक कर्णराजको नै रहेको छ ।

नयन डिसीको निर्देशन रहेको म्युजिक भिडियो माला लिम्बु र नयन डिसीलाई फिचरिंग गरिएको छ भने गु्रभी ब्वाइज समुहलाई पनि देख्न सकिन्छ ।भिडियोमा माया पिरतीका साथै रमाईलो तरिकाले देखाउन खोजिएको छ ।

गायक कर्णराजले ‘दर्शक स्रोताले आफ्नो अरु गीत जस्तै यस गीतलाई पनि मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएको बताएका छन् ।’यसअघि उनका ‘ह्याङ बनायौ’, ‘मरे आमा’, ‘पहलो नजर’,‘मन भित्रको माया’ जस्ता सफल गीतहरु निकाली सकेका छन् ।

गायक सुनिल कटुवालको गीतमा सोनिका रोकायको हट अवतारमा (भिडियो )

युट्युबमा आफ्नो छुट्टै पहिचान मार्फत चर्चामा रहेकी हट मोडल सोनिका रोकायको अभिनय रहेको हट म्युजिक भिडियो सार्वजनिक भएको छ ।पाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित गायक सुनिल कटुवालको ‘गाना बजा डिजे लगा’ बोलको भिडियो सार्वजनिक भएको हो ।

भिम बिष्ट सिरिशको शब्द तथा संगीत यस गीतमा राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई समाबेश गरिएको छ । गीतमा सोनिका रोकायको पनि स्वर रहेको छ ।नरेन्द्र बियोगीले एरेन्ज गरेको गीतको भिडियोमा सोनिका हट अवतारमा प्रस्तुत भएकी छिन् । गीतमा सोनीका रोकाया,शंकर र जेनेरेशन क्रुलाई फ़िचरिङ्ग गरिएको छ ।

अष्ट्रेलियामा बसेरै लामो समय देखि निरन्तर गीत संगीतलाई अगाडी बढाईरहेका सुनिल कटुवालको यो गीत चलचित्र निर्देशक सोभित बस्नेतले निर्देशन गरेका हुन् ।भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी गरेका हुन् ।पवन सुस्लिङको छायांकन रहेको भिडियोलाई द मोन्टागेले सम्पादन गरेका हुन् ।